काठमाडौँ । नेपाल सरकारका पूर्व सहसचिव भरतराज सुवेदीको कोभिड–१९ संक्रमणबाट निधन भएको छ । निजामति सेवाबाट सेवा निवृत्त भएपछि अष्ट्रेलियाको सिड्नीमा बसोबास गरिरहेका उनी गत महिना मात्रै आमासँग भेटघाट गर्न काठमाडौँ आएका थिए ।
राजस्व प्रशासनमा सुवेदीका काम सधैं चर्चा र विवादमा परिरहन्थे । सेवा निवृत्त हुने समयमा उनी वैदेशिक रोजगार विभागका महानिर्देशक थिए । सुवेदीको केही वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । सुवेदी निकटस्थहरूका अनुसार उनको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
प्रतिकृया लेख्नुहोस्: