Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

नेप्सेमा पाँच अंकको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै पाँच अंकले ओरालो लागेको छ । नेप्से परिसूचक ४.७२ विन्दुले घटेर एक हजार ६४०.९५ मा ओर्लेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १.४१ ले घटेर ३२६.६३ मा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । कूल १९६ कम्पनीको एक करोड ६ लाख २६ हजार ५१४ कित्ता शेयर रु दुई अर्ब ९३ करोड नौ लाख ३९ हजार ७ मूल्यमा खरीदबिक्री भए ।

आज कारोबार भएका कूल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो तथा सात उपसमूहको शेयर ओरालो लागेका छन् । व्यापार २४.३७, जलविद्युत् १९.३१, निर्जीवन बीमा १०.४५, अन्य ५.३६ र लघुवित्त २९.४१ विन्दुले बढेका छन् । यस्तै बैंकिङ १४.५५, होटल १५.२९, विकास बैंक ६.९८, वित्त २.१८, उत्पादन १५.२१, जीवन बीमा ७.४५ र सामूहिक लगानी कोष ०.०१ ले ओरालो लागेका छन् ।

कारोबारका आधारमा आज शिवश्री हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु २३ करोड २७ लाख ७२ हजार ९२५ बराबरको कारोबार भयो । यस्तै अपी पावर कम्पनी रु १६ करोड ८७ लाख ६० हजार ४९६, प्राइम बैंक रु १५ करोड ६८ लाख ८६ हजार ६९४, एचआइडिसिएल रु १२ करोड २४ लाख ४९ हजार ९३८, एनआइसी एशिया बैंक रु १० करोड ७७ लाख ४६ हजार ६८०, सानिमा बैंक रु १० करोड ६३ हजार र नेपाल बैंक रु नौ करोड तीन लाख ९६ हजार ३९४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा आज विशाल बजार कम्पनी, हिमालयन ऊर्जा विकास कम्पनी नेपाल फाइनान्सका लगानीकर्ताले समान १०÷१० प्रतिशतले कमाउँदा शिवश्री हाइड्रोपावर ९.८५, एचआइडिसिएल ९.७६, नेरुडे लघुवित्त ९.५६, रैराङ हाइड्रोपावर ६ र अपी पावर कम्पनीका लगानीकर्ताले ५.७३ प्रतिशतले कमाए । त्यस्तै सानिमा इक्विटी फण्ड ५.३०, स्टयाण्डर्ड बैंक ३.९५, जनरल इन्स्योरेन्स कम्पनी ३.७३, कर्णाली डेभलपमेन्ट बैंक ३.४०, सनराइज बैंक ३.३५, सेन्ट्रल फाइनान्स २.९१ र नेपाल हाइड्रोका लगानीकर्ताले २.७१ प्रतिशतले गुमाए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: