रौतहट । छोरीको हत्यामा संलग्न रहेको आरोपमा बाबुआमासहित सातजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा हत्याका आरोपी आमा, बाबु र पैसा लिएर अमृता साहलाई गोली हानेर हत्या गरेका अन्य पाँच जनालाई सार्वजनिक गरिएको छ ।
पक्राउ पर्नेमा बाबु रामअयोध्या साहतेली, आमा सीतादेवी र भाडाका हत्याका आरोपी देवाही गोनाही नगरपालिका–२ करुनिया लक्षमिनियाँका ६० वर्षीय शेख अलियास, सोही ठाउँका ४० वर्षीय बहुदल भने इस्लाम अन्सारी, ३५ वर्षीय शेख इन्ताज, ५० वर्षीय कैमुल देवान र परोहा नगरपालिका–४ का ४५ वर्षीय छोटेलाल साह रहेको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए ।
आरोपी सबैले घटना स्वीकार गरिसकेको तथा उनीहरुमाथि ज्यानसम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान गरिरहेको उपरीक्षक शाहले जानकारी दिए ।
उपरीक्षक शाहका अनुसार आरोपी बाबु रामअयोध्याकी छोरी अमृताको छिमेकी सोसिन्द्र भगतसँग पछिलो तीन वर्षदेखि प्रेम सम्बन्ध रहेको थियो । उनको प्रमलाई बेवास्ता गर्दै बाबुआमाले २०७६ साल असारमा सर्लाही विशुनपुर गाउँपालिका–३ का रुपेश साहसँग अमृताको बलपूर्वक विवाह गरेका थिए ।
अमृता केही महिना सर्लाही विशुनपुरमा रहेपछि उनका श्रीमान्
रुपेश साहमाथि धारिलो हतियारले आक्रमण भएको थियो । उक्त घटनामा श्रीमान् पक्षले अमृता र उनका प्रेमी सोसिन्द्रमाथि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ज्यान मार्ने उद्योग मुद्दा दर्ता गराएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
उक्त घटनापछि अमृता माइतीघर लौकाहामै बस्दै आएकी थिइन् र गत असारमा श्रीमान्सँग सम्बन्ध विच्छेद भएको थियो । माइती बसेकी छोरी अमृता प्रेमी सोसिन्द्रसँग भागेमा समाजमा हाम्रो इज्जत जान्छ भन्ने उनका बाबुआमाले छोरीलाई कुनै बहानामा भारतमा लगेर परोहाका छोटेलाल साहलाई रु एक लाख ५० हजार दिएर हत्या गराउने बुबा रामअयोध्या र अर्का ज्वाइँ देवाही गोनाही–२ करुनियाका लक्ष्मण साहले मिलेर योजना बनाएको थियो ।
योजनाअनुसार अमृतालाई उपचार गराउने बहानामा सीमावर्ती भारतीय बजारमा केही महिनाअघि लगिएको थियो तर त्यहाँ योजना सफल हुन सकेन र अमृता माइतीमै आएर बसिरहेकी थिइन् ।
बुबा रामअयोध्या र ज्वाइँ लक्षुमणले इज्जतका लागि भनेर देवाही गोनाही–२ करुनिया लक्षमिनियाका कैमुल देवानलाई अमृताको हत्या गर्न रु एक लाखको सुपारी दिएको प्रहरी उपरीक्षक शाहले जानकारी दिए । मुख्य योजनाकार कैमुलले अन्य अभियुक्तसँग मिलेर गत कात्तिक २६ गते राति आमासँग आफ्नो घरमै सुतिरहेका बेला हत्या गरेको बताइएको छ ।
आमा उठेर शौचालय जाँदा राति साढे ११ः०० बजे अमृताको कञ्चटमा गोली हानी हत्या गरिएको पत्रकार सम्मेलनमा बताइएको थियो । घटनापछि मृतकका श्रीमान्, प्रेमी र परिवारका सदस्यको अनुसन्धान गर्दै जाँदा अपराधी पक्राउ तथा हत्याको योजना बाहिर आएको प्रहरी उपरीक्षक शाहले बताए । अन्य छ जना आरोपी यसअघि नै पक्राउ परे पनि मुख्य योजनाकार कैमुल भने सर्लाही मलङ्गवामा लुकीछिपी बसेको अवस्थामा आजै पक्राउ परेको उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: