Life insurence
Khabar Dabali १० असार २०७८ बिहीबार | 24th June, 2021 Thu
Himalayan Golden detail page

चितुवाको छालासहित दुई जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौँ । चितुवाको छालासहति आज प्रहरीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ । यहाँको कीर्तिपुरस्थित ढल्पा क्षेत्रमा दुर्लभ वन्यजन्तु चितुवाको छाला बेचबिखन भईरहेको भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले खोजतलास गर्दा उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा दार्चुलाका २३ वर्षीय गिरीराज ठगुन्ना र बझाङ घर भई कीर्तिपुर बस्ने वर्ष २९ को नारायणवहादुर सिंह रहेका छन् । उनीहरूको साथबाट चितुवाको छालासमेत बरामद भएकाले थप कारावहीका लागि डिभिजन वन कार्यालय काठमाडौँमा बुझाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसैबीच काठमाडौँ महानगरपालिका–५ भाटभटेनी चोकमा रहेको साङ्ग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा डडेलधुरा सेतीवेशी गाउँपालिका–४ घर भएका २१ वर्षीय दिनेश क्षेत्रीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उक्त बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनलाई चोरीमा प्रयोग हुने औजारसहित पक्राउ गरेको र घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

Khabardabali Desk–JK

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

२४७४ जनालाई कोरोना, २५१८ जना संक्रमणमुक्त

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार २३२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १५७७ र ...

ओली 'आइ एम द स्टेट’ भनेर हिँडिरहे- प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओली 'आइ एम द स्टेट’ भनेर हिँडिरहेको बताए । बिहीबार विपक्ष...

भण्डारी न्याय परिषद् सदस्यमा नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम प्रधानमन्त्रीका सिफारिशमा वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी (प्रमाणपत्र नं १००)लाई न्...

ओलीले गल्ती स्वीकारे स्वागत गर्छौँ- माधव नेपाल

काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी शर्मा ओलीले गल्ती स्वीकारेर स्वागत गर्ने बताएका छन् । बिहीबार सम्पादकहरुसँ...

संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त (नामसहित)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायका पदाधिकारी नियुक्ति गरेकी छन् । भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलग...

देउवाले सम्पादकहरूसँग के-के भने ? (पूर्णपाठ)

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रम गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीको मिलोमतोबाट मध्यरा...

स्पेनमा हुने नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको एकदिवसीय सिरिज स्थगित

काठमाडौँ । स्पेनमा हुने भनिएको आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ । ...

मोटरसाइकल जलाउने दुई पक्राउ

रामेछाप । खाँडादेवी गाउँपालिका–३ आपचौरमा रोकिराखेको मोटरसाइकलमाथि आगजनी र तोडफोड गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । यही असार ८ गते मध्यरात...

असार १७ देखि आन्तरिक उडान सञ्चालन हुने

काठमाडौँ । मुलुकको आन्तरिक हवाई उडान असार १७ देखि सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण प...

फेरि बढ्‌यो पेट्रोलियम पदार्थको मूल्य, कुनको कति बढ्‍यो ?

काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेलमा हाल विक्रि भइरहेको मू...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page aayal nigam detail page Salt Trending Detail Page Nb Bank Detail Page Kantipur Detail Page Alphabet Education Consultancy