Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

हेलम्बुमा पुनः गोल्डेन एप्पल खेती विस्तार हुँदै

चौतारा । गोल्डेन एप्पलको नामले चर्चा पाए पनि रोगले सखाप पारेपछि पहिचान गुमाएको सिन्धुपाल्चोकको हेलम्बुमा पुनः स्याउखेती विस्तार गरिने भएको छ । हेलम्बुलाई स्याउ क्षेत्र बनाउने लक्ष्यका साथ खेतीको विस्तार गरिने कार्यक्रम राखिएको छ ।

गत वर्ष हेलम्बु गाउँपालिकाले रु चार लाख लगानी गरी किसानलाई ५० प्रतिशत अनुदानमा इटालीबाट झिकाई दुई सय स्याउका बोट रोपिएको चार महिनामै असोजमा फल्न शुरु गरेको थियो । गोल्डेन बोलिसेस, फुजी र गाला प्रजातिका स्याउका बोट कलमी भएकाले औसतमा होचो हुन्छ । फलेका स्याउ बजारमा पाइनेभन्दा निकै स्वादिलो रहेको कृषि प्राविधिकको जिकिर छ । यस वर्ष करीब चार सय किलोग्राम स्याउ फल्ने पालिकाका पशु तथा कृषि शाखा प्रमुख टोपबहादुर बरुवालले बताए ।

विदेशबाट झिकाइएका बिरुवा वडा नं १ को हेलम्बु, वडा नं २को किउल र वडा नं ५ को महाङ्कालमा लगाइएको छ । त्यसबाट राम्रो प्रतिफल दिन थालेपछि यस वर्ष पनि रु एक लाख ७५ हजार लगानी गरी ७५ प्रतिशत अनुदानमा थप दुई सय बिरुवा झिकाई रोपिएका छन् । करीब २६ रोपनी क्षेत्र स्याउको बिरुवाले ढाकेको छ । प्रत्येक वर्ष विस्तार गरिँदै लाने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । त्यहाँ उत्पादित स्याउ हाल स्थानीयस्तरमा खपत हुने बताइएको छ ।

नेपालमा स्याउको उत्पादन नभएका समयमा विसं २०३० सालमा हेलम्बुमा गोल्डेन स्याउले निकै चर्चा कमाएको थियो । त्यहाँका अधिकांश व्यक्ति रोजगारीका लागि भारत जाने र घर फर्कने समयमा काश्मिरबाट स्याउका बिरुवा ल्याएर रोप्ने गरेका थिए । परीक्षणका रुपमा रोपिएका बिरुवाले राम्रो उत्पादन दिन थालेपछि कृषकले उत्साहित हुँदै ऋृण गरेर थप बिरुवा लगाएका थिए । तत्कालीन समयमा यातायातको सुविधा नहुँदा पनि ज्यामीद्वारा ढुवानी गरी उत्पादित स्याउ राजधानीसम्म पुग्ने गरेको स्थानीयवासी अझै सम्झने गर्छन् । यसरी राम्रो उत्पादन दिँदादिँदै केही वर्षपछि झ्याउ जस्तो लहराले क्रमशः बोट सुक्न थालेपछि नियन्त्रण हुनै नसकी २०४० सालमा आइपुग्दा स्याउका बोटको नामोनिशान हराएको स्थानीय किसान दुःखेसो सुनाउँछन् ।

लामो समयको अन्तरालपछि २०६९ सालमा केही स्थानीयवासीले आफ्नै पहलमा भारतका हिमाञ्चल प्रदेश र त्यसअन्तर्गत सिमलाबाट स्याउका बिरुवा पुनः ल्याएर रोपेका थिए । हेलम्बुको मेलम्चीघ्याङ आसपासका गाउँमा रोपिएका ती बोटले उत्पादन दिन थालिसकेका छन् ।

यस वर्षदेखि स्याउ किसानको समूह बनाई गोडमेल, मलखाद, औषधोपचार तथा अनावश्यक हाँगा काँटछाँट जस्ता सामान्य प्राविधिक ज्ञानका बारेमा तालीम दिने कार्यक्रम रहेको कृषि शाखा प्रमुख बरुवालले जानकारी दिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: