काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । लगातार उकालो लागेर नेप्से आज पुनः ४१ अङ्कले वृद्धि भई नयाँ उचाइ कायम गरेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४१.२४ ले उकालो लागेर दुई हजार २३५.७२ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.२१ ले उकालो लागेर ४२८.४३ मा पुगेको छ । कूल २०७ कम्पनीको एक करोड ५० लाख ३० हजार ८३६ कित्ता शेयर रु छ अर्ब ३२ करोड ६६ लाख ४६ हजार ८०६ मूल्यमा खरीदबिक्री भए । लगातार बजार उकालो लाग्दा बजार पूँजीकरणमा समेत उल्लेख्य वृद्धि देखिएको छ ।
साताको पहिलो दिनको कारोबारपछि बजार पूँजीकरण रु ३० खर्ब ११ अर्ब ४१ करोड ६७ लाख ४० हजार बराबर पुगेको छ । मुलुकको कूल ग्रार्हस्थ्य उत्पादनको नजीकनजीक बजार पूँजीकरण हुन पुगेको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ११ उपसमूहको शेयर उकालो लाग्दा एक उपसमूहको शेयर मात्रै ओरालो लागेको छ । जीवन बीमा उपसमूह १७.१६ ले ओरालो लाग्दा बैंकिङ ५९.६१, व्यापार ७८.०३, होटेल २०.५४, विकास बैंक ८८.४५, जलविद्युत् १६.६५, वित्त १९.२१, निर्जीवन बीमा ३९.०८, उत्पादन ३.१६, लघुवित्त २१.८ र सामूहिक लगानी कोष ०.०८ ले उकालो लागेको छ ।
कारोबारका आधारमा आज प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ४० करोड २९ लाख ९१ हजार ९८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । यस्तै कुमारी बैंक रु ३० करोड ४५ लाख १६ हजार ४७०, नेपाल पुनर्बीमा कम्पनी रु २४ करोड १२ लाख चार हजार ८९५, नबिल बैंक रु २० करोड ३९ लाख ३९ हजार ४१२, प्राइम बैंक रु २० करोड ३८ लाख ४० लाख ८३९, सिद्धार्थ बैंक रु १९ करोड ७३ लाख १६ हजार, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु १९ करोड ६८ लाख ४८ हजार ९७७, एनआइसी एसिया बैंक रु १७ करोड ९४ लाख २५ हजार १९१ र नेपाल दूरसञ्चार कम्पनी रु १६ करोड ५४ लाख ११ हजार ५२८ बराबरको कारोबार भई शीर्षस्थानमा रहे । कारोबार भएका कम्पनीहरुमध्ये ११७ कम्पनीको शेयर उकालो लागे भने ४४ कम्पनीको शेयर ओरालो लाग्यो ।
यस्तै १४ कम्पनीको शेयरमा भने कुनै परिवर्तन भएन । कारोबार भएकामध्ये प्रभु इन्सुरेन्स १०, नारायणी डेभलपमेन्ट बैंक ९.९७, कुमारी बैंक ९.८९, आरम्भ चौतारी लघुवित्त ९.८९, युनाइटेड फाइनान्स ९.८८, कर्पोरेट डेभलपमेन्ट बैंक ९.८३, नेपाल फाइनान्स ८.७०, प्राइम बैंक ८.५६, महालक्ष्मी विकास बैंक ८.२४ र लुम्बिनी विकास बैंकका शेयरधनीले ७.६९ प्रतिशतले कमाए ।
त्यस्तै, निर्धन उत्थान लघुवित्त ४.३१, हिमाल दोलखा हाइड्रोपावर २.९९, एनएलजी इन्सुरेन्स २.८६, नेरुडे लघुवित्त २.८२, दिव्यश्वरी हाइड्रोपावर २.७०, युनाइटेड इदी मर्दी हाइड्रोपावर २.६१, युनियन हाइड्रोपावर २.६१, माउन्टेन हाइड्रो २.६०, अरुण भ्याली हाइड्रोपावर २.५५ र युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले २.५२ प्रतिशतले गुमाए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: