काठमाडौँ । शिक्षाविद् र शिक्षकले विद्यालय पुनःसञ्चालन र वैकल्पिक माध्यमको सिकाइमा प्रभावकारिताका लागि अतिरिक्त स्रोत, साधन उपलब्ध गराउन सुझाएका छन् । सरकारले कोभिड–१९ को जोखिम मूल्याङ्कनका आधारमा विद्यालय सञ्चालनको जिम्मेवारी स्थानीय तहमा दिएपछि विद्यालय क्रमशः खुल्न थाले पनि स्वास्थ्य सामग्रीलगायतको अभाव र सबै विद्यार्थी उपस्थित नहुने समस्या देखिएको छ ।
शिक्षा पत्रकार समाज र ज्ञान अनुसन्धान तथा सिकाइ स्रोत केन्द्रले आज भर्चुअलरुपमा आयोजना गरेको ‘विद्यालय पुनः सञ्चालनका चुनौती’ विषयक छलफलमा शिक्षाविद् प्रा डा वासुदेव काफ्लेले सङ्घीय सरकारले स्थानीय सरकारलाई विद्यालय खोल्न जिम्मेवार बनाएर मात्रै नपुग्ने भन्दै स्थानीयस्तरमा ज्ञान, सूचना र स्रोतको हस्तान्तरण गर्न आग्रह गरे।
उनले दुई समूहमा कक्षा सञ्चालन गर्दा अतिरिक्त भार पर्ने भएकाले त्यसका लागि स्थानीय तहले अतिरिक्त बजेट दिनुपर्ने बताए। डा काफ्लेले प्रत्यक्ष पढाइ वा अनलाइन सिकाइमा सहभागी नभएका विद्यार्थी को को हुन् र के कारणले अनुपस्थित भएका हुन् भन्नेबारे अध्ययन गरेर उपयुक्त प्रबन्धका लागि स्थानीय तहसँग समन्वय गर्न पनि आग्रह गरे। शिक्षा अधिकारकर्मी बाबुकाजी श्रेष्ठले विद्यालय पुनः सञ्चालनका लागि आवश्यक स्वास्थ्य सामग्री र ढाँचाको सकारात्मक अनुभवन आदानप्रदन गरी सिकाइलाई प्रभावकारी बनाउनुपर्ने बताए।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (एन प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाले धेरै निजी विद्यालय अहिले पनि बन्द रहँदा शिक्षक टिकाउन नसकिएको स्वीकार्दै सरकारले आफूहरुलाई सरल ऋण उपलब्ध गराउनुपर्ने बताए ।
सुर्खेतको शारदा माविका प्रधानाध्यापक जीतेन्द्रराज ओलीले विद्यालय खुले पनि शिक्षक मनोवैज्ञानिक त्राससहित उपस्थित भएकाले सरकारले मास्क, स्यानिटाइजरजस्ता सामग्री दिनुपर्ने माग गरे।
सोलुखुम्बुको जीवनज्योति माविका प्रधानाध्यापक प्रभुराम बस्नेतले जिल्लाका आठवटै तहका तिहारपछि विद्यालयमा भौतिक दूरी कायम गरी प्रत्यक्ष पढाइ सञ्चालन गरिएको तर अझै सबै विद्यार्थीको सहभागिता हुन नसकेको बताए। धनकुटाको ग्रामीण जनता माविका प्रधानाध्यापक टङ्क भुजेलले प्रत्यक्ष पढाइ गर्न थालिएको तर टाढा टाढाबाट आउने शिक्षकसँग अभिभावक र विद्यार्थी डराउने गरेको अनुभव सुनाए ।
लमजुङको जनकल्याण माविका प्रधानाध्यापक अशोकुमार श्रेष्ठले विद्यालय पुनः सञ्चालनपछि यसबीचमा केही अभिभावकमा कोरोना सङ्क्रमण देखिएकाले दुई साता विद्यालय बन्द गराएको जानकारी दिए। शिक्षा पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवालले कोभिड–१९ पछिको शैक्षिक निरन्तरताका सकारात्मक तथा समस्याका पक्षलाई सञ्चारमाध्यमले अझै प्राथमिकताका साथ सम्प्रेषण गर्न जोड दिए।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: