सर्लाही । यहाँका एक युवकले च्याउको बीउ बेचेर मनग्य आम्दानी गरेका छन् वाग्मती नगरपालिका– १० का ध्रुवप्रसाद चौलागाईं वैदेशिक रोजगारबाट फर्केपछि च्याउको बीउ बेचेर मनग्य आम्दानी गरेका हुन् ।
पाँचपटक वैदेशिक रोजगारीमा गएर फर्किनुभएका वाग्मती नगरपालिका–१० शङ्करपुरका उनले कन्ने च्याउको बीउ बिक्रीबाट सम्पूर्ण खर्च कटाएर मासिक रु एक लाख आम्दानी गर्दै आएको जानकारी दिए ।
तीन वर्षदेखि व्यावसायिक च्याउखेती गर्दै आउनुभएका उनले गत वर्षदेखि बीउ उत्पादन गर्न शुरु गरेका हुन् । दुई सय ५० ग्रामको दैनिक एक हजार प्याकेट बीउ उत्पादन गरिरहेको उनले बताए । उनका अनुसार यसअघि बीउ लिन हेटौँडा, काठमाडौँ जस्ता ठूला शहरमा धाउनुपर्ने गरेको भए पनि अहिले त्यो समस्या समाधान भएको उनको भनाइ छ । अहिले वाग्मतीको शङ्करपुरमै बीउ उत्पादन भएपछि यस क्षेत्रका व्यावसायिक च्याउखेती गर्ने किसानलाई सजिलो भएको छ ।
उनले करीब रु ५० लाखमा बीउ उत्पादन गर्ने उपकरण खरीद गरेका थिए । स्थानीय बजारमा च्याउको माग अत्यधिक रहेकाले च्याउ र बीउ बिक्री गर्न बजारको समस्या नभएको उनले बताए ।
उनले प्रतिप्याकेट रु ४० मा स्थानीय किसान, सिन्धुली, रौतहट, महोत्तरीका किसान र कृषि ज्ञान केन्द्र सर्लाहीलगायत देशका विभिन्न ठाउँमा बीउ बिक्री गरिरहेको च्याउखेती र बीउ उत्पादन गर्न उनलाई पारिवारिक राम्रो सहयोग रहेको छ । उनले च्याउको बीउ उत्पादन गर्ने काममा तीन जनालाई रोजगारी दिएका छन् । यही व्यवसायको कमाइबाट चार कट्ठा जग्गा खरीद गरेको बताए ।
उनले ध्रुव कृषि फार्म दर्ता गरेर व्यावसायिकरुपमा च्याउको बीउ तथा च्याउ नै उत्पादन गरी बिक्रीवितरण शुरु गरेका हुन् । स्वदेशमै केही गरौँ भनेर २०७४ सालदेखि व्यावसायिक च्याउखेती शुरु गरेका उनले अहिले एक हजार ५०० पोका राख्नसक्ने क्षमताको टनेल र घरको तल्लो तलामा एक हजार पोका च्याउखेती गरिरहेका छन् । च्याउखेती विशेषतः जाडो मौसममा हुने गर्छ । बेमौसमी च्याउखेतीका लागि घरको दुई वटा कोठालाई चिसो बनाइराख्न वातानुकूलन उपकरण समेत जडान गरेका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: