रसुवा । सुनको गहना लगाएकै कारण स्कुले बालिकाको हत्या भएपछि रसुवा प्रहरीले बालबालिकालाई सुनका गरगहना नलगाउन अभिभावकलाई आग्रह गरेको छ । कालिका गाउँपालिका–१ राम्चे खार्सा क्षेत्रको फैक्रिगाङ निवासी ६ वर्षकी बालिका सुमिना तामाङ विद्यालयबाट घरतर्फ फर्कने क्रममा कानमा लगाएको रु १० हजार बराबरको सुनको मुन्द्राकै कारण यही मङ्सिर २१ गते ज्यान गुमाउन परेपछि यस्ता घटना रोक्न रसुवा प्रहरीले गहना पहिरन गर्ने वा गराउने कार्य न्यूनीकरण गर्ने अभियान शुरू गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार यस्ता अपराधिक घटना रोक्न बालबालिकालाई सुनका कुनै पनि गहना पहिरन नलगाउने, अपरिचित व्यक्तिले दिएका चाउचाउ, बिस्कुट, चकलेटजस्ता चीज नखान उनीहरूलाई सचेत गराउने र पठनपाठनका लागि अभिभावक आफैँले विद्यालय लाने ल्याउने वातावरण मिलाउनेजस्ता विषयमा सचेतना अभियान शुरू गरिएको हो । कोभिड–१९ को समस्या समाधान भएपछि सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यालयस्तरीय सचेतना कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी भएको प्रनाउ सुवेदीले जानकारी दिए । ठूला मान्छेले पनि सकभर गरगहना नलगाउने र लगाउनै पर्ने कुनै उत्सव पर्वजस्ता अवस्था आए हात तथा गला र कानमा लगाइएका सुन सुरक्षित तवरले नजिकको परिचित आफन्तको साथमा मात्र हिँडडुल गर्र्न प्रहरीले आग्रह गरेको छ ।
ग्राङ प्राथमिक विद्यालयको कक्षा १ मा अध्ययन गरिरहेकी ती बालिका विद्यालय छुटेर घरतर्फ जाँदै गर्दा अपरिचित व्यक्तिबाट अपहरणमा परेकी थिइन । उनको कानमा सुनको मुन्द्रा देखेपछि चाउचाउ दिएर फर्काइ नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–५ घर भएकी १९ वर्षे सपना तामाङले अपहरण गरी गाउँभन्दा अलि पर नागर्दुङ ओढारमा लगि बालिका मारेर स्याउलाले छोपी कानमा लगाएको सुन लिई भागेको प्रारम्भिक बयानबाट खुल्न आएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सरोज गिरीले जानकारी दिए ।
गाउँमा बालिका हराएको हल्ला चलिरहेको र खोजतलास व्यापक भइरहेको अवस्थामै घटना घटाउने आशङ्कामा नुवाकोटतर्फ फर्कदै गरेकी अपरिचित सपना तामाङलाई स्थानीय बासिन्दाको सहयोगमा कालिकास्थान प्रहरीले धैबुङ घुम्ती बजारबाट २२ गतेनै नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रणमा रहेकी आरोपित ती महिलाप्रति थप अनुसन्धान भइरहेको छ । एक होटलबाट नियन्त्रणमा लिएको भोलिपल्ट बालिकाको शव प्रहरी र स्थानीय बासिन्दाको टोलीले ढुङ्गाको ओढारमा फेला पारेको प्रहरीले जनाएको छ । गाउँ नजिकैको घटना भए पनि भौगोलिक अवस्थाले खोजतलासको क्रममा नेपाल प्रहरी र स्थानीय बासिन्दाले २३ गते दिउँसो बालिकाको शव फेला पारेको बताइन्छ ।
बालिका हत्याको घटनाले आफूलाई अत्यन्तै दुखित तुल्याएको बताउँदै रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले यस्ता घटना दोहोरिन नदिन थप सतर्कताको लागि सुरक्षा निकायलाई निर्देशन दिई सकिएको बताए । यस्तै चालु आर्थिक वर्षको साउनदेखि हालसम्म १६ वटा घटना घटेको छ ।
प्रहरीले दिएको जानकारीअनुसार कर्तव्य ज्यान एक, आत्महत्या तीन, बेवारिसे लास एक, सार्वजनिक अपराध तीन र विभिन्न भवितव्य आठसमेतका घटना घटेको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ । गत आर्थिक वर्षमा भने ५३ वटा घटना घटेको थियो । ती घटनामध्ये गत वर्ष कर्तव्य ज्यान एक, भवितव्य १४ सवारी दुर्घटनाबाट एकसमेत १६ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: