Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

नेपालमा विकसित योगको अन्तरराष्ट्रियकरण : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमिबाट विकसित योग अहिले अन्तरराष्ट्रियकरण भएको बताएका छन् । राष्ट्रिय योग दिवस मूल समारोह समितिका आयोजनामा आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले शरीरलाई चुस्तदुरुस्त राख्न र प्रतिरोधी क्षमता तथा बहन गर्न एवं सहन शक्तिको विकास गरी गतिवान् जीवन पद्धतिका लागि नेपालका पूर्वजले विकास गरेको योग नै अन्तरराष्ट्रियकरण भएको स्पष्ट गरे ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावका आधारमा सन् २०१४ देखि हरेक जुन २१ लाई अन्तरराष्ट्रिय योग दिवस मनाउने संयुक्त राष्ट्र सङ्घको निर्णयमा नेपालको पनि योगदान रहेको जनाउँदै प्रधानमन्त्री ओलीले ‘हाम्रो ठाउँ’ मा १५ हजार वर्षअघि नाता जोडिएको योगले अन्तरराष्ट्रिय माान्यता पाएको बताए । उनले भने, “योग कुनै धर्म वा अध्यात्मसँग सम्बन्धित छैन । यो दर्शनको सृष्टिभन्दा अगाडिबाट विकसित हुँदै चिन्तन,मनन र ज्ञानसँग सम्बन्धित हुँदै आएको छ । यो शरीरका अष्टाङ्गसँग गाँसिएको छ । हामीले यसलाई दैनिक जीवन पद्धतिमा अपनाउनुपर्छ ।”

नेपालको शिव तथा जनक, कपिल र बुद्ध सभ्यता, महर्षि पतञ्जलि हुँदै योग दिवस मनाउने परम्पराको थालनी भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हाम्रा पूर्वज र शास्त्रले गणना र विश्वासका आधारमा असाधारण गणित र आयुर्वेदको आविष्कार गरेकै सिलसिलामा अन्तरराष्ट्रिय योग दिवस मनाउने परम्परा थालनी भएको बताए।

कार्यक्रममा योग प्राकृतिक चिकित्सा क्षेत्रमा योगदान दिने व्यक्तित्वलाई पुरस्कृत गरिनाका साथै ‘योग विशेष बुलेटिन’ विमोचन गरिएको थियो । कार्यक्रममा योगाभ्यास पनि गरिएको थियो । यस वर्षको दिवसको आदर्श वाक्य ९नारा० ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ रहेको छ । नेपालमा विसं २०७२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाइँदै आएको छ । वर्षमा लामो दिन अर्थात् सूर्य उत्तरायनतर्फ लाग्ने दिनलाई योग दिवसका रुपमा मनाउन थालिएको हो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending