काठमाडौं । निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्क कम्युनिकेशनले देशका विभिन्न १४ शहरमा डेटा सेन्टर निर्माण गर्ने भएको छ । कम्पनीले बिहीबार पत्रकार सम्मेलन गरेर सात प्रदेशका विभिन्न १४ शहरमा डेटा सेन्टर स्थापनाको तयारी भएको जनाएको हो ।
डेटा सेन्टर निर्माणका लागि रु तीन अर्बको अनुमान गरिएको बल्र्डलिङ्कका अध्यक्ष दिलीप अग्रवालले जानकारी दिए । उनका अनुसार उक्त डेटा सेन्टरमा ६ मेगावाटको बिजुली, ५०० भन्दा बढीको ¥याक राखिनेछ भने दुई वर्षदेखि तीन वर्षभित्र सबै डेटा सेन्टर स्थापना गरिसक्ने योजना छ ।
सातै प्रदेशमा एक÷एक सेन्टर स्थापना गर्ने लक्ष्यसाथ काठमाडौँमा सबैभन्दा ठूलो र काठमाडौँको विकल्पको रुपमा भरतपुरमा रहनेछ । तीन मेगावाट, ३५० मा ¥याक काठमाडौँमा राखिनेछ भने भरतपुरमा ५०० किलोवाट र एक सयवटा ¥याक राखिनेछ । यसैगरी, पोखराको लेखनाथ, बुटबल, हेटौंडा, भक्तपुर, दुहवी, वीरगन्जमा २५० देखि ३५० ¥याकका डेटा सेन्टर र ढल्केबार, अत्तेरिया, भैरहवा, कोलहपुर, सुर्खेत र काठमाडौँमा साना ¥याक बन्नेछन् ।
कम्पनीले डेटा सेन्टरका लागि काठमाडौँ र चितवनमा जग्गा किनेर डेटा सेन्टर बनाउने काम सुरु भइसकेको जनाएको छ । सरकारले डिजिटल नेपालको अवधारण ल्याएको भन्दै उक्त योजनालाई सफल बनाउन डेटा सेन्टर स्थापना गर्न लागिएको अध्यक्ष अग्रवाल बताउछन् । उहाँले प्रत्येक प्रदेशको डाटा प्रदेशमा नै राख्न डेटा सेन्टर बनाउन आवश्यक रहेको बताए। स्थापनाको २५ वर्ष पूरा गरेको वल्र्डलिङ्कले हाल चार लाख आठ हजार घरधुरीमा इन्टरनेट पु¥याइसकेको जनाएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: