Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

हृदयेश त्रिपाठीले किन गरे मन्त्री पद अस्वीकार ?

खबरडबली संवाददाता

काठमाडौँ । आफुभन्‍दा जुनियरलाई उपप्रधानमन्त्री बनाएको भन्दै तत्कालिन हृदयेश त्रिपाठीले मन्त्री पद अस्वीकार गरेका छन् । शुक्रबार पुनर्गठित मन्त्रिमण्डलमा सहभागी हुन त्रिपाठीले अस्वीकार गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमा त्रिपाठीलाई दोहोर्‍याउन चाहे पनि अस्वीकार गरेको दाबी गरेका छन् ।

प्रधानमन्त्री ओलीले राजेन्द्र महतो, रघुवीर महासेठ र विष्णु पौडेललाई उपप्रधानमन्त्री बनाएका छन् ।

'जुनियरलाई उपप्रधानमन्त्री बनाएपछि मैले त्यो मन्त्रिमण्डलमा बस्‍नुको औचित्य देखिन्' त्रिपाठीले भने 'उहाँहरूला२ सफल कार्यालयको शुभकामना छ ।

शुक्रबार जसपाबा राजेन्द्र महतो- उपप्रधान मन्त्री तथा शहरी विकास मन्‍त्री, शरतसिंह भण्डारी- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्‍त्री, अनिल झा- खानेपानी मन्‍त्री, बिमल श्रीवास्तव- श्रम, रोजगार तथा सामाजिक मन्‍त्री, उमाशंकर अरगरिया- युवा तथा खेलकुद मन्‍त्री, लक्ष्मण लाल कर्ण- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्‍त्री, चन्दा चौधरी- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्‍त्री, एकबाल मियाँ- वन तथा वातावरण मन्‍त्री, चन्द्रकान्त चौधरी - उर्जा राज्य मन्‍त्री र रेणुका गुरुङ- महिला राज्य मन्त्रीका रुपमा सरकारमा सहभागी भएका छन् ।

एमालेबाट उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री रघुबीर महासेठले बन्‍दैछन् । त्यस्तै शेरबहादुर तामाङले स्वास्थ्य मन्त्री बन्‍दैछन् । माधवकुमार नेपाल समूहका यी दुबै जना केही समयअघि मात्रै ओली समूहमा भित्रिएका थिए ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेल बढुवा भएका छन् । उनलाई उपप्रधानमन्त्रीको जिम्‍मेवारी दिने तयारी छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ बाहेक सबै मन्त्री बाहिरिने भएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

शपथको पूर्व सन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...

कार्की आयोग प्रतिवेदनप्रति एमाले आक्रोशित, रास्वपा मौन

काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...

एन्फाको मतदान कार्यक्रम स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...

महिला, बालबालिका मन्त्रालय कायमै राख्न आग्रह

 काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending