कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले साँस्कृतिक पर्वहरुले राष्ट्रिय एकता, सद्भाव र सहिष्णुता कायम गर्न सहयोग पु¥याएको बताएका छन्।
‘मकर सङ्क्रान्ति’, ‘माघे सङ्क्रान्ति’ ‘माघी पर्व’ तथा ‘राष्ट्रिय योग दिवस– २०७७’ का अवसरमा उहाँले कर्णालीवासी तथा सम्पूर्ण नेपालीमा सुख, शान्ति र आरोग्यताका लागि शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री शाहीले आज शुभकामना सन्देश जारी गर्दै बहुसाँस्कृतिक, बहुजातीय, बहुधार्मिक, बहुभाषिक विविधताले भरिपूर्ण नेपालमा साँस्कृतिक पर्वहरुले राष्ट्रिय एकता र आपसी सद्भाव कायम गर्नमा सहयोग पुगेको बताएका छन् । सन्देशमा उनले भनेका छन्,“नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्ष, समानुपातिक समावेशी मुलुक हो । लोकतन्त्रले सबैको साँस्कृतिक पर्वलाई सम्मान गरेको छ । साँस्कृतिक, धार्मिक, जातीय र भाषिक विविधताले विश्वसामु चिनिएको नेपालको मौलिक विशिष्टता अर्थात चाडपर्वले सामाजिक सद्भाव, अखण्डता, साझा पहिचान र राष्ट्रिय एकता सुदृढ बनाउन मद्दत पुग्ने विश्वास लिएको छु ।”
त्यसैगरी, मानव जीवनका लागि योग तथा ध्यानको महत्वलाई बुझेर नेपाल सरकारले विसं २०७२ देखि माघ १ गतेलाई ‘राष्ट्रिय योग दिवस’ घोषणा गरेको बताउँदै उनले ‘योग गरौं डटेर, कोभिड जान्छ हटेर’ भन्ने मूलनारासँगै आज मनाइँदै गरेको योग दिवसले सबैको रोग प्रतिरोधात्मक क्षमता बढाउने अपेक्षा गरिएको भने।
मुख्यमन्त्री शाहीले कोभिड–१९ पूर्ण नियन्त्रण नआइसकेको भन्दै सावधानीका साथ पर्व मनाउनसमेत आग्रह गरे। प्रदेश सरकारले गत वर्षदेखि ‘माघी पर्व’ का अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: