Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

राष्ट्रियसभा निर्बाचनका लागी थापा र देवकोटाको उम्मेदवारी दर्ता

खबरडबली संवाददाता

हेटौंडा । वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा बादल र स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाको उम्मदेवारी परेको छ ।

वाग्मती प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा बादल र देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् ।

बादलको प्रस्तावमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेका छन् ।

देवकोटाको प्रस्तावकमा नेकपा माओवादी केन्द्र वाग्मती प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र समर्थक नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक राधा घले रहेकी छन् ।

स्वतन्त्र उम्मेदवार देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधव नोपल समूहको समर्थन रहेको छ ।

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले पनि उम्म्दवारी दिएका छन् ।

राष्ट्रिय सभाको लागि हुन लागेको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता तोकिएको छ । उम्मेदवारी दर्ताको समय विहान १० बजेदेखि ४ बजेसम्म निर्धारण गरिएको छ ।

२०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट नेता रामबहादुर थापा ‘बादल’ यो क्षेत्रबाट निर्वाचित भएका थिए । पछि नेकपा एमालेमा प्रवेश गरेका थापाको सांसद पद गुमेकाले आगामी जेठ ६ गते उपनिर्वाचन हुन लागेको हो ।

राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका लागि निर्वाचन आयोगले वाग्मती प्रदेशको राजधानी हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

राष्ट्रियसभा सदस्य पदमा जेठ ६ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।

यस्तो छ निर्वाचन कार्यतालिका

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल टेलिकमका डाटाबाट टिकटक चलाउन सकिने

काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक (TikTok) माथि लगाएको प्रतिबन्ध हटाएसँगै नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको सार्वजनिक सूचनाको आधारम...

ग्लोबल आइएमई बैंकमा खाता खोल्दा ५ वटा फाइदा एकसाथ

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधाहरु सहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ । यो...

नेपाल र अष्ट्रेलियाबीच साझेदारी सम्मेलन आयोजना हुँदै

काठमाडौं । नवप्रवर्तन मार्फत दिगो विकासलाई अगाडि बढाउन ज्ञान, विचार र उत्कृष्ट अभ्यासहरू साझा गर्न नेपाल र अष्ट्रेलियाका विज्ञहरू,सरोकारवालाहरुको साथ ...

जनतामा जाने माओवादीको निर्णय, स्थायी र केन्द्रीय कमिटी बैठक बोलाइयो

काठमाडौं ।  नेकपा माओवादी केन्द्रको ४ दिनदेखि जारी पदाधिकारी बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले स्थाय...

संसदमा प्रधानमन्त्री प्रचण्डको दमदार सम्बोधन : विश्वासको मत सङ्ख्याको पहल होइन, प्रतिवाद र प्रतिरोधको पहल हो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा खेलवाड नगर्न आग्रह गरेका छन् ।समावेशीतालाई खारेज गर्ने...

नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन कुनै रूचि थिएन, छैन : प्रधानमन्त्री

काठमाडौं। असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन आफूलाई कुनै रूचि नभएको प्रष्ट पार्नुभएको छ ।   प...

देशैभरका ८ शहरहरुमा ‘ग्राण्ड एजुकेशन कन्क्लेभ’ आयोजना गर्दै राइटपाथ

काठमाडाैं । राइटपाथ करियर काउन्सिलिङले यहि आउदाे वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म देशका प्रमुख सहरहरूमा 'ग्राण्ड एजुकेशन कन्क्लेभ' आयाेजना गर्ने...

महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

काठमाडौं । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको...

सुचना प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो यस्तो अफर

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी वैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ...

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy