Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

थाहै नदिइ ओलीले केन्द्रीय सदस्य बनाएपछि यी नेताहरुको आपत्ती, गरे पद अस्वीकार (नामावलीसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहमा थाहै नदिई नेकपाको केन्द्रीय सदस्य मनोनयन गरेको भन्दै केही सदस्यहरुले पद अस्वीकार गरेका छन्। मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गरिएको ओली पक्षको केन्द्रीय कमिटीको बैठकले ४ सय ४६ केन्द्रीय समिति रहेको नेकपामा सदस्य थप गर्दै ११ सय ९९ केन्द्रीय सदस्य बनाइएको थियो । सो बारे निर्वाचन आयोगलाई समेत जानकारी गराइएको थियो ।

संविधानसभा सदस्य समेत रहेका ताप्लेजुङ जिल्ला कमिटी सचिवालय सदस्य डम्बरध्वज तुम्बाहाम्फेले एक विज्ञप्ति निकाल्दै आफूलाई थाहै नदिइ केन्द्रीय कमिटीमा राखेको भन्दै आपत्ति जनाएका छन् ।

उनले भनेका छन्–‘मलाई थाहै नदिई मेरो नाम केपी शर्मा ओली समूहको केन्द्रीय सदस्यमा राखिएको प्रति मेरो असहमति रहेको ब्यहोरा यसै विज्ञप्ति मार्फत सम्बन्धित सबैमा जानकारी गराउँदछु । साथै म पार्टीको बहुमत केन्द्रीय सदस्यहरुले प्रतिनिधित्व गरेको अर्थात प्रचण्ड र माधव नेपालले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा नै आवद्ध रहेको ब्यहोरा सबैलाई जानकारी गराउँछु ।’

यी हुन् केन्द्रीय सदस्य पद अस्वीकार गर्नेहरु

१) डम्बरध्वज तुम्बाहाम्फे–ताप्लेजुङ
२) गोपाल बुडाथोकी–झापा
३) जसमाया गजमेर–प्रदेश १ सामाजिक विकास राज्यमन्त्री 
४) ज्ञानेन्द्र श्रेष्ठ–उदयपुरको कटारी नगरपालिका प्रमुख
५) सुन्दर वि.क.–नेकपा बारा जिल्ला सचिव
६) कमलेश झा–नेकपा प्रदेश २ सदस्य 
७) भगवती भण्डारी– लुम्बिनी प्रदेश सदस्य 
८) बृहस्पति अधिकारी–नवलपरासी 
९) जागेश्वरीदेवि चौधरी–तिलोत्तमा नगरपालिका उपप्रमुख 
१०) अमरबहादुर डाँगी–प्रदेशसभा सदस्य

डम्बरध्वज तुम्बाहाम्फेको विज्ञप्ति

\"\"/
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE