काठमाडौं । विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले अपराजित रहँदै राष्ट्रिय महिला लिग फुटबलको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा एपीएफ आज नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा एपीएफका लागि सरु लिम्बुले दुई तथा अनिता केसीले एक गोल गरे। खेलको ४५औं मिनेटमा लिम्बुले गोल गर्दै एपीएफलाई अग्रता दिलाइन्। यस्तै खेलको ८६औँ मिनेटमा केसीले गोल गर्दै एपीएफलाई २–० गोलको अग्रता दिलाइन्। खेलको इन्जुरी समयमा लिम्बुले नै व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३–० गोलअन्तरले उपाधि जिताइन् ।
एपीएफले लगातार तेस्रो पटक लिगको उपाधि जितेको हो । एपीएफले १२ खेलमा ३६ अङ्क जोड्यो । आर्मीले १२ खेलमा २६ अङ्क जोड्यो । उपाधिसँगै एपीएफले रु १५ लाख तथा उपविजेता बनेको आर्मीले रु आठ लाख पुरस्कार प्राप्त गरेको छ ।
लिगमा तेस्रो भएको नेपाल पुलिस क्लबले रु पाँच लाख तथा चौथो भएको स्याङ्जाको वालिङ नगरपालिकाले रु तीन लाख पुरस्कार प्राप्त गरेको छ । यस्तै प्रतियोगिताको रु एक लाख ५० हरजारसहित फेयर प्ले टिमबाट चन्द्रपुर नगरपालिका पुरस्कृत भयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपीएफकी सरु लिम्बु घोषित भइन् । उनले पुरस्कारस्वरुप एक थान स्कुटर प्राप्त गरे।
यस्तै प्रतियोगिताको उत्कृष्ट फरवार्डको उपाधि एपीएफकै सावित्रा भण्डारी, उत्कृष्ट गोलकिपर नेपाल पुलिस क्लबकी उषा नाथ, उत्कृष्ट डिफेन्डर पुलिसकै अम्रिता जैशी, उत्कृष्ट मिडफिल्डर आर्मी फुटबल क्लबकी बिमला चौधरी तथा उत्कृष्ट प्रशिक्षक एपीएफकी भगवती थापा घोषित भइन् । उनीहरुलाई जनही रु ५० हजार पुरस्कार प्रदान गरिएको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: