Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

बागलुङमा तीन ठूला साझेदारीका सडकको काम शुरु

बलेवा । नगरका ग्रामीण सडकको स्तरोन्नति र पर्यटकीय क्षेत्रमा सडक सञ्जालको विस्तार थालेको बागलुङ नगरपालिकाले तीन ठूला साझेदारीका सडकको काम शुरु गरेको छ । सङ्घीय सरकारसँगको समपूरक अनुदान साझेदारीको एक, प्रदेश सरकारसँगको साझेदारीको एक र स्थानीय पूर्वाधार विकास साझेदारीको एक सडकको काम शुरु भएको हो ।

वडा नं १२ अमलाचौरमा रहेको प्रसिद्ध कालभैरव मन्दिर जाने ३।१ किलोमिटर सडक कालोपत्रको काम थालिएको छ । जिल्ला सदरमुकामसँग यो सडकले मन्दिरलाई जोड्ने छ । चालू आर्थिक वर्षमा नगरपालिकाले सञ्चालन गर्ने सडक आयोजनामा यो सबैभन्दा ठूलो आयोजना हो ।

वडा नं १३ पैँयुपाटाको काभ्रेडाँडा जल्किनी घुम्तीदेखि चिसाखोलाहुँदै अमलाचौरको भैरवस्थानसम्मको सडक स्तरोन्नतिसँगै कालोपत्र गर्ने काम शुरु भएको इञ्जिनीयर मनोज शर्माले बताए । रु आठ करोड ७२ लाख २८ हजार बजेट रहेको सो सडक रु छ करोड ३० लाख ४४ हजारमा निर्माण सम्पन्न हुनेगरी ठेक्का सम्झौता भएको छ ।

सङ्घीय सरकारको ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशत अनुदानमा सो सडक कालोपत्रको काम शुरु भएको हो । दुई वर्षे कार्यक्रम भए पनि गत वर्ष काम हुन नसकेको उक्त सडक स्तरोन्नतिसहित कालोपत्रको काम आगामी असार मसान्तसम्म सक्नुपर्नेछ । रौताहा कन्स्ट्रक्सन प्रालीले सो सडक निर्माणको जिम्मेवारी पाएको शर्माले बताए ।

गत आवमा केही स्तरोन्नति भएका ती सडक क्रमागत छन् । पानी ट्याङ्की–बलेवा विमानस्थल सडक र पाउजा–अमलाचौर सडक गत वर्ष केही ठाउँमा ढलान र कालोपत्र भएका छन् । गण्डकी प्रदेश सरकारको समपूरक अनुदानमा साझेदारी गरेर तित्याङको बुकेनी मनकामनादेखि डिहीडाँडाहुँदै सिमस्वारा सडक स्तरोन्नतिको काम शुरु भएको छ । रु एक करोड ६६ लाख ६४ हजार बजेट विनियोजन भएको यो सडक रु ८४ लाख ४० हजारमा ठेक्का सम्झौता भएको छ । सातबिसे कन्स्ट्रक्सन चितवनले काम थालेको प्रविधिक शाखाले जनाएको छ ।

वडा नं ६ र ३ को सिमानामा पर्ने भलाटाकुरा काभ्रेहुँदै कालीमाटी जोड्ने सडकमा पनि कालोपत्रको काम शुरु भएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत कालोपत्र थालिएको सो सडक ७५० मिटर कालोपत्र हुनेछ भने यही सडकमा थप रु एक करोड ५० लाख थप गरेर सडकको स्तरोन्नति गरिनेछ । रु ९९ लाख ९९ हजार ९१० बजेट रहेको उक्त सडकको काम बिएमए निर्माण सेवा बागलुङले रु ९५ लाख ४१ हजारमा गर्नेगरी जिम्मेवारी लिएको छ ।

स्थानीय सडकको स्तरोन्नति हुँदा वर्षायाममा बन्द रहने सडक सञ्चालनमा सहज हुने नगरपालिकाले जनाएको छ । बागलुङ बजारभित्रका सडकको मर्मतको कामलाई पनि प्राथमिकतामा राखिएको छ । सडक बोर्ड नेपालसँगको सहकार्यमा बजारक्षेत्रभित्र भत्किएका सडक टालटुल पार्ने काम चलिरहेको शर्माले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: