काठमाडौँ । सर्जियो अग्वेरो अन्ततः बार्सिलोनासँग अनुबन्धित भएका छन् । सिटीसँगको सम्झौँता सकिएसँगै अग्वेरो ‘फ्रि-एजेन्ट’ का रुपमा बार्सिलोना गएका हुन् । इंग्लिस प्रिमियर लिग उपाधि जितेका अग्वेरो म्यानचेस्टर सिटीबाट स्पेन पुगेका हुन् ।
यससँगै अर्जेन्टिनाका ३२ वर्षिय स्ट्राइकर अग्वेरोको आफ्नै मुलुकका लियोनल मेस्सीसँग एउटै क्लबबाट खेल्ने सपना पूरा भएको छ ।
बार्सिलोनासँगको सम्झौँता अनुसार अग्वेरो क्याम्प नौउमा सन् २०२३ सम्म रहने छन् । अग्वेराले सोमबार नै बार्सिलोनाका अध्यक्ष जोआन लार्पोटासँग भेट गर्नेछन् । पूर्व एथ्लेटिको म्याड्रिड स्ट्राइकर अग्वेरो जुलाई १ देखि बार्सिलोनाको औपचारिक खेलाडी हुनेछन् ।
अग्वेरोले गत शनिबार सिटीका लागि अन्तिम खेल खेले । च्याम्पियन्स लिगको फाइनलमा चेल्सीविरुद्धको खेल सिटीबाट उनले खेलेको अन्तिम खेल बन्यो । बार्सिलोनासँग सम्झौँता गर्न स्पेन पुगेका अग्वेरो उतैबाट अर्जेन्टिना लाग्नेछन् । जहाँ उनको टिमले विश्वकप छनौट अन्तर्गत चिली र कोलम्बियाको सामना गर्ने तालिका छ ।
अग्वेरोले सिटीमा १० वर्ष बिताए । त्यस दौरान उनले इंग्लिस क्लबबाट पाँच लिग उपाधि जिते । त्यस्तै एक एफए कप र ६ लिग कप पदक पनि उनले सिटीबाट जिते । पछिल्लो समय पेप ग्वार्डिओलाको प्रमुख स्ट्राइकर बन्न नसकेका अग्वेरो सिटीका सर्वकालिन उच्च गोलकर्ता हुन् । सन् २०११ मा म्यानचेस्टर सहर पुगेका अग्वेरोले सिटीका लागि ३ सय ९० खेलमा २ सय ६० गोल गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १२ गते, २०८३ - ०९:५६
काठमाडौं । बाजुराको बुढीगङ्गा खोलामा वर्षा लाग्नेबित्तिकै त्रिवेणी नगरपालिकाको सडक सम्पर्क प्रभावित हुन्छ। कारण एउटै हो—पुल छैन। आर्थिक वर्ष २०७८/७९ म...
आषाढ़ १२ गते, २०८३ - ०९:१३
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि आज (शुक्रबार) मतदान हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेबाट मतदान गर्ने...
आषाढ़ १२ गते, २०८३ - ०८:३०
सल्यान । किसानको आयआर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि नार्क अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले देशव्यापी रूपमा ...
आषाढ़ १२ गते, २०८३ - ०८:२३
काठमाडौँ । नेपाल प्रहरीले गएको एक महिनामै देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरू पक्राउ परेसँगै ८०७ व...
आषाढ़ १२ गते, २०८३ - ०८:१८
काठमाडौं । पत्रकार विनोद ढकाललाई प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो । उनले ...
आषाढ़ १२ गते, २०८३ - ०७:५७
बुढीगङ्गा खोलामा चार वर्षदेखि अलपत्र पक्की पुल, नयाँ ठेक्काको तयारी
आषाढ़ १२ गते, २०८३ - ०७:५४
फिफाको निलम्बनसँगै राष्ट्रिय टोली, क्लब र खेलाडी सबै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिर, आर्थिक अनुदान पनि रोकियो
आषाढ़ १२ गते, २०८३ - ०७:४८
१० दिन उद्योग बन्द हुँदा किसानको करिब १० करोड रुपैयाँ बराबरको हरियो चियापत्तीमा क्षति
आषाढ़ १२ गते, २०८३ - ०७:४५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम ऐतिहासिक महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित...
आषाढ़ ११ गते, २०८३ - २०:३४
काठमाडौं । पतञ्जलि योगपीठको जग्गा हदबन्दी छुटसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद...



प्रतिकृया लेख्नुहोस्: