Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

‘ताउ–ते’ कमजोर बन्दै : नेपालमा कम असर

खबरडबली संवाददाता

काठमाडौँ । केही दिनअघि पूर्वमध्ये अरब सागरबाट विकसित शक्तिशाली समुद्री आँधी ‘ताउ–ते’ को प्रभाव विस्तारै कमजोर हुँदै गए पनि नेपाललगायत विभिन्न मुलुकमा यसको असर कायमै छ ।

‘ताउ–ते’को प्रभावले आज पनि ठाउँठाउँमा वर्षा भइसकेको छ । करिब–करिब मुलुकभरको मौसममा बदली आएको छ । जल तथा मौसम विज्ञान विभाग हावापानी केन्द्रका मौसमविद् समिर श्रेष्ठले पछिल्लो एक घण्टादेखि मुलुकका अधिकांश भागमा पानी परिरहे पनि भारी वर्षा भने नरहेको जानकारी दिनुभयो । यद्यपि गए राति र बिहान भने नेपालको पश्चिमी क्षेत्रका केही भागमा भारी वर्षा भएको उहाँले बताउनुभयो । सबैभन्दा बढी लुम्बिनीमा ७८ मिलीमिटर पानी परेको छ । त्यसपछि डडेलधुरामा ७१, कञ्चनपुरको शान्तिपुरमा ५५, बैतडीमा ५१ मिलीमिटर पानी परेको छ ।

“अहिले भारी वर्षा त छैन तर बदली कायमै रहेकाले सामान्य वर्षा जारी नै छ, साँझ केही ठाउँमा भारी वर्षाको सम्भावना पनि छ, भोलि (शुक्रबार) बाट केही खुल्दै जानसक्छ, साँझ हामी अपडेट गर्ने नै छौँ”, श्रेष्ठले रासससँग भन्नुभयो । उहाँका अनुसार ताउतेको प्रभाव पनि कमजोर बन्दै गएको र नेपालमा त्यसको असर पनि कम परेको जानकारी दिनुभयो ।

ताउ–ते आज भारतको राजस्थान आसपासमा रहेको छ । त्यसको प्रभाव बुधबारभन्दा थप कमजोर छ र अहिले उत्तर पूर्वतिर अगाडि बढ्दै छ । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावसमेत रहेकाले मौसममा बदलाब आइरहेको हो ।

विभागका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली छ । काठमाडौँ उपत्यकामा पनि बुधबार साँझदेखि नै सिमसिम पानी परेको थियो । यो क्रम आज बिहानसम्म कायम रहेको तर अहिले केही खुले पनि पानी रोकिएको छैन । आज प्रदेश नं १, गण्डकी प्रदेश र वाग्मती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा उच्च हिमाली भू–भागका केही स्थानमा भारी हिमपात÷वर्षा हुने अनुमान छ । 

विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ । उच्च हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात÷वर्षाको सम्भावना छ ।

शुक्रबार दिउँसो देशका धेरैजसो भू–भागमा आंशिकदेखि सामान्य बदली हुने र थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको र राति प्रदेश नं १ लगायत देशका बाँकी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा सामान्यतः सफा रहने विभागले जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले अहिलेसम्म ताउतेबाट ठूलो क्षतिका घटना भने जानकारीमा नआएको बताउनुभयो । उहाँले मौसममा बदली कायमै रहेकाले सावधानी अपनाउनुपर्नेमा जोड दिनुभयो ।

ताउतेले नेपालको हिमाली क्षेत्रलाई समेत प्रभावित बनाएको छ । गएको साता हिमाल आरोहणमा निस्किएका आरोही रोकिएका छन् । उनीहरु मौसम खुल्ने प्रतिक्षामा रहेका जनाइएको छ । सगरमाथा आरोपहीसमेत अनुकूल मौसमको प्रतिक्षामा रहेको जनाइएको छ । ताउतेले सबैभन्दा बढी असर भारतमा गरेको थियो । प्राप्त विवरणअनुसार यसले मध्य र पूर्वी भारत, बङ्गलादेशको उत्तरी भूभाग, नेपाल तथा भुटानमा समेत प्रभाव पारेको छ । 

शुरुमा अरब सागरबाट आएको उक्त चक्रबातले भारतको पश्चिम तटीय क्षेत्र महाराष्ट्र र गुजरातमा प्रभाव पारेको थियो । बुधबार विस्तारै उत्तर सर्ने क्रममा दिल्ली, उत्तरप्रदेश, विहार झारखण्ड पश्चिम बङ्गालमा बदली गरेको थियो । अहिले यो भारतको राजस्थानबाट उत्तरपूर्वतिर गइरहेको छ ।

प्राधिकरणका अनुसार पछिल्लो गत वैशाख १ देखि यही जेठ ५ गतेसम्म मुलुकका विभिन्न क्षेत्रमा ४७४ विपद्जन्य घटना भएका छन् । उक्त घटनामा परी ३३ जनाले ज्यान गुमाएका छन् भने १४२ जना घाइते भएका छन् । सबैभन्दा बढी चट्याङले २१ र आगलागीबाट सात जनाको मृत्यु भएको छ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजीको जोश चुनावी मैदानमा, तर राजनीति अझै पुरुषप्रधान !

निर्वाचनमा जेनजीको उपस्थिति नेपाली राजनीतिका लागि आशा

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै गएकोप्रति आपत्ति

 काठमाडाैं । संविधानविद् तथा राजनीतिक विश्लेषक भीमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पछिल्लो सम...

सत्ता, हार र पुनरागमन: चुनावी मैदान नछाड्ने पाँच सदाबहार अनुहार

अनुभवको दाबी, सत्ता मोहको आरोप: किन दोहोरिन्छ उही अनुहार ?

महेश बस्नेतविरुद्ध रास्वपाद्वारा धनुषामा प्रदर्शन

जनकपुर । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध धनुषामा प्रदर्शन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, धनुषा एवम् मधेश प्रदेश र्याट विभागका सदस्यहरुले ...

काठमाडौं–५ मा पुस्तान्तरणको चुनाव: हेभिवेट नेतामाथि नयाँ पुस्ताको चुनौती

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं–५ मा चुनावी माहोल तातेको छ। एकातिर कांग्रेस–एमालेका अनुभवी ‘हेभिवेट’ नेता छन् भने अर्कोतिर नय...

जनयुद्धमा आमाबुवा गुमाएका सन्दीप प्रचण्डसँग चुनावी मैदानमा

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रूकुम पूर्वमा राजनीतिक सरगर्मी बढ्दै गएको छ। यस निर्वाचन क्षेत्रमा हालसम्म ...

रेशम चौधरीको उम्मेदवारी रद्द, अन्य उम्मेदवारविरुद्धको उजुरीमा आयोगले के गर्यो निर्णय ?

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्...

एसबीआई बैंक लुटपाट प्रकरण: कीर्तिपुरबाट थप एक जना पक्राउ

काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखा कार्यालयमा भएको नगद लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ए...

कांग्रेसको टिकटमा व्यापक फेरबदल: ६६ प्रतिशत नयाँ अनुहार प्रतिनिधिसभा चुनावमा

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...

लिङदेनलाई प्रधानमन्त्रीको दाबेदार बनाउँदै राप्रपा १६५ क्षेत्रमा चुनावी मैदानमा

संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending