Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

क्षणभरमै ध्वस्त भयो बन्हुको सपना

खबरडबली संवाददाता

सप्तरी । मध्याह्नको समय कोही खाना खाएर आराम गरिरहेका थिए त कोही घरमा खाना खाइरहेका थिए । डाक्नेश्वरी नगरपालिका–१० रञ्जितपुर टोलमा आइतबार अचानक आगोलागी भयो । 

स्थानीयबासी भरत चौधरीको परालको टालबाट सल्केको आगोले गाउँको पाँचवटा घर जल्यो । क्षणभरमै भरतसहित बन्हु चौधरी, शोभाकान्त चौधरी, उमाकान्त चौधरी र लक्ष्मीकान्त चौधरीका घर ध्वस्त भयो । 

गाउँलेहरूले न आराम गर्न पाए, नत आगो निभाउन सके । डाक्नेश्वरी नगरपालिकामा बारुणयन्त्र नहुँदा घरहरु खरानी भएको टुलुटुलु हेर्नुपरेको उमाकान्तले बताए । नजिकै रहेको शम्भुनाथ र राजविराज नगरपालिकाको बारुणयन्त्र समेत बिग्रिएर मर्मतमा पठाइएकोले ३० किलोमिटर दूरीमा रहेको हनुमाननगर कंकालिनी नगरपालिकाबाट बारुणयन्त्र आउँदा ढिलो भएको उमेश साहले बताए । 

दुई घण्टामा बारुणयन्त्र आई पुग्दा आगलागीबाट घरसहित घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भाँडाबर्तन, नगद, जस्तापाता, काठ र फर्निचर जलेर खरानी भइसकेको थियो । 

परालको टालबाट नजिकै राखिएको दाउरा र गुइठामा सल्किएर ह्वारह्वारी बलेको आगो नियन्त्रण गर्न नसकिएको गाउँलेहरुको भनाइ छ । स्थानीयबासी रामु चौधरीका अनुसार नजिकै पानीको स्रोत पनि थिएन् । नजिकै रहेका पाँच घर आगोले डढेर खरानी भयो । छाक टार्न घरमा राखिएको अनाज र लुगाफाटासँगै नगद रुपैयाँ पनि जलेर खरानी भए ।

आगलागीमा परेर बन्हु चौधरीको घर मात्र सल्केन नयाँ घर बनाउने योजना पनि सल्केर खरानी भयो । जस्तापाताको साटो नयाँ पक्की घर निर्माणका लागि उनले बैंकबाट ऋण लिएर घरमा करिब ६ लाख रुपैयाँ जोहो गरेर राखेका थिए । बन्दाबन्दीका बेला अरु काम गर्न निषेध गरिए पनि घर निर्माणको काममा रोकावट नभएकाले उनले यो बेला घर निर्माणको योजना बुनेका थिए । 

बन्हु भन्छन्–‘बस्दै आएको पुरानो घर सल्क्यो, जम्मा गरी राखेको नगद छ लाखमध्ये साढे पाँच लाख रकम समेत सल्किएर नयाँ घर बनाउने योजना पनि खरानी भयो ।’ आगोसँगै घर बनाउने उनको सपना पनि त्यही धुवाँसँगै उडेर गयो । ‘अब के गर्ने होला ? कहाँ बस्ने होला ?’ बन्हुले चिन्ता प्रकट गरे । जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार बन्हु परिवारको नगदसहित १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

शोभाकान्त चौधरीले मोटरसाइकल समेत निकाल्न पाएनन् । मोटरसाइकलसहित आफ्नो घरको सम्पूर्ण सामाग्री जलेर खरानी भएको शोभाकान्तले जनाउनुभयो । उमाकान्तले घरभित्र रहेको करिब तीन लाख रुपैयाँको सुनचाँदी जलेर नोक्सान भएको दुखेसो सुनाए ।

आगोले बन्हुको र उहाँका छोराहरुको समेत घर जलेकाले कहाँ ओत लाग्ने चिन्ता थपिएको छ । अहिले चौधरी परिवार विचल्लीमा परेका छन् । हनुमाननगरबाट आएको बारुणयन्त्रले आगोको राखलाई पूर्णरुपमा नियन्त्रणमा लियो तर बारुणयन्त्र आउनु अघि सबै सामान क्षणभरमा नै ध्वस्त भयो, केही बाँकी रहेन । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजीको जोश चुनावी मैदानमा, तर राजनीति अझै पुरुषप्रधान !

निर्वाचनमा जेनजीको उपस्थिति नेपाली राजनीतिका लागि आशा

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै गएकोप्रति आपत्ति

 काठमाडाैं । संविधानविद् तथा राजनीतिक विश्लेषक भीमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पछिल्लो सम...

सत्ता, हार र पुनरागमन: चुनावी मैदान नछाड्ने पाँच सदाबहार अनुहार

अनुभवको दाबी, सत्ता मोहको आरोप: किन दोहोरिन्छ उही अनुहार ?

महेश बस्नेतविरुद्ध रास्वपाद्वारा धनुषामा प्रदर्शन

जनकपुर । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध धनुषामा प्रदर्शन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, धनुषा एवम् मधेश प्रदेश र्याट विभागका सदस्यहरुले ...

काठमाडौं–५ मा पुस्तान्तरणको चुनाव: हेभिवेट नेतामाथि नयाँ पुस्ताको चुनौती

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं–५ मा चुनावी माहोल तातेको छ। एकातिर कांग्रेस–एमालेका अनुभवी ‘हेभिवेट’ नेता छन् भने अर्कोतिर नय...

जनयुद्धमा आमाबुवा गुमाएका सन्दीप प्रचण्डसँग चुनावी मैदानमा

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रूकुम पूर्वमा राजनीतिक सरगर्मी बढ्दै गएको छ। यस निर्वाचन क्षेत्रमा हालसम्म ...

रेशम चौधरीको उम्मेदवारी रद्द, अन्य उम्मेदवारविरुद्धको उजुरीमा आयोगले के गर्यो निर्णय ?

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्...

एसबीआई बैंक लुटपाट प्रकरण: कीर्तिपुरबाट थप एक जना पक्राउ

काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखा कार्यालयमा भएको नगद लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ए...

कांग्रेसको टिकटमा व्यापक फेरबदल: ६६ प्रतिशत नयाँ अनुहार प्रतिनिधिसभा चुनावमा

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...

लिङदेनलाई प्रधानमन्त्रीको दाबेदार बनाउँदै राप्रपा १६५ क्षेत्रमा चुनावी मैदानमा

संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending