काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले माधवकुमार नेपाल समूहलाई नेकपा माओवादी केन्द्रमा विलय हुन र नेपाली कांग्रेसमा प्रवेश गर्न कसैले अवरोध गर्न नहुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन् ।
बाँस्कोटाले लेखेका छन् ‘विधि, पद्दती, अनुशासन, संघीयता, पार्टी एकता, समाजवाद, लोकतन्त्र के के हो के के जोगाउने एमालेको खरानी समूहले आज पनि पार्टी एकताको ठोस आधार निर्माण गरेकोमा हार्दिक बधाई । माकेमा विलय हुने र काँङ्ग्रेस प्रवेश गर्ने उहाँहरुको छलाङकारी यात्रामा आज उपरान्त कसैले अवरोध नगरोस,अग्रिम शुभकामना ।’
प्रतिकृया लेख्नुहोस्: