Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

शीतलनिवासको कार्यक्रममा देखिनै छाडे उपराष्ट्रपति र सभामुख

सोमबारको सपथ ग्रहण कार्यक्रम । जहाँ उपराष्ट्रपति र सभामुख छैनन् ।
खबरडबली संवाददाता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरी आजै नयाँ नियुक्ति गरेकी छन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा गण्डकीका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिलाकुमारी पन्तलाई पदमुक्त गरी नेपालको संविधानको धारा १६७ बमोजिम सीताकुमारी पौडेल, चितवन र सुदूरपश्चिममा गङ्गाप्रसाद यादव, सप्तरीलाई नियुक्त गरेकी हुन् । 

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए । तर उक्त कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ र सभामुख अग्‍निप्रसाद सापकोटा अनुपस्थित थिए ।

पासाङ र सापकोटा किन कार्यक्रममा अनुपस्थित भए भन्‍ने आम चासो छ । त्यसो त पासाङ र सापकोटा सपथ ग्रहण कार्यक्रममा पहिलो पटक भने उपस्थित नभएका होइनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटनको सिफारिस गरेदेखि पासाङ र सापकोटा कार्यक्रममा उपस्थित हुन छाडेका हुन् । प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद्‌को बैठकदेखि सभामुख सापकोटा जान छाडेका छन् भने उपराष्ट्रपति पासाङ पनि सोही अवधिदेखि शीतलनिवासका कार्यक्रममा त्यति देखिदैनन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा पदाधिकारीका लागि आज मतदान हुने

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि आज (शुक्रबार) मतदान हुने भएको छ ।  निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेबाट मतदान गर्ने...

प्रविधि र अनुसन्धान जोड्दै अदुवा बेसार खेती सुधार्ने पहल

सल्यान । किसानको आयआर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि नार्क अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले देशव्यापी रूपमा ...

एक महिनामा दुई हजार फरार व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गएको एक महिनामै देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरू पक्राउ परेसँगै ८०७ व...

पत्रकार विनोद ढकाल साइबर क्राइम मुद्दामा पक्राउ

काठमाडौं । पत्रकार विनोद ढकाललाई प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो ।  उनले ...

पुल नबन्दा वर्षायाममा त्रिवेणीसँग सडक सम्पर्क टुट्छ, स्थानीयलाई सास्ती

बुढीगङ्गा खोलामा चार वर्षदेखि अलपत्र पक्की पुल, नयाँ ठेक्काको तयारी

विश्वकपकै बीच किन निलम्बित भयो एन्फा ? अब नेपाली फुटबलको भविष्य के ?

फिफाको निलम्बनसँगै राष्ट्रिय टोली, क्लब र खेलाडी सबै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिर, आर्थिक अनुदान पनि रोकियो

सरकारी आश्वासनपछि खुले चिया उद्योग, भारत निकासी अझै अन्योलमा

१० दिन उद्योग बन्द हुँदा किसानको करिब १० करोड रुपैयाँ बराबरको हरियो चियापत्तीमा क्षति

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम ऐतिहासिक महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित...

पतञ्जलि जग्गा प्रकरण : माधव नेपाल क्याबिनेटका मन्त्री अदालतमा तानिए

काठमाडौं । पतञ्जलि योगपीठको जग्गा हदबन्दी छुटसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद...

शनिबारसम्म तराईमा तातो हावाको सम्भावना

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तराई भूभागमा शनिबारसम्म तातो लहरको सम्भावना रहेको बताएको छ । महाशाखाले ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending