काठमाडौं । विपक्षी गठबन्धनको सिहंदरबार बसेको लगत्तै शिर्ष नेताहरु शितलनिवास हिडेका छन् ।
काग्रेस सभापति शेर बहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव यादव र माधव कुमार नेपाल शितलनिवास गएका हुन् । संविधानको धारा ७६(५) अनुसार सरकार गठन गर्ने प्रयोजनका लागि बहुमत सांसदको हस्ताक्षर जुटेसँगै विपक्षी गठबन्धनका नेताहरु शीतल निवास लागेका छन् ।
स्रोतका अनुसार नेताहरु यसअघि सिहंदरवारमा जुटाइएको १४९ सांसदहरुको हस्ताक्षर लिएर शितलनिवास हिडेका हुन् । हस्ताक्षर गर्ने सांसदहरुमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ -एक स्वतन्त्रसहित), माधव नेपाल समूहका २७ र जसपाका १२ सांसदले हस्ताक्षर गरेका छन् ।
प्रतिकृया लेख्नुहोस्: