Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

ठूलो वा सानो भ्रष्टाचार अक्षम्य अपराध : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो वा सानो मात्रामा जोसुकैबाट हुने भ्रष्टाचार भए पनि त्यो अक्षम्य अपराध हुने बताएका छन् ।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले कुनै एक सूचकका आधारमा मात्रै भ्रष्टाचार घटेको वा बढेको निष्कर्षमा पुग्न नकिने उल्लेख गर्दै पछिल्ला दुई वर्षमा मुलुकमा सुशासन कायम भई भ्रष्टाचार गर्ने प्रवृत्ति धेरै हमदसम्म ओरालो लागेको जनाए । प्रधानमन्त्री ओलीले कोभिड–१९ को महामारीलाई परास्त र यसको असर न्यूनीकरण गर्दै सामान्य लयमा फर्किन स्वच्छ, सुशासनयुक्त, आचरण व्यवहार र काम गर्नैपर्ने भएकाले यस तथ्यलाई संयुक्त राष्ट्रसङ्घले समेत अनुभूत गरेको बताए । “वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनलाई स्थापनाकै दिनदेखि महत्व दिँदै आएको छ र यसप्रतिको सरकारको प्रतिबद्धता अविचलित छ । देशको आर्थिक–सामाजिक रुपान्तरणमा उल्लेखनीय प्रगति भएको छ ।”

सन्देशमा भनिएको छ, “ठूला विकास आयोजनाहरुको काम अघि बढेको छ । मुलुकको मुहार फेर्ने ‘गेम चेन्जर प्रोजेक्ट’हरुको काम अघि बढेकै छ । सामाजिक सेवा क्षेत्रमा देखिएका विकृति, असङ्गति र समस्याको निराकरण गर्दै सार्वजनिक सेवालाई पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउँदै लगिएको छ । नवीनतम् सूचना प्रविधि उपयोग गर्दै आम नागरिकलाई सेवा दिने अग्रभागका निकायमा अनलाइन सेवा शुरु गरिएको छ । प्रायः सबैजसो स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ ।”

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विगत दुई आर्थिक वर्षमा ७९२ भ्रष्टाचारका मुद्दा चलाएको र हाल पनि करिब आठ हजार उजुरीमाथि अनुसन्धान भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि कानूनी दायरामा ल्याउनैपर्ने अडान दोहोर्याएका छन् ।

“भष्टाचार हुनै नदिनु हाम्रो प्राथमिकता हो । यसका लागि सरकारी, निजी, गैरसरकारी, सामुदायिक तथा सञ्चार क्षेत्रलगायत सबैको सहयोग र सहकार्य आवश्यक छ । हाम्रा सामाजिक मूल्य, मान्यता, संस्कार र व्यवहारमा परिवर्तन गर्नु त्यत्तिकै आवश्यक छ । सामाजिक सुशासनले व्यावसायिक एवं राजनीतिक सुशासनका लागि दबाब सिर्जना गर्दछ”, सन्देशमा भनिएको छ, “सार्वजनिक संस्थाहरुको सुढृढीकरण, जवाफदेही र पारदर्शी कार्यप्रणाली, सार्वजनिक खरिद प्रणालीमा शुद्धताजस्ता कुरा भ्रष्टाचार नियन्त्रणका निरोधात्मक उपायहरु हुन् ।”

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: