दुल्लू । दैलेखको आठबीस नगरपालिका– ३ कुमालखाडीवासी तरकारी व्यवसायबाट आत्मनिर्भर बन्दै गएका छन् । गुजाराका लागि मात्र तरकारी फलाउँदै आएका किसान व्यावसायिक तरकारी खेती गर्न थालेपछि आत्मनिर्भर बनेका हुन् ।
तरकारी उत्पादन गर्नथालेपछि आम्दानीका साथै कुमालखाडा गाउँको नामसमेत बदिलएको स्थानीय बासिन्दा पवित्रा माझीले बताए । “पहिला गाउँलाई कुमालगाउँ भन्थ्यौं, आजभोलि तरकारी नमूना गाउँ भनेर चिनिएको छ, विदेशिएका पुरुषसमेत मुग्लानबाट फर्केर तरकारी खेतीतिर लागेका छन्, कसैले तरकारी खेतीको व्यापारबाट तराईमा घडेरीसमेत किन्न योजना बनाएका छन्”, उनले भने ।
आजभोलि तरकारी खेती देखेर सोही ठाउँकी ६५ वर्षीया धना कार्की दङ्ग छिन् । विगतका दिन सम्झिदै उनले भने, “पहिला हामी आलु, चना, मुसुुुरो केराउ लगाउथ्यौं, काउली, बन्दा, गोलभेडाको चलन थिएन, नून र खुर्सानीसँग छाक टाथ्र्यौ, पाहुना आएको दिनमा छरछिमेकीबाट दही दूधको जोहो गर्नुपथ्र्यौ ।”
तरकारीले आफ्नो जीवनमा समेत परिवर्तन ल्याएको अर्की महिला नानीदेवी शाहीले बताए । केही वर्षपछि कर्णाली राजमार्गको ट्र्याक खोलिएपछि आम्दानीको आशा बोकेका कुमालाखाडीवासीको भने मुग्लानसँगको साइनो छुटेन । पैसा कमाउन भारत नै जानुपर्छ पुरानो चलनले निरन्तरता पाइरह्यो । बस्तीमा स्वदेशमै बसेर आम्दानी हुन्छ भनेर सम्झाउने व्यक्ति थिएन ।
“कालापहाड नगएर कहाँ जाने जहान परिवार पाल्न पराइदेशमा पसिना बगाउनुपर्ने बाध्यता थियो”, स्थानीयवासी धर्मराज कार्कीले भने, “तलतिर कर्णाली नदी, सिलेटको छाना परम्परागत शैलीमा निर्माण भएका घरले सुन्दरबस्ती पराइदेश जाने पुरुषको लर्कोले गाउँ नै सुनसान देखिन्थ्यो, गाउँमा कोही दुःखी बिरामी पर्दा महिला नै हुन्थे ।”
पछिल्लो समय जाक्सी कुमालखाडाको गाउँले पहिचान बदलेको छ । पराइदेश जान छोडेर पुरुष गाउँकै तरकारीबारीमा भेटिन्छन् । आम्दानीको स्रोत गाउँकै तरकारी छ । तरकारीबाटै तराईमा जग्गा जमीन जोड्ने योजनामा छन् कुमालखाडावासी ।
पुरुषविहीन हुँदा सुनसान बस्तीमा अहिले मानिस आवतजावतले रमझम बेग्लै छ । नूनखुर्सानीको साहारामा छाक टार्ने गरेका कुमालखाडीवासी तरकारी उत्पादन गरेर आम्दानी गर्न थालेका छन् । त्यहाँ विदेशिनेको सङ्ख्यामा कमी आएको छ । घरमै बसेर महिनामा रु २० हजारदेखि रु ३० हजारको आम्दानी गर्ने गरेको उनीहरुले बताए । कुमालखाडावासीको तरकारी सुर्खेतसम्म निर्यात हुने गरेको छ ।
कृषकले बारीमा काउली, बन्दागोपी, गाँजर, मुला, गोलभेडा उत्पादन गर्दै आएका छन् । एउटै सिजनबाट एउटै गरा तरकारीबाट आफूले रु १२ हजार आम्दानी गरेको स्थानीयवासी शान्ति सिजापतिले बताए ।
तरकारीको नमूना गाउँ
तरकारी खेती उत्पादन गर्दै आइरहेका कुमालाखाडा नमूना गाउँ बनाइने भएको छ । आठबिस नगरपालिका र युरोपियन युनियन, डिसिए नेपालको आर्थिक सहयोगमा सोसेको सहजीकरणमा गाउँलाई तरकारीको नमूना गाउँ बनाउन लागिएको हो । नमूना गाउँ बनाउन युरोपियन युनियन र डिसिए नेपालले झण्डै रु नौ लाखको लगानी गरिसकेको छ ।
नमूना गाउँ बनाउनका लागि कृषकले गोठेमल सुधार, घरआँगन सरसफाइ, फोहर पाल्ने खाल्डो, जुठ्याल्नु बनाउनुपर्ने छ । व्यवसायिक तरकारी खेती, मूल्य शृङ्खलाअनुसार गोलभेडा, काउली, आलु, बदामलगायत छ वटा नगदेबालीलाई अगाडि बढाइने सामाजिक सेवा केन्द्रका उप कार्यकारी निर्देशक वसन्त श्रेष्ठले बताए । कृषकले लगाएको तरकारी खेतीमा समस्या नआउहोस भन्नेको लागि सहयोगी संस्था सोसेकले दुई कृषि प्राविधिक कर्मचारी समेत खटाएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: