काठमाडाै । नेपाल कम्युनिष्ट पार्टीका युवा नेता एवं सांसदले संविधानलाई अस्वीकार गर्ने कुनै शक्ति र व्यक्ति नभएको बताएका छन् । संविधान दिवसका सन्दर्भमा राष्ट्रिय समाचार समितिका प्रतिनिधिसँग संविधान र समसामयिक विषयमा कुराकानी गर्दै उनीहरुले जनताको लामो सघर्ष र बलिदानको उपलब्धीकारुपमा गठन भएको सविधानसभाबाट जारी भएको संविधान पछिल्लो समय सर्वस्वीकार्य दस्तावेजकारुपमा रुपान्तरण भएको छ भने ।
ओखलढुङगाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने सांसद यज्ञ सुनुवाारले संविधानसभाले पाँच वर्षअघि समावेशी संविधान उपलब्ध गराएको हुँदा प्रत्येक नेपालीले असोज ३ लाई राजनीतिक र सवैधानिक हिसावले ऐतिहासिक उपलब्धि हासिल गरेको दिनका रुपमा स्मरण गरिरहने बताए । उनले मुलुकमा सङ्घीयताको पहिलो अभ्यास भएको हुँदा कानुन नबनेकाले प्रारम्भमा केही अलमलजस्तो देखिएपनि रेडियोमा सुन्ने सरकार होइन, घरदैलोमा भेटिने सरकार चाहिन्छ भन्ने जनताको चाहनालाई तीन तहका सरकार रहने व्यवस्थाले सम्वोधन गरेको छ भने ।
सङ्घीयताको आधार स्थापित गर्दै जनतालाई अधिकार उपलब्ध गराउने विषयमा राज्यले क्रमशः उपलब्धि हासिल गर्दै अघि बढिरहेको बताउदै नेता सुनुवारले मुलुक समृद्धितर्फ उन्मुख भइरहेको परिणाम र सूचकले देखाएका हुँदा विकासको गतिलाई ‘छुमन्तर’का रुपमा नबुझिदिन आग्रह गरे । सिन्धुलीबाट प्रतिनिधित्व गर्नुहने साँसद गणेशकुमार पहाडीले आन्दोलनका उपलब्धिका रुपमा प्राप्त भएका सङघीयताको संस्थागत र संविधानको स्थायित्वको जिम्मेवारी सरकार, जनता र राजनीतिक दलको काधँमा रहेको बताए।
उनले भने, “शक्ति पृथकीकरणका आधारमा कार्यपालिका, व्यवस्थापितका र न्यायपालिकाले जिम्मेवारपूर्ण तवरले अघि बढेर गणतन्त्रलाई संस्थागत गर्ने मामिलामा अझै थप काम गर्नु पर्ने दे।िखएको छ, जनताको अपेक्षा अनुसार काम नभएको, समाजवादतर्फ जाने स्पष्ट खाँका र तयारी नभएको गुनासा छन्, ती आवाजलाई सम्वोधन गर्न परिवर्तनकारी शक्ति एक ठाउँमा आएर मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउनुपर्छ ।”
दार्चुलाबाट प्रतिनिधित्व गर्नुहुने साँसद गणेश ठगुन्नाले नयाँ संविधानले नेपालको सवै जातजाति, धर्म, क्षेत्र र समुदायको आर्थिक, सामाजिक र सास्कृतिक अधिकारलाई सस्थागत गर्ने स्पष्ट मार्ग कोरेको बताए । उनले भने, “संविधान प्रगतिशील, अग्रगामी र समावेशी भएकाले मुलुकलाई समृद्ध बनाउने दिशामा महत्वपूर्ण मार्ग निर्देश गरेको छ, पूर्वाधार, कानूनी र आर्थिक पक्ष कमजोर भएको अवस्थामा तत्काल परिणाम खोज्दा नतिजा नदेखिएपनि अब क्रमशः सवैक्षेत्रबाट नतिजा आउन लागेकाले आत्तिन पर्दैन ।”
लोकतन्त्रका लागि जनताले ७० बर्षभन्दाबढी समयदेखि गरेका विभिन्न आन्दोलन र बलिदानको उपलब्धिका रुपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको बताउदै साँसद् ठगुन्नाले भने, “गतिशील दस्तावेजका रुपमा रहेको यो संविधानमा जनताका सवै अधिकार सुनिश्चित गरिएको छ, सवै राजनीतिक दलले सम्झौता र सहमतिको साझा दस्तावेजकारुपमा यसलाई स्वीकार गरेका छन् ।” नेपालको संविधान २०७२ साल असोज ३ गते संविधानसभाको विशेष बैठकमा तत्कालीन राष्ट्रपति डा। रामबरण यादवले जारी गरेको हो । साँसद त्रय तत् जिल्लाबाट लगातार दुई पटक प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने युवा नेता हुनुहुन्छ
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: