Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

निरकुंश ओली प्रवृति अझै पराजित भईनसकेको बाबुरामको निष्कर्ष

खबरडबली संवाददाता

काठमाडौं। जनता समाजवादी पार्टी नेपाल (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले निरंकुश ओलीप्रवृत्ति परास्त भइनसकेको बताएका छन्। सोमबार बेलुका ट्वीट गर्दै उनले संसदले ओली सरकारलाई विधिवत् बिदाइ गरेको धारणा राखेका छन्। लोकतान्त्रिक मूल्य मान्यता कायम गर्ने हो भने राष्ट्रपतिले तुरून्त धारा७६(२)अनुरूप नयाँ सरकार गठन गर्ने आह्वान गर्नुपर्ने दाबी गरेका छन्। विश्‍वासको मतका लागि ओलीले राखेको प्रस्तावउपर प्रतिधिनिसभाको सोमबारको बैठकमा भएको मतदानमा उनी विश्‍वास प्राप्त गर्न असफल भएसँगै उनले यस्तो दाबी गरेका हुन्।

‘अन्तत:संसदले ओली सरकारलाई विधिवत् विदाइ गरेको छ।तर केही समयदेखि हुर्केको निरंकुश ओलीप्रवृत्ति परास्त भैसकेको छैन।’, भट्टराईले ट्वीटमा लेखेका छन्, ‘देशमा बचेखुचेको लोकतान्त्रिक मूल्यमान्यता कायम गर्ने हो भने राष्ट्रपतिले तुरून्त धारा ७६(२)अनुरूप २ वा २ भन्दा बढी दलको नयाँ सरकार गठन गर्ने आह्वान गरून्। दलहरूले स्वीकारून्।’

सोमबारको मतदानमा जनता समाजवादी पार्टीका सांसदहरु दुई खेमामा विभाजित भएका थिए। जसपाका अध्यक्ष उपेन्द्र यादव समुहका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले पेस गरेको विश्वासको मतको विपक्षमा मतदान गरे भने अर्का अध्यक्ष महन्थ ठाकुर समूहका सांसदहरु तटस्थ बसेका छन्।

उनले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि आफ्नो कुरा सुनेको तर कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्रीले कुरा पनि सुनेको र कार्यान्वयन पनि गरेको भन्दै आभारी प्रकट गरे। प्रधानमन्त्री ओलीले आफ्ना कुरा सुनेर माग पूरा गर्न अग्रसरता लिएकोमा धन्यवाद दिँदै उनले राजनीतिक आन्दोलनका दौरान मुद्दा चलाइएका केहीको मुद्दा फिर्ता भएपनि सबैको मुद्दा फिर्ता हुनुपर्ने माग गरे। सबै मुद्धा फिर्ता नभएर साथीहरू जेलमा भएकाले अहिले सरकारलाई विश्वास दिन सक्ने र अविश्वास गर्ने ठाउँमा पनि नरहेको ठाकुरको भनाइ थियो।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जसपाका सांसदहरुले विश्वासको मत प्रस्तावको विपक्षमा मत जाहेर गर्ने बताए। नागरिकता विधेयक, मधेस आन्दोलनको क्रममा मधेसी नेताहरुमाथि झुटा मुद्दा र सरकारबाट दमन जस्ता विभिन्न मुद्दाका कारण प्रधानमन्त्रीको भूमिका र गतिविधिप्रति आफूहरुलाई विश्वास नरहेको उनको भनाइ थियो। जसपाका १५ सांसदले ओलीको विपक्षमा मत दिए भने १५ जना तटस्थ बसे।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies