चितवन । भरतपुर महानगरपालिकालाई मित्रराष्ट्र चीनबाट कोभिड–१९ को उपचारका लागि स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । चीनको सिपिङ सिटी फ्रि ट्रेड कम्प्रिहेन्सिभ सर्भिसले भरतपुर महानगरलाई सात हजार ६०० डलर (रु नौ लाख) बराबरको कोभिड–१९ को उपचारमा आवश्यक पर्ने स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
मेडिकल प्रोटेक्टिभ मास्कलगायत आवश्यक स्वास्थ्य सामग्री चीनको सिपिङ सिटी सर्भिसले उपलव्ध गराएको भरतपुर महानगरपालिकाले जनाएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकालाई कोभिड–१९ विरुद्ध लड्न आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामग्री चीनबाट प्राप्त भएको जानकारी गराए। महानगर प्रमुख दाहालले प्राप्त स्वास्थ्य सामग्री आवश्यकताअनुसार महानगरअन्तर्गत रहेका स्वास्थ्य संस्थालाई वितरण गरिने बताए। उनले यसअघि पनि चीनबाट विभिन्न स्वास्थ्य सामग्री आएको जानकारी गराउँदै भने, “कोभिडको महामारीको बेला स्वास्थ्य सामग्री सहयोगले जनस्तरमै सुमधुर सम्बन्ध कायम भएको छ ।” भरतपुर महानगरपालिका कोराना–१९ विरुद्ध लडिरहेको बताउँदै प्रमुख दाहालले पिसिआर प्रयोगशाला सञ्चालन, क्वारेन्टिनको निर्माण र सञ्चालन साथै हालै सञ्चालनमा ल्याएको बागेश्वरी आइसोलेशन तथा राहत वितरणलगायत नगरवासीलाई सूचीत गर्दै उच्च सुरक्षा सतर्कताका साथ विकास निर्माणका काम पनि सञ्चालन गरिरहेको बताए।
भरतपुर महानगर र चीनको गुर्मु सिटीबीच भगिनी सम्बन्ध कायम भएको छ । यसअघि गुर्मु सिटीले यस कोभिड–१९ रोगको रोकथाम र नियन्त्रणका लागि प्रदान गरेको स्वास्थ्य सामग्री स्वास्थ्यकर्मी, चिकित्सक र अघिल्लो घेरामा खटिने कर्मचारीलाई प्रदान गरिएको महानगरले जनाएको छ ।
यसअघि मित्र राष्ट्र चीनको गुर्मु सिटीले भरतपुर महानगरपालिकालाई रु १७ लाख बराबरको सर्जीकल मास्क १० हजार थान, एन ९५ मास्क ९ सय ६० थान, पिपिई १ सय २० थान र थर्मल गन १ सय २० थान लगायतका सामाग्रीहरु प्रदान गरेको थियो । भरतपुर महानगरपालिकाका प्रेस सल्लाहाकार सुरेशचन्द्र अधिकारीको नेतृत्वामा गएको प्रतिनिधी मण्डललाई गुर्मु सिटीका प्रतिनिधीहरु च्याङ्ग जिउ लिई, छिङ बिङ्ग, ह्याङ्ग सिङ्ग हान लगायतका प्रतिनिधी मण्डलले नेपाल–चीन सीमाना तातोपानीको मितेरी पुलमा ती सामाग्री प्रदान गरेको थियो ।
यसैगरी मित्रराष्ट्र चीनको तिब्बत प्रान्तमा रहेको सिगात्से शहरले पनि यसअघि भरतपुर महानगरपालिकालाई रु २७ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । तिब्बत प्रान्तमा रहेको सिगात्से सिटीले यसअघि एन ९५ मास्क एक हजार थान, सर्जिकल मास्क ५० हजार थान, आरडिटी किट ८०० थान, पिपिई १०० थान, मेडिकल फेस सिल्ड एक हजार थान र सर्जिकल ग्लोभ्स चार हजार थानलगायत स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: