गण्डकी । उमेरले ९१ वर्ष पुगे पनि कास्कीको मादी गाउँपालिका–९ छाप मैदानकी द्रौपदी जमरकट्टेलका जीवनमा कहिल्यै खुशी आएन । चिसो–तातो मिलाएर छोराछोरी, बुहारी तथा नातिनातिनालगायत आफन्तले खाना खुवाउने तथा स्याहारसुसार गर्नुपर्ने अवस्थामा बेसहारा जमरकट्टेलले यतिखेर दर्दनाक जीवन बिताउँदै आएको छिन् ।
पाँच छोरी र एक छोराकी अभिभावक जमरकट्टेल विगत सात वर्षयता श्वासप्रश्वासलगायतका समस्याले ग्रसित भए पनि उपचार नपाउँदा कष्टकर जीवन बिताउन बाध्य छिन् । चैत महिनाको दोस्रो साता मादी–९ गोर्जेमा पर्खालको सहायतामा झुत्रो गुन्द्री बिछ्याएर गुन्द्री नै ओढेको अवस्थामा भेटेकी जमरकट्टेलले वर्षौँदेखि कष्कटर जीवन बिताउँदै आएको स्थानीयवासीले बताए ।
स्थानीयवासीका अनुसार वर्षौँ पहिले श्रीमान्ले कान्छी लिएर गाउँ छाडेपछि द्रौपदीका दुःखका दिन शुरु भएका हुन् । श्रीमान् अहिले कान्छी श्रीमतीका साथ कास्की जिल्लाको रुपा गाउँपालिका–७ हंसपुरमा बस्छन् । पाँचवटी छोरी विवाह भएर आ–आप्mनै घर लागिसकेका छन् भने घरमा भएका छोरा नसा र हाडसम्बन्धी रोगबाट ग्रसित छन् । आफू पनि अशक्त र बुढ्यौलीले छोएर आर्थिक विपन्नताका कारण उपचार गर्न नपाएको उनका छोरा नरनाथ जमरकट्टेलले बताए ।
बुबाले आफूहरु सानै छँदा कान्छी आमा लिएर हिँडेको बताउँदै उनले छ छोराछोरीको पालनपोषणका लागि आमाले विगतमा निकै सङ्घर्ष गरेको अनुभव सुनाए । दिदीबहिनी विवाह भई गइसकेको र आफू शारीरिकरूपमा अशक्त भएका कारण चाहेर पनि आमाको उपचार गर्न नसकेको उनले रासससँग दखेसो गरे ।
“पोखराको फिस्टेल अस्पतालमा उपचार गर्न त लगियो, उपचार गर्दा पेटसम्बन्धी समस्या देखियो”, उनले भने, “चिकित्सकले पुनः परीक्षणका लागि बोलाए पनि पैसा नहुँदा अस्पताल लैजान सकिएन, सात वर्षयता नजिकको स्वास्थ्यचौकीबाट ग्यास्ट्रिक र दमको औषधि ल्याएर निरन्तर खुवाउने गरेका छौँ ।”
त्यसै बेलादेखि आमाको बोलीसमेत नआउने गरेको र हातको इशाराले बोलाउने गरेको बताउँदै उनले पैसा भएमा अस्पताल लगेर राम्रोसँग उपचार गर्ने इच्छा रहेको बताए । ‘दिनभरि चौरमा बस्नुहुन्छ’, साँझ परेपछि घरको कोठामा ल्याउने गरेको द्रौपदीको सेवामा लागेकी बुहारी सम्झना जमरकट्टेलले बताईन । उनले भनीन्, “कोठामा बसिरहँदा दमको रोगले बढी च्याप्ने हुँदा दिनमा बाहिर घाममा राखेर आफ्नोतर्फबाट सक्दो सेवा गर्दै आएका छौँ । दुई छोरीका अभिभावक उनीहरुको हिमालय मावि नजिकै रहेको जस्ताले छाएको सानो घरसहित साढे दुई रोपनी जग्गा छ ।
सोही स्थानमा सञ्चालित हिमालय मावि गोर्जे र वडा नं ९ को नवनिर्मित भवनको अनुगमनमा पुगेका जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले सरकारले ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरे पनि दूरदराजका ज्येष्ठ नागरिकले उक्त सेवा लिन नसकेको बताए ।
“ज्येष्ठ नागरिक द्रौपदी प्रतिनिधि पात्र मात्र हुनुहुन्छ, यस्ता धेरै ज्येष्ठ नागरिक सरकारी उपचारको पहुँचमा अझै पनि पुग्नसकेका छैनन्”, उनले भने, “यस्ता अभिभावकको उपचारमा सबै क्षेत्रको साथ र सहयोगको आवश्यक पर्दछ ।”
उनले द्रौपदीका छोरा नरनाथलाई आमाको उपचारका लागि पोखरास्थित गण्डकी अस्पताल ल्याउन सुझाव दिँदै समस्या परेमा आफेनो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । पोखराबाट लेखनाथ हुँदै कालिका, सौर्य, भगवतीटार, घुम्ले हुँदै लगभग चार घण्टाको अवधिमा पुग्न सकिने सो स्थानसम्म पुग्नका लागि कच्ची मोटरबाटो निर्माण गरिएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: