बागलुङ । अरबको खाडीमा सात वर्ष बिताएर स्वदेश फर्किएका खगेन्द्र श्रीसमा फेरि कमाउन विदेशै जाने मोह पलायो । दुई वर्षअघि जापान जाने प्रक्रिया थाले । अफसोच काम सफल भएन । उनको जापान जाने सपनाले नयाँ मोड लियो । चालिस वर्षीय श्रीसले गाउँमै उद्यम गर्ने अठोट लिए ।
गलकोट नगरपालिका–६ भुजुङ्गेका श्रीसले परम्परागत ढुङ्गाखानीलाई आधुनिक र व्यावसायिक बताए । रु तीन लाखको लगानीमा गत वर्षदेखि ढुङ्गाखानी सञ्चालनमा ल्याएको उनले बताए । ढुङ्गाखानीमा १० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । “मासिक रु ५० हजारदेखि एक लाखसम्म कमाई हुन्छ”, श्रीसले भने ।
उनका अनुसार कुनै बेला ढुङ्गा राम्रो निस्कन्छ, कहिले कम । ठूलो आम्दानी मजदूरको ज्यालामा जाने गरेको श्रीसको भनाइ छ । उनी आफैँ पनि ढुङ्गाखानीमा काम गर्छन् । “मसहित १० जनालाई खानीले रोजगार दिएको छ, गाउँका युवाको चित्त बुझाएर काममा लगाएको छु”, उनले भने ।
मजदूरले एउटा स्लेट ढुङ्गा (कटपिस टायल) काटेको तीन रुपैयाँ पाउँछन् । एकजनाले दिनमा चार/पाँच सयसम्म स्लेट ढुङ्गा तयार पार्छन् । धेरै ढुङ्गा निस्केका बेला महिनाकै ३५/४० हजारसम्म कमाउँछन् । खानीमा उत्पादित स्लेट ढुङ्गालाई गाउँसम्म बोकेर ल्याउने काम भने महिलाले गर्छन् ।
एउटा स्लेट ढुङ्गा बोकेको रु दुई पाउँछन् । एक खेपमा १०० वटासम्म बोक्ने गरेको स्थानीयवासी कुमारी श्रीसले बताए । उनका अनुसार महिनामा चार/पाँचपटकसम्म डोकोमा स्लेट बोक्ने काम मिल्छ । भारी बोकेर पाउने ज्यालाले महिलालाई घरखर्च चलाउन सजिलो भएको छ । कतिले छोराछोरीको पढाइ खर्चसमेत त्यसैबाट धान्छन् ।
ढुङ्गाखानीसम्म सडक नपुगेकाले मोटर आउने ठाउँसम्म बोकाएर ल्याउनु परेको ढुङ्गाखानी सञ्चालक खगेन्द्रले बताए । “ढुङ्गा काट्ने काम हाम्रो पुख्र्यौली पेशा हो, आम्दानीको मुख्य स्रोत पनि यही हो”, स्थानीयवासी बेग श्रीसले भने। उहाँले नै पहिलोपटक विसं २०५७ मा भुजुङ्गेमा स्लेट ढुङ्गा काट्ने उपकरण र सीप भित्र्याएका थिए ।
स्लेट ढुङ्गाको व्यावसायिक उत्पादन हुन थालेको भने सात/आठ मात्र पुगेको छ । “ढुङ्गेनी गाउँले समेत चिनिने भुजुङ्गेको परम्परागत पेशा र आम्दानी नै ढुङ्गाखानीमा जोडिएको थियो । ढुङ्गा बचेरै गाउँलेले जीविका चलाउँथे । पहिले छाना छाउने ढुङ्गा मात्रै निकाल्ने गरिए पनि प्रविधिको विकाससँगै पछिल्लो समय टायलको विकल्पका रुपमा स्लेट ढुङ्गा प्रयोग हुन थालेको हो ।
खानीमा छाउने ढुङ्गासँगै भित्तामा लगाइने स्लेट ढुङ्गा (कटपिस टायल), १२/१२, ६/१२ र १२/१८ को भुइँमा बिछ्याउने स्क्वायर टायल उत्पादन हुन्छ । कटपिस टायल प्रतिगोटाको रु १२ र स्क्वायर टायलको मूल्य क्रमशः रु ८०, ४० र १७० तोकिएको छ । एक हातको छाउने ढुङ्गालाई पनि रु १७० पर्छ ।
ढुङ्गाखानीको उत्पादन गलकोटमै रहेको डिपोमार्फत देशका विभिन्न ठाउँमा बिक्रीका लागि पुग्ने गरेको छ । भुजुङ्गेमा खेगन्द्रसहित सुकमन र निर्मल श्रीसले पनि ढुङ्गाखानी सञ्चालन गरिरहेका छन् । सुकमनको खानीमा तीन र निर्मलको खानीमा चारजनाले रोजगारी पाएका छन् । सबैले आफ्नै निजी जग्गामा खानी खोलेका हुन् ।
ढुङ्गाखानीलाई राज्यले व्यवस्थित गर्नुपर्ने माग स्थानीयवासीको छ । कानून अभावमा अहिलेसम्म ढुङ्गाखानी करको दायरामा आउन सकेका छैनन् । ढुङ्गाखानीलाई दर्ता गरी नियमानुसार चलाउन सञ्चालक राजी छन् । गलकोट नगरपालिकाका प्रवक्ता हेमन्त भण्डारीले ढुङ्गाखानीसहित प्राकृतिक स्रोतसाधनको उपयोगबारे छिट्टै कानूनी प्रबन्ध गरिने बताए । “अहिले पनि ढुङ्गाको अवैध कारोबार भइरहेको छ, नगरपालिकाले कर गुमाइरहेको छ, त्यसलाई व्यवस्थित गर्नैपर्छ”, उनले भने, “नियम र मापदण्डभित्र रहेर ढुङ्गाखानी सञ्चालन गर्ने वातावरण बनाउँछौँ ।”
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: