गण्डकी । रोजगारीको खोजीमा युवा विदेशिने क्रम बढिरहेका अवस्थामा यहाँका एक युवा भने व्यावसायिक च्याउ खेती गर्दै अरुका लागि पनि अनुकरणीय बनेका छन् ।
पर्वतको फलेवास नगरपालिका–९ भङ्गरका ४० वर्षीय कृष्णप्रसाद सुवेदी डेढदशक अघि तीन वर्ष वैदेशिक रोजगारीमा मलेसिया गएका थिए । वैदेशिक रोजगारीले उनलाई स्वदेशमा नै केही गर्नुपर्छ भन्ने सिकायो । विदेशको अनुभव र भोगाइ बटुल्दै फर्किएका सुवेदी त्यसपछि भने कहिल्यै विदेश गएनन् ।
त्यसपछि च्याउ खेतीमा लाग्नुभएका सुवेदी हाल दाजुभाइ च्याउ फर्म सञ्चालन गर्दै यसको व्यावसायिक खेतीमा निरन्तर लागेका छन् । “मलेसियाबाट फर्के लगत्तै पोखराको मझेरी पाटनमा दुई रोपनी जग्गा लिएर शुरु गरेको च्याउ खेतीले अन्ततः मलाई यसको व्यावसायिक खेतीतर्फ आकिर्षत गर्यो”, रासससँग कुरा गर्दै उनले भने, “त्यस यताको १५ वर्षे समयावधिमध्ये विभिन्न स्थानका साथै पछिल्ला छ वर्षको समय पोखरा महानगरपालिका–१९ चितेपानीमा च्याउखेती गरेँ ।” यस वर्षदेखि पोखरा महानगरपालिका–३३ बागमारास्थित महाकाली चोकमा च्याउ खेती शुरु गरेको उनले जानकारी दिए ।
व्यावसायिक च्याउ खेतीमा राम्रो सम्भावना भएर नै आफूले डेढदशक यसैमा समय बिताएको अनुभव सुनाउँदै उनले कोरोना महामारी भन्दा अघिसम्म यस व्यवसायबाट मासिक रु दुई लाखसम्म आम्दानी हुने गरेको जानकारी दिए । “कोरोना शुरु हुनुभन्दा अघिसम्म मासिक रु दुई लाखसम्म आम्दानी हुने गरे पनि कोरोना महामारीका कारण त्यसयता हालसम्म नै मासिक रु दुई लाखकै हाराहारीमा घाटा व्यहोर्दै आएको छु”, उनले भने, “आगामी दिनमा कोरोना महामारीको प्रभाव कम हुँदै व्यवसाय पूर्ववत् रुपमा फर्कने आशा गरेको छु ।”
कोरोना महामारीका कारण बीचमा भएको लकडाउनका कारण च्याउ खेतीका लागि आवश्यक पर्ने सामान ढुवानीलगायतमा समस्या झेल्नु परेको उनले सुनाए । बन्दाबन्दी पहिला च्याउ खेतीका लागि आवश्यक पर्ने पराल प्रति ट्रक रु ५० हजारमा पाइने गरेकोमा अहिले भने एक लाख पर्ने गरेको उनले जानकारी दिए ।
ट्रकमा पराल ढुवानीका क्रममा बाहिर निस्केमा सडक सुरक्षा जाँचका क्रममा जरिवाना तिर्नुपर्ने लगायतका झन्झटका कारण गाडीवाला पराल बोक्न गा¥हो मान्ने गरेको र ढुवानीमा बढी रकम तिर्नुपरेको उनले गुनासो सुनाए ।
कोरोना अघिसम्म आफूले १६ व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको बताउँदै सुवेदीले अहिले चार जनालाई मात्र रोजगारी दिन सकेको बताए । “पहिले न्युनतम १०० वटासम्म च्याउका टनेल बनाएका थियौं”, उनले भने, “प्रत्येक दिन ३०० किलो च्याउ बजारमा पठाइन्थ्यो, अहिले १५ वटा मात्रै टनेल छन्, मुस्किलले दैनिक १०० किलो निकाल्न पनि धौधौ छ ।”
उनका अनुसार तामक्रमको सन्तुलन मिलाउन सकेमा च्याउ खेती बाह्रैमहिना गर्न सकिन्छ । यसका लागि २० देखि २८ डिग्री सेन्टिग्रेड तापक्रम आवश्यक पर्दछ । सरकारले च्याउ खेतीका लागि तापक्रम अनुकूलित टहरा बनाइदिने हो भने कृषकलाई ठूलै राहत मिल्ने उनले बताए ।
सुवेदीले हाल कन्ये र सिताके च्याउ लगाएका छन् । बजारमा कन्ये च्याउ प्रतिकिलो २०० रुपैयाँ पर्छ भने सिताके च्याउ प्रति किलो ६०० रुपैयाँ पर्दछ । च्याउ लगाइएको तीन महिनामा उत्पादन दिने उनले बताए ।
च्याउ खेतीका साथै आफ्नो फर्ममा प्राङ्गारिक तरकारीसमेत उत्पादन गर्ने गरेको उनले जानकारी दिए । राज्यका तर्फबाट कृषकलाई आकर्षित गर्ने किसिमका कार्यक्रम ल्याउनु आवश्यक भएको बताउँदै च्याउ सञ्जाल कास्कीका अध्यक्षसमेत रहेका सुवेदीले व्यावसायिकताको विकासका लागि निरन्तरको क्रियाशीलता र लगाव आवश्यक हुने उल्लेख गरे ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: