Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

बाबुरामको तीन प्रश्‍न : पहाडी मतदाता ठग्‍ने र मधेसी मतदाता ठग्‍ने कसरी एकै ठाम ?

खबरडबली संवाददाता

काठमाडौँ । नयाँ मन्त्रिमण्डलमा महन्थ ठाकुर समूह सहभागी भएपछि जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्‌ अध्यक्ष डा. बाबुराम भट्टराईले प्रश्‍न गरेका छन् । शुक्रबार ठाकुर समूहबाट ८ जना मन्त्री र दुई जना राज्यमन्त्री भएसँगै भट्टराईले केही प्रश्‍न गरेका हुन् ।

संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो ? भन्‍दै उनले प्रश्‍न गरेका छन् । भट्टराईले दोस्रो प्रश्‍न गरेका छन् 'अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम ?' त्‍यस्तै तेस्रो प्रश्‍न गरेका छन् 'नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ ?'

'यक्ष प्रश्न- संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो ? अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम ?' भट्टराईले प्रश्‍न गरेका छन् 'नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ ? दुबैको मुकुण्डो उत्रिएन त ?

र, यो पनि

प्रधानमन्त्री केपी शर्मा ओलीले आज गरेको मन्त्रिपरिषद् पुनर्गठनमा जसपाबाट उपप्रधानमन्त्री महतोसहित ८ मन्त्री र दुई राज्यमन्त्रीले सपथ खाएका छन् ।

ओलीले उपप्रधानमन्त्री, ९ मन्त्री र तीन मन्त्रीलाई हटाएका छन् । नयाँ मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्री छन् । ईश्वर पोखरेलसहित ९ मन्त्री र तीन राज्यमन्त्री बाहिरिएका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिकमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री पद्‍माकुमारी अर्याल, सञ्चारमन्त्री र्पावत गुरुङ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाम्फे, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश गठुन्ना, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो, स्वास्थ्य राज्यमन्त्री नवराज राउत, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उद्योग राज्यमन्त्री विमला विक हटेका छन् ।

अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र कानूनमन्त्री लीलानाथ श्रेष्ठलाई निरन्तरता दिइएको छ ।

पुनर्गठित मन्त्रिपरिषद् 

प्रधानमन्त्री केपी शर्मा ओली : रक्षा, गृह, सञ्चार, पर्यटन, उद्योग वाणिज्य, कृषि, र सामान्य प्रशासन मन्त्रालय 

विष्णु पौडेल : उपप्रधान तथा अर्थमन्त्री

राजेन्द्र महतो : उपप्रधान तथा शहरी विकास मन्त्री

रघुवीर महासेठ : उपप्रधान तथा परराष्ट्रमन्त्री

लीलानाथ श्रेष्ठ :  कानून न्याय तथा संसदीय मामिलामन्त्री

बसन्तकुमार नेम्वाङ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री 

शेरबहादुर तामाङ : स्वास्थ्यमन्त्री

कृष्णगोपाल श्रेष्ठ : शिक्षामन्त्री 

लक्ष्मणलाल कर्ण : भूमि व्यवस्था मन्त्री 

शरतसिंह भण्डारी : ऊर्जा मन्त्री 

अनिल झा : खानेपानी तथा सरसफाई मन्त्री 

विमल श्रीवास्तव : श्रम तथा रोजगार मन्त्री 

उमाशंकर अरगरिया : वन तथा वातावरण मन्त्री 

चन्दा चौधरी :  महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री 

एकवाल मियाँ : युवा तथा खेलकुद मन्त्री 

चन्द्रकान्त चौधरी : ऊर्जा राज्यमन्त्री

रेणुका गुरुङ : महिला,बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा त्रासः फ्लाइटमा पेजर र वाकीटकी लैजान कतार एयरवेजले लगायो प्रतिबन्ध

काठमाडौ । कतार एयरवेजले लेबनान जाने उडानमा यात्रुहरुलाई पेजर र वाकीटकी बोक्न प्रतिबन्ध लगाएको छ। लेबनानका तीन क्षेत्रमा वाकीटकी, ह्यान्डहेल्ड रेडियो र...

तनहुँमा पनि स्ट्रबेरीखेती

तनहुँ ।  तनहुँको ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ। गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाल...

फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड

काठमाडौं । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड गरिएको छ । काठमाडौंको स्टुडियो डाइनामिकमा रेकर्ड ग...

ट्रंकलाइन बक्यौता तिर्न कात्तिक ८ को अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन बक्यौतो रकम तिर्न डेढ महिनाको अल्टिमेटमसहित उद्योगीलाई पुनः पत्र पठाएको छ । प्राधिकरणका ...

मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

रौतहट । रौतहटको कटहरियामा गएराती भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ । कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्ह...

लगातार घटेको सुनको मूल्य शुक्रबार बढ्यो

काठमाडौं। नेपाली बजारमा लगातार घटेको सुनको मूल्य शुक्रबार बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेको हो । बढेको मुल्य अनुसार आज सुन प्रतितोला १ ला...

बागलुङका स्वास्थ्य संस्थामा डेंगी परीक्षण किट अभाव

बागलुङ ।  धौलागिरि अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी...

संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा

हेटौंडा । विभिन्न आन्दोलन तथा संघर्षबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ। जनताबाट निर्वाचित प्रतिनिधिले ...

अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० खि काठमाडौंमा हुने

काठमाडौं। माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)  को २३ औं राष्ट्रिय सम्मेलन यही असोज १० देखि सुरु हुने भएको छ। असोज १० देखि १२ गते...

गायक यश कुमारले ल्याए मर्मस्पर्शी गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आज बिहीबार परेको संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy