डडेल्धुरा । कोरोना महामारीका कारण रोजगारी गुमाएका महिला तथा पुरुष नदी किनारको बालुवा र गिट्टीमा आश्रित बन्दै गएका छन् । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं. २ र ३ का अधिकांश महिला र पुरुष रडुवा खोला र सकायल खोलाका किनारहरुमा बालुवा, ढुङ्गा र गिट्टी बेचेर घर खर्च चलाइरहेका छन् । नेपाल तथा भारतका विभिन्न शहरहरुमा काम गर्दै आएका पुरुषहरु कोरोनाका कारण रोजगारी गुमाएर घर आएपछि नदीका बालुवा तथा गिट्टीमा आश्रित भएका छन् ।
बिहान ६÷७ बजेदेखि नै नदी किनारमा बालुवा, गिट्टी र ढुङ्गा सङ्कलनका बालुवा प्रतिट्र्याक्टर रु तीन हजार, गिट्टी प्रतिट्र्याक्टर रु दुई हजार ५०० र ढुङ्गा रु एक हजार ३०० दरले बिक्री गर्ने गरेको स्थानीय सागर ठगुन्नाले बताए । भारतमा होटेलमा काम गर्दा मासिक भारु २० हजार कमाउने गरेको भए पनि कोरोनाले रोजगारी गुमेपछि घर परिवार पाल्नका लागि बालुवा तथा गिट्टी सङ्कलन गरी बिक्री गर्दै आइरहेको उनले बताए ।
कोरोनाले रोजगारी गुमेको भए पनि नदीको बालुवा गिट्टीले साँझ बिहानको जोहो गर्न सजिलो भएको गन्यापधुरा–३ का इन्द्र दमाईले बताए । उनले भने, “भारतमा काम गर्ने होटेल बन्द भएपछि घर आएको हू,ँ घर खर्च चलाउनका लागि अहिले वालुवा गिट्टी बेच्ने गरेको छु ।” तीन÷चार दिनमा एक ट्र्याक्टर बालुवा तथा गिट्टी बिक्री गरी मासिक रु २५÷३० हजार आम्दानी गर्ने गरेको उनको भनाइ थियो ।
गाउँपालिकाले पालिकाभित्र रहेका बेरोजगारहरुको तथ्याङ्क सङ्कलन गरिहेको र उनीहरुको सीपअनुसारे रोजगारी सिर्जना गर्ने गन्यापधुरा गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बताए । पालिकाले गर्ने विकास निर्माणका काममा स्थानीय व्यक्तिलाई मात्रै प्रयोग गर्ने र व्यावसायिक तथा सामूहिक कृषि खेती गर्न पालिकाले विशेष अनुदान दिने नीति ल्याएको अध्यक्ष मल्लले बताए।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: