काठमाडौँ । स्पेन सरकारले कोभिड–१९ विरुद्धको लडाइँमा सघाउन नेपाल सरकारलाई विभिन्न स्वास्थ्य सामग्री र उपकरण हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपराह्न स्पेनको अन्तर्राष्ट्रिय विकास सहायता निकायका निर्देशक म्यागडी मटिनेज सोलिमनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई ती सामग्री हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यस अवसरमा मन्त्री त्रिपाठीले जीवनरक्षा सामग्री प्रदान गरेकामा स्पेन सरकाप्रति आभार प्रकट गरे । स्पेनद्वारा आज हस्तान्तरण गरिएका सामग्रीमा १५ थान भेन्टिलेटर, १० थान अक्सिजन कन्सन्ट्रेटर, एक लाख ४४ हजार एन्टिजेन टेस्क किट, एक लाख ४४ हजार एफ एफ पी टू मास्क र ६० थान सिलिण्डर छन् ।
आजै परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल र निर्देशक सोलिमनबीच उक्त मन्त्रालयमा भेटवार्ता भयो । त्यसक्रममा उनीहरूबीच नेपाल–स्पेन सम्बन्ध, अन्तर्राष्ट्रिय सहायता, महामारीपछिको आर्थिक पुनरुत्थानबारे विचार आदानप्रदान भएको थियो । कोरोना महामारीविरुद्धको नेपालको लडाँइमा स्पेनको ऐक्यबद्धता प्रकट गर्दै निर्देशक सोलिमनले महामारीबाट प्रभावित भएकाहरूको उपचारमा प्राप्त सहयोग उपयोगी हुने विश्वास व्यक्त गरेको उक्त मन्त्रालयले जनाएको छ ।
यसैबीच, परराष्ट्र मन्त्रालयले क्यानाडा सरकारलाई एस्ट्राजेनका खोप उपलब्ध गराउन आग्रह गर्दै पत्राचार गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना क्यानाडेली समकक्षीलाई पत्राचार गर्दै खोपका निम्ति अनुरोध गरेको मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ९ गते, २०८२ - २०:०९
निर्वाचनमा जेनजीको उपस्थिति नेपाली राजनीतिका लागि आशा
माघ ९ गते, २०८२ - १९:५८
काठमाडाैं । संविधानविद् तथा राजनीतिक विश्लेषक भीमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पछिल्लो सम...
माघ ९ गते, २०८२ - १९:४३
अनुभवको दाबी, सत्ता मोहको आरोप: किन दोहोरिन्छ उही अनुहार ?
माघ ९ गते, २०८२ - १९:११
जनकपुर । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध धनुषामा प्रदर्शन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, धनुषा एवम् मधेश प्रदेश र्याट विभागका सदस्यहरुले ...
माघ ९ गते, २०८२ - १९:०७
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं–५ मा चुनावी माहोल तातेको छ। एकातिर कांग्रेस–एमालेका अनुभवी ‘हेभिवेट’ नेता छन् भने अर्कोतिर नय...
माघ ९ गते, २०८२ - १८:५०
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रूकुम पूर्वमा राजनीतिक सरगर्मी बढ्दै गएको छ। यस निर्वाचन क्षेत्रमा हालसम्म ...
माघ ९ गते, २०८२ - १८:३५
काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्...
माघ ९ गते, २०८२ - १८:३१
काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखा कार्यालयमा भएको नगद लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ए...
माघ ८ गते, २०८२ - २०:२४
काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...
माघ ८ गते, २०८२ - २०:२०
संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी




प्रतिकृया लेख्नुहोस्: