काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सन् २०२१ को क्यारेबियन प्रिमियर लिग (सिपिएल) ट्रिन्बागो नाइट राइडर्सबाट खेल्ने भएका छन् । राइडर्सले उनलाई ड्राफ्टमार्फत टोलीमा समावेश गरेको हो ।
लामिछानेले लगातार चौथो पटक सिपिएल खेल्ने अवसर प्राप्त गरेका हुन् । सन् २०१८ मा उनी पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्समा पाँच हजार अमेरिकी डलरमा अनुबन्धित भएका थिए । लामिछानेलाई सन् २०१९ मा दोस्रो पटक बार्बाडोस ट्रिडेन्टसले ७० हजार डलरमा तथा सन् २०२० मा जमैका तल्लावाहजमा ९० हजार अमेरिकी डलरमा अनुबन्धित भएका थिए ।
यस पटक लामिछानेको अनुबन्धित रकम खुलाइएको छैन । लामिछाने सम्मिलित हुने नाइट राइडर्सका कप्तानमा केइरन पोलार्ड तथा अन्य खेलाडीमा सुनिल नराइन, दिनेश रामदिन, कोलिन मुरनो, ड्यारेन ब्राभो, लेन्ड सिमोन्स, सिकन्दर राजा, अखिल हुसेन, ख्यारी पिएरेलगायत रहेका छन् ।
गत वर्षको सिपिएलमा लामिछानेले जमैकाका लागि ११ खेलमा १२ विकेट लिएका थिए । हालसम्म खेलेको सिपिएलका तीन वटै संस्करणमा उनले ३३ विकेट लिइसकेका छन् । सन् २०२१ को सिपिएल आगामी अगष्ट २८ देखि सेप्टेम्बर १९ सम्म सञ्चालन हुने छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३ गते, २०८३ - २०:१०
काठमाडौं । स्वास्थ्य क्षेत्रमा सक्रिय १४ वटा संयुक्त पेसागत संगठनको दबाबपछि सरकारले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा साताको दुई दिन सार्वजनिक बिद...
बैशाख ३ गते, २०८३ - २०:०१
बाँके । समाजमा व्याप्त अन्याय, विकृति र भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएका सामाजिक अभियन्ता भूमबहादुर भण्डारीले पेट्रोलियम पदार्थ तथा दैनिक उ...
बैशाख ३ गते, २०८३ - १९:५३
काठमाडौं । ओखलढुंगाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद विश्वराज पोखरेलले खिजिदेम्बा विमानस्थल र मानेभञ्ज्याङ गाउँपालिकास्थित प्रादेशिक अस्पताल निर्माणल...
बैशाख ३ गते, २०८३ - १९:४२
काठमाडाैं । अमेरिकी पूर्वराष्ट्रपति डाेनाल्ट ट्रम्पले आइतबार आफ्नै सामाजिक सञ्जाल ट्रूथमामा पोस्ट गरेको एआई–निर्मित एक तस्वीरले तीव्र विवाद निम्त्याए...
बैशाख ३ गते, २०८३ - १९:२९
काठमाडौं । अब एक स्थानीय तहमा उत्पादन भएको वस्तु अर्को स्थानीय तहको भू–भाग हुँदै ढुवानी गर्दा कुनै पनि प्रकारको कर वा शुल्क लगाउन नपाइने स्पष्ट गरिएको...
बैशाख ३ गते, २०८३ - १९:२८
काठमाडाैं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विषयगत समितिमा रहने सदस्यको नामावली हेरफेर गरेका छन् । सभामुखले सङ्घीय संसद्को संयुक्त बैठक र सं...
बैशाख ३ गते, २०८३ - १९:१९
काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्कालाई रिहा गर्न आदेश दिएको छ। बिहीबार सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र...
बैशाख ३ गते, २०८३ - ०९:०९
बैतडी । पाटन नगरपालिका–६ मा रहेको सूर्नयागाड जलविद्युत् आयोजना दुई वर्षदेखि बन्द हुँदा आसपासका बस्ती अन्धकारमा बस्न बाध्य भएका छन्। नेपाल विद्युत् ...
बैशाख ३ गते, २०८३ - ०९:०१
काठमाडौं । २१ फागुनको चुनावी परिणामपछि नेपाली कम्युनिस्ट वृत्त फेरि चलायमान भएको छ। चुनावमा अपेक्षाभन्दा कमजोर प्रदर्शनपछि नेपाल कम्युनिस्ट पार्टी (एक...
बैशाख ३ गते, २०८३ - ०८:५७
काठमाडौं । बैंकमा पैसा छ, तर मालिक बेखबर। यस्तो “निद्रामा” परेका खाताको संख्या नेपालमा ३६ लाख नाघेको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्म...


प्रतिकृया लेख्नुहोस्: