डोटी । महिनावारी भएका बेलामा प्रहयोग गरिने सेनिटरी प्याड बनाउन शुरुआत गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार प्रबन्ध केन्द्रको आर्थिक सहयोगमा र शैलेश्वरी महिला समूहको सहजीकरणमा सेनिटरी प्याड बनाउने उक्त मेशिन जडान गरिएको हो ।
मेशिन जडान भएपछि डोटीमा पहिलोपटक सेनिटरी प्याड उत्पादन गर्न थालिएको हो । जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ सिलगढीमा सेनिटरी प्याड उद्योग स्थापना गरेर प्याड उत्पादन गर्न थालिएको छ । सेनिटरी प्याड नभएका कारण प्रायः गरी छात्रा महिनावारी हुँदा विद्यालय जान बन्द भएपछि उनीहरुको सहजताका लागि उक्त उद्योग सञ्चालनमा ल्याइएको शैलेश्वरी महिला समूहका पदाधिकारी तथा उद्योग सञ्चालक शारदा भट्टले जानकारी दिए । उनले भने, “प्याड नभएका कारण महिनावारी भएका अधिकांश छात्रा विद्यालय जान सकेका थिएनन, उनीहरुका समस्या समाधान गर्न तथा नियमित विद्यालय जान सकुन् भन्ने उद्देश्यले हामीले उद्योग सञ्चालनमा ल्याएका छौँ, महिनावारी भएका छात्रालाई विषेश सहज हुनेछ ।”
कम्तीमा पनि रु ११ लाख ५० हजारको लागतमा उक्त उद्योग सञ्चालन गरिएको उनले बताए । उद्योगमा अहिले तीन कर्मचारीले पहिलोपटक ११ कामदारलाई प्याड बनाउने तालिम दिन शुरु गरिएको छ । जिल्लामै सेनिटरी प्याड उत्पान गर्न शुरु गरिएपछि प्याडको प्रयोग गर्नेहरुको सङ्ख्या बढ्दै गएको विभिन्न सङ्घसंस्थाको तथ्याङ्कमा उल्लेख गरिएको छ । जिल्लामा छाउपडीको अवस्था र महिलाको आर्थिक आत्मनिर्भरलाई मध्यनजर गरी ती समस्या समाधान होस् भन्ने उद्देश्यले सञ्चालन गरिएको उक्त सेनिटरी प्याड बनाउने उद्योगले राम्रो काम गरेको स्थानीयवासी तथा नेकपाका नेता नारद मलासीले बताए । उनले भने, “महिनावारी र छाउपडीका कारण जिल्लाकै बदनाम थियो, महिनावारी भएका छात्रा स्कूल नै जाँदैन थिए, प्याड सहजरूपमा पाइने भएपछि छात्रा स्कूल पनि जानेछन्, जिल्लाको बदनाम पनि हट्नेछ ।”
यहाँ उत्पादित प्याड डोटी जिल्लासँगै छिमेकी जिल्लामा समेत निर्यात गर्ने गरी गुणस्तरीय उत्पादनमा ध्यान दिएर काम गरे राम्रो प्रभाव पर्ने प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिए । उनले भने, “सेनीटरी प्याड उत्पादन गुणस्तरीय तथा राम्रो गरिए बजारका लागि खोजी गर्नुपर्ने समस्या आउँदैन, राम्रो उत्पादन गरिए जिल्ला बाहिरसमेत निर्यात हुनेछ, महिलाका समस्या पनि समाधान हुनेछन् ।” पछिल्लो समय जिल्लामा सेनिटरी प्याड प्रयोग गर्ने किशोरी तथा महिलाको सङ्ख्या बढ्दै गएको छ ।
जिल्लामा प्याड उत्पादन गर्ने उद्योग नभएका कारण यहाँका किशोरी तथा महिलाले देशका विभिन्न शहरका साथै भारतबाट निर्यात गरिएका सस्तो खालका सेनिटरी प्याड प्रयोग गर्दै आएको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाकी स्थानीय लक्ष्मी रावलले जानकारी दिए । उनले भने, “जिल्लामै प्याड उत्पादन गर्ने उद्योग थिएन, हामीलाई प्याड नभइ नहुने, वर्षौँदेखि हामीले भारत तथा देशका विभिन्न शहरबाट सस्तो प्याड किनेर प्रयोग गर्दै आएका थियौँ, त्यही पनि सबैलाई पहुँच थिएन, अब त्यो समस्या पनि हटेको छ ।” उनका अनुसार अझै पनि जिल्लाको ग्रामीण भेगका किशोरी तथा महिलाले महिनावारी भएको बेला प्याडका रूपमा रुमाल, घरेलु कपडालगायतका वस्तु प्रयोग गर्न बाध्य भएका छन् ।
जिल्लामा उत्पादन भएका सेनिटरी प्याड जिल्लाका सबै स्थानीय तहमा बिक्री वितरण गरी त्यसपछि मात्रै जिल्ला बाहिर निर्यात गरिनुपर्ने कांग्रेस नेत्री पार्वती चन्दले जानकारी दिए । उनले भने, “यहाँका शहरबजारभन्दा पनि गाउँघरमा प्याडको बढी खाँचो छ, यहाँ उत्पादन भएका प्याड पहिला गाउँगाउँमा पु¥याउने र त्यसपछि मात्रै जिल्ला बाहिर पठाए निकै राम्रो हुनेछ ।”
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: