इस्लामाबाद । पाकिस्तानमा सार्वजनिक रुपमा भेला हुन र सभा समारोहहरु गर्न नपाइने भएको छ । पाकिस्तानको सरकारले यस्ता कार्यमा आइतबारदेखि नै प्रतिबन्ध लगाएको छ ।
पाकिस्तानमा पनि पछिल्लो समयमा कोभिड १९ का संक्रमितहरु बढ्दो रुपमा रहेको देखिएको छ । जसका कारण यसको सम्भावित तेस्रो वेभबाट बच्नका लागि यो प्रतिबन्ध लगाइएको यहाँको सरकारले जनाएको छ ।
पाकिस्तानमा कोभिड १९ को संक्रमण नियन्त्रणका क्षेत्रमा कार्यरत यहाँको सरकारको संयन्त्र नेसनल कमाण्ड एण्ड अपरेसन सेन्टरले आइतबार विज्ञप्ति प्रकाशन गरेर यस विषयमा जानकारी गराएको थियो ।
उक्त सेन्टरले पाकिस्तानमा राजनीतिक सभा सम्मेलनहरुका साथै सांस्कृतिक र खेलकूदका लागि गरिने जमघटहरुमा पनि कडा रुपमा प्रतिबन्ध लगाइएको जनाएको छ । यो प्रतिबन्धको अवज्ञा गर्नेहरुलाई कडा कारबाही गरिने पनि सो सेन्टरले प्रकाशन गरेको विज्ञिप्तमा जानकारी गराएको छ । यो प्रतिबन्ध देशव्यापी रुपमा लगाइएको जनाइएको छ ।
यो नयाँ निर्देशनपछि यहाँका प्रान्तीय सरकारहरुले पनि यसको पालना गर्नुपर्ने भएको छ । सरकारले धार्मिक र सांस्कृतिक जस्तो विवाह आदिका कार्यहरुमा पनि जमघट हुन नपाइने जनाएको छ । यस्तो प्रतिबन्ध घरबाहिर सार्वजनिक रुपमा मात्र नभएर घरभित्रै पनि ठूलो संख्यामा मानिसहरु जम्मा हुन नपाइने जनाइएको छ ।
देशमा कोभिडका संक्रमितहरु बढ्दै गएकोले सबै नागरिक सजग हुनुपर्ने भन्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि आइतबार सबै देशबासीहरुलाई राष्ट्रिय टेलिभिजनमार्फत् अपिल गरेको थिए । उनले देशमा कोरोना भाइरसको तेस्रो वेभको प्रकोप बढ्दै गएकोले यसबाट बच्न सबै नागरिकले सरकारले लागू गरेका नियमहरुको पालना गर्न पनि आग्रह गरेका थिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: