कैलाली । सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा धनगढी ३ कैलालीका ६२ वर्षीय महिला, दोधारा चाँदनी ७ कञ्चनपुरका ३३ वर्षीय पुरुष, धनगढी ३ कैलाली ८७ वर्षीय महिला, धनगढी १० का ३७ वर्षीय पुरुष, धनगढी १८ का ४२ वर्षीय पुरुष र बर्दगोरिया ४ कैलालीका ५२ वर्षीय पुरुष रहेका छन् ।
प्रतिकृया लेख्नुहोस्: