Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने

भक्तपुर । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेका मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् । मध्यपुरथिमि नगर शिक्षा समितिको गत सोमबार बसेको बैठकले नेपाल सरकारद्वारा जारी विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ अनुसार स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

नगर शिक्षा समितिको बैठकले माघ ४ गतेदेखि विद्यालय सञ्चालन गर्ने गरिएको निर्णयानुसार विद्यालय सञ्चालनमा आउन लागेको नगर शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख ज्ञानेन्द्र वनले जानकारी दिए । यसका लागि मध्यपुरथिमि नगरपालिकाले ७ बुँदे निर्देशिकासमेत जारी गरेको छ । नगरपालिकाले जारी गरेको निर्देशिकामा विद्यालय सञ्चालन सम्बन्धी ढाँचा–२०७७ को बुँदा नं ३ अनुसार विद्यालय सञ्चालन पूर्व गर्नुपर्ने सबै तयारी पूरा गर्नुपर्ने, विद्यार्थी सङ्ख्या र भौतिक उपलब्धताका आधारमा स्वास्थ्य मापदण्ड पालना हुने गरी आवश्यकताअनुसार विद्यालय सञ्चालन सम्बन्धी कार्ययोजना विद्यालय व्यवस्थापन समितिबाट स्वीकृत गरी लागू गर्नुपर्ने उल्लेख गरिएको छ ।

विद्यालय सञ्चालनका लागि विद्यालय प्रवेश गर्दा अनिवार्य रुपमा साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने र तापक्रममापन गर्ने व्यवस्था मिलाउने, सबै विद्यालय र शिक्षकले सङ्क्रमणकालीन योजना बनाउनुपर्ने निर्देशन दिइएको वनले बताए ।

त्यसैगरी स्वास्थ्य मापदण्डपालना हुनेगरी कक्षा कोठामा बसाइको व्यवस्था मिलाई सहज सिकाइएको व्यवस्था गर्नुपर्ने, विद्यार्थी र शिक्षक विद्यालय आउनजान सवारीसाधनको प्रयोग गर्नुपर्ने भए स्वास्थ्य मापदण्डको पालना गर्ने गराउने र कोभिड– १९ सङ्क्रमितको सङ्ख्या बढ्न गएमा कुनै विद्यालय, क्षेत्र, वडा वा नगरपालिकाभरि सूचना जारी गरी कुनै पनि समयमा विद्यालय बन्द गर्न सकिने निर्देशनसमेत दिइएको छ ।

यसैबीच विद्यालय सञ्चालन गर्न नगरपालिकाले शुल्कसमेत निर्धारण गरेको छ । नगरपालिकाले नगरभित्र सञ्चालित संस्थागत विद्यालयले मासिक शिक्षण शुल्क तहगत र श्रेणीगत रुपमा शैक्षिक सत्र २०७६ का लागि नगरपालिकाबाट तोकिएको शुल्क शैक्षिक सत्र २०७७ का लागि कायम गर्ने निर्णय गरेको छ । त्यसैगरी नगरपालिकाले शैक्षिक सत्र २०७७ का लागि वार्षिक शुल्क ५० प्रतिशत मात्र लिने व्यवस्था गर्न निर्देशन समेत दिएको छ ।

विद्यालयले विद्यार्थीसँग शुल्क लिँदा सम्बन्धित विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराएर सम्बन्धित विद्यार्थी वैकल्पिक प्रणालीमा सहभागी भएको समयको मात्र मासिक शुल्क लिन निर्देशन दिएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending