काठमाडौं । सरकारले अब सबै मानिसलाई कोभिड–१९ को उपचार नगरी लक्षित वर्गलाई मात्र निःशुल्क परीक्षणको व्यवस्था गरेको छ । मन्त्रिपरिषद् बैठकले कोभिड–१९ को निश्चित लक्षित वर्गलाई मात्र निःशुल्क परीक्षण र उपचार खर्च गराउने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।
यो निर्णयसँगै अब सबै मानिसले कोभिड–१९ को परीक्षण र उपचार गर्नका लागि आफैँले रकम तिर्नुपर्ने हुन्छ । यसअघि सरकारले कोभिड–१९ का सङ्क्रमणलाई निःशुल्क उपचार गर्ने व्यवस्था गरेको थियो । “पहिले जसरी नागरिकले सरकारबाट स्वास्थ्य सेवा जसरी पाइरहेका थिए । अब त्यसरी नै पाउने छन्”, उनले भने, “सोहीअनुसार अब लक्षित वर्गलाई मात्र उपचार खर्च सरकारले व्यहोर्छ ।”
सरकारले कोभिड–१९ को सङ्क्रमणको उपचारबापत अस्पताललाई अनुदान उपलब्ध गराउनेसम्बन्धी (दोस्रो संशोधन) आदेश,२०७७ अनुसार ती लक्षित वर्गको निःशुल्क गर्न उपचार गर्ने भएको हो । विपन्न, अशक्त, असहाय, असहाय एकल महिला, अति अपाङ्गता, ज्येष्ठ नागरिक, अग्रपक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत रहेका कर्मचारीको मात्र निःशुल्क परीक्षण र उपचार खर्च व्यहोर्ने भएको हो ।
ती लक्षित वर्गले आवश्यक कागजातसमेत पेश गर्नुपर्ने छ । विपन्न वर्गले विपन्न परिचयपत्र वा विपन्न नागरिकलाई उपचारसम्बन्धी निर्देशिकाअनुसारको सिफारिस, अशक्त व्यक्तिले अशक्तताको प्रमाणपत्र वा स्वयघोषणा, असहाय व्यक्तिे सिफारिस वा स्वयघोषणा, एकल महिलाले एकल महिलाको परिचयपत्र वा स्वयघोषणा, अति अपाङ्गता व्यक्तिले अपाङ्गताको प्रमाण पत्र पेश गर्नुपर्ने हुन्छ ।
यस्तै ज्येष्ठ नागरिकले ७० वर्ष पुगेको नागरिकताको प्रमाणपत्र र अग्रपङ्क्तिमा खटिने कर्मचारीको हकमा भने सम्बन्धित कार्यालयको परिचत्रपत्र हुनुपर्ने उल्लेख छ । ती लक्षित वर्गले कुनै पनि बीमा कम्पनीबाट कोरोना बीमा गरेको भएमा परीक्षण र उपचार खर्च निजको बीमा रकमबाट व्यहोरिने छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: