काठमाडौँ । बाँकेको भेरी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको आक्रमणकारी कडा कारबाही गर्न विवेकशील साझा पार्टीले माग गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै आक्रमणकारीलाई राजनीतिक संरक्षण नभइ कडा कारबाही गर्न माग गरेको हो ।
'आक्रमणमा सत्तारूढ एमालेका प्रदेश तहका नेताको संलग्नता रहेको भनी खबरहरू सार्वजनिक भएका छन् । समाजमा परिचित गण्डालाई मन्त्री बनाएर पुरस्कृत गर्ने नेता भएको देशमा दलका नेताहरू पनि गुण्डागर्दीमा संलग्न हुनु अस्वाभाविक होइन' प्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ 'तर पनि आक्रमणकारीहरूलाई राजनीतिक संरक्षण नदिई कानुनी कारबाही गर्न तथा भेरी अस्पतालसहित देशभरका स्वास्थ्यकर्मीले निर्धक्क भई काम गर्ने वातावरण सुनिश्चित गर्न विवेकशील साझा पार्टी सरकारसँग जोडदार माग गर्दछ ।'
आफू स्वयं र परिवार कुनै पनि बेला सङ्क्रमित हुनसक्ने जोखिम बोकेर तथा कतिपय स्थानमा आफू सङ्क्रमित भइकन पनि सुरक्षा मापदण्ड अपनाइ अन्य सङ्क्रमितको उपचारमा सक्रिय स्वास्थ्यकर्मीहरूको उच्च सम्मान गर्नुपर्नेमा उल्टै साङ्घातिक आक्रमण हुनु अत्यन्त निन्दनीय भएको विज्ञप्तिमा उल्लेख छ ।
विवेकशीलले देशभरका स्वास्थ्य संस्थाहरूमा तोडफोड र स्वास्थ्यकर्मीहरूमाथिको आक्रमणलाई निरुत्साहित गर्न आक्रमणकारीहरू धरौटीमा नछुट्ने र कडा कानुनी दण्डको भागिदार हुनै पर्ने गरी कानुन संशोधन गर्नुपर्ने पक्षमा रहेको उल्लेख गरेको छ ।
प्रेस विज्ञप्ति
आक्रमणकारीलाई राजनीतिक संरक्षण हैन, कडा कारबाही गरियोस्।
बाँकेको भेरी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको आक्रमण तथा तोडफोडप्रति विवेकशील साझा पार्टी गम्भीर खेद प्रकट गर्दछ।
आक्रमणमा सत्तारूढ एमालेका प्रदेश तहका नेताको संलग्नता रहेको भनी खबरहरू सार्वजनिक भएका छन् । समाजमा परिचित गण्डालाई मन्त्री बनाएर पुरस्कृत गर्ने नेता भएको देशमा दलका नेताहरू पनि गुण्डागर्दीमा संलग्न हुनु अस्वाभाविक होइन।
तर पनि आक्रमणकारीहरूलाई राजनीतिक संरक्षण नदिई कानुनी कारबाही गर्न तथा भेरी अस्पतालसहित देशभरका स्वास्थ्यकर्मीले निर्धक्क भई काम गर्ने वातावरण सुनिश्चित गर्न विवेकशील साझा पार्टी सरकारसँग जोडदार माग गर्दछ।
राज्यको स्वास्थ्य प्रणाली फितलो रहँदा र सरकारको अकर्मण्यताले गर्दा मुलुकभर स्वास्थ्यकर्मीहरू यस्तो महामारीको समयमा अत्यन्त सीमित स्रोत, साधन र जनशक्तिका साथ अहोरात्र खटिनु परिरहेको छ।
आफू स्वयं र परिवार कुनै पनि बेला सङ्क्रमित हुनसक्ने जोखिम बोकेर तथा कतिपय स्थानमा आफू सङ्क्रमित भइकन पनि सुरक्षा मापदण्ड अपनाइ अन्य सङ्क्रमितको उपचारमा सक्रिय स्वास्थ्यकर्मीहरूको उच्च सम्मान गर्नु पर्नेमा उल्टै साङ्घातिक आक्रमण हुनु अत्यन्त निन्दनीय छ।
विवेकशील साझा पार्टी देशभरका स्वास्थ्य संस्थाहरूमा तोडफोड र स्वास्थ्यकर्मीहरूमाथिको आक्रमणलाई निरुत्साहित गर्न आक्रमणकारीहरू धरौटीमा नछुट्ने र कडा कानुनी दण्डको भागिदार हुनै पर्ने गरी कानुन संशोधन गर्नुपर्ने पक्षमा छ।
शरदराज पाठक
प्रवक्ता, विवेकशील साझा पार्टी
१४ जेठ, २०७८
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...
चैत्र १२ गते, २०८२ - १९:५८
काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...
चैत्र १२ गते, २०८२ - १९:४८
काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...
चैत्र १२ गते, २०८२ - १९:३९
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...
चैत्र १२ गते, २०८२ - १९:२७
काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...



प्रतिकृया लेख्नुहोस्: