Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

आठ महिनापछि खुल्यो टीकापुर पार्क

कैलाली । कोरोना भाइरसको सङ्क्रमणका कारण आठ महिनादेखि बन्द कैलालीकै मुख्य पर्यटकीय गन्तव्यको रुपमा रहेको टीकापुर पार्क खुल्ला गरिएको छ । आन्तरिक पर्यटकका लागि महत्वपूर्ण मानिने टीकापुर पार्कमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकले पार्कको अवलोकन गर्दै आएको तथ्याङ्क नगरपालिकासँग छ । लामो समयदेखि टीकापुर पार्क खुल्ला गर्नुपर्ने आवाज उठ्दै आए पनि नगरपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पार्क खुल्ला गरिएको बताइएको छ ।

नयाँ वर्ष र दशैँतिहारको समयमा पार्क अवलोकनमा आउनेको घुइँचो लाग्ने गरेको भए पनि यो वर्ष सो अवधिमा पार्क सुनसान रह्यो । नगरपालिकाको वार्षिक ५० लाख रुपैया आम्दानी हुने पार्कबाट गत वर्ष रु २० लाख पनि आम्दानी हुन सकेन । झनै यस वर्ष त त्यति पनि आम्दानी हुने अवस्थामा नदेखिएको पार्कमा कार्यरत विनोद चौधरी बताउछन् । नयाँ वर्ष र दशैँतिहारको समयमा मात्रै पार्कले रु २० लाखभन्दा बढी आम्दानी गर्ने गरेको छ ।

अन्य वर्षजस्तै पार्कमा आउने पर्यटकलाई यस वर्ष पार्क बन्द रहेको जानकारी नभएकाले पार्क पुग्दै फर्कदै गरेँ । बन्दाबन्दी खुलेसँगै टीकापुर पार्कमा पर्यटकको आगमन शुरु भए पनि पार्कको मूल ढोका बन्द हुँदा त्यहीबाट पर्यटक फर्कने गरेका थिए । दाङ, सुर्खेत, नेपालगञ्ज, बर्दिया, कञ्चनपुरलगायतका क्षेत्रबाट अवलोकनका लागि आएका पर्यटक पार्क अवलोकन नगरी फर्किएको चौधरीले बताएका छन्।

शनिबार बर्दियाबाट पार्क अवलोकनको लागि आउनुभएका शङ्कर चौधरीले पहिले पनि पार्क अवलोकनका लागि आए पनि धेरै पछि खुल्ला हुँदा अब पर्यटकको आगमन बढ्नेछ भने। “हामी पार्क खुल्ला छ भन्ने ठानेर यसअघि पनि आएका थियौँ”, चौधरीले भने, “पार्क बन्द छ भन्ने जानकारी नपाउँदा धेरै समस्या भोग्नु पर्यो । सबै क्षेत्र विस्तारै चलायमान हुँदै गएको अवस्थामा नगरपालिकाले वनभोजस्थल पनि सञ्चालनलमा ल्याउनुपर्छ ।”

स्वास्थ्यका सबै मापदण्ड पालना गर्न लगाई टीकापुर पार्क अवलोकनका लागि खुल्ला गरिएको कुरा टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद शर्माले बताए । “पार्क मात्र खुला गरेका छौँ”, प्रमुख प्रशासकीय अधिकृत अर्यालले भने, “वनभोजजस्ता कार्यक्रममा भने रोक लगाएको छ तर सञ्चालनका लागि छलफल भइरहेको छ ।” नगरपालिकाले अवलोकनकर्ताले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, सम्बन्धित स्थानमा राखिएको साबुनपानीले हात धुनु पर्ने, पार्कभित्र रहेका जुनसुकै बोटबिरुवा वा रेलिङमा छुन नपाइने जथाभावी फोहर गर्न नपाइने, फोहरलाई सम्बन्धित स्थलमा व्यवस्थापन गर्नुपर्ने, प्रति समूहमा बढीमा २५ जनाभन्दा बढीको सङ्ख्यामा प्रबेश गर्न नपाइने र एक अर्काबीच भौतिक दूरी कायम गर्नेजस्ता शर्त तोकिएका पार्कका कर्मचारी चौधरीले बताएका छन् ।

पार्क खुल्दा त्यस क्षेत्रका व्यवसायी पनि खुशी भएका छन् । पार्क छेउमा होटेल व्यवसाय गर्दै आएका अर्का रेष्टुराँका सञ्चालन रवीन्द्र विष्टले व्यवसाय पहिले नै सञ्चालन भए पनि पार्क बन्द हुँदा आफूहरूले व्यवसाय बन्द गरेजस्तै रहेको बताउ। “अब पार्क खुल्दा केही आशा देखिएको छ । यसअघि साउको र बैंकको ब्याजसमेत तिर्न सक्ने अवस्थामा थिएन”, विष्टले भने, “पहिले यो मौसममा दैनिक रु एक लाखसम्मको व्यापार हुन्थ्यो । अहिले सुनसान छ तर पनि लामो समय पछि पार्क खुल्दा अब केही आश थपिएको छ ।” पार्कको अवलोकन समय बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ला गरिएको जनाइएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy