कञ्चनपुर । सामुदायिक र संस्थागत विद्यालयमा आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गरिने भएको छ । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको दोस्रो लहर तीव्ररूपमा फैलिरहेको अवस्थामा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने भएपछि आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्न लागिएको हो । आन्तरिक मूल्याङ्कनका आधारमा विद्यालयले नतिजा तयार गर्ने कार्य अगाडि बढाएका छन ।
जिल्लाका नौ वटै स्थानीय तहमा रहेका विद्यालय आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशनको तयारीमा जुटेका हुन् । “आधारभूत तहको कक्षा १ देखि ३ मा उदार कक्षा उन्नतिको आधारमा नतिजा प्रकाशनको तयारी गरिएको छ”, शुक्लाफाँटा शिक्षा शाखाका प्रमुख टिकेन्द्रप्रसाद भट्टले भने, “कक्षा ४ देखि ५ मा शैक्षिक सत्र २०७७ मा लिइएको पहिलो र दोस्रो त्रैमासिक परीक्षाका आधारमा ५० प्रतिशत र निरन्तर विद्यार्थी मूल्याङ्कनका आधारमा ५० प्रतिशतलाई आधार बनाई नतिजा प्रकाशन गरिने छ ।”
उनका अनुसार कक्षा ६ देखि ७ मा शैक्षिक सत्र २०७७ मा लिइएको पहिलो र दोस्रो त्रैमासिक परीक्षाका आधारमा ६० प्रतिशत र निरन्तर विद्यार्थी मूल्याङ्कनका आधारमा ४० प्रतिशतका आधारमा नतिजा तयार गरिने छ ।
कक्षा ८ मा शैक्षिक सत्र २०७७ मा विद्यालयले सञ्चालन गरेको पहिलो र दोस्रो त्रैमासिक परीक्षाको सैद्धान्तिकतर्फ ८० प्रतिशत मूल्याङ्कन र विषय शिक्षकको २० प्रतिशत आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा तयार गरिने छ ।
कक्षा ८ को प्रयोगात्मक परीक्षाको प्राप्ताङ्क सम्बन्धित विद्यालयको एक्सल वेस्ट एचिभमेन्ट फाइलमा प्रविष्ट गरी २०७८ जेठ मसान्तसम्म अपलोड गर्नका लागि सम्बन्धित शिक्षा शाखाका प्रमुखले विद्यालयलाई जानकारी गराएका छन् ।
कक्षा ९ को परीक्षाको सैद्धान्तिकतर्फ ८० प्रतिशत मूल्याङ्कन र विषयगत शिक्षकको २० प्रतिशत आन्तरिक मूल्याङ्कनका आधारमा जेठ मसान्तसम्म नतिजा प्रकाशन गर्ने समय सीमा निर्धारण गरिएको छ । आन्तरिक मूल्याङ्कन विद्यार्थीको अनुशासन, उपस्थिति र सिर्जनात्मक कार्यलाई आधार बनाइने छ ।
आन्तरिक मूल्याङ्कन र नतिजा प्रकाशनका लागि सम्बन्धित विद्यालयको प्रधानाध्यापकको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिमा विद्यालयमा कार्यरत एक जना वरिष्ठ शिक्षक र एक जना कक्षा शिक्षक सदस्य रहेका छन् ।
विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा गर्न नसकिने भएकाले आन्तरिक मूल्याङ्कनका आधारमा विद्यालयले नतिजा प्रकाशन गर्न लागेकोे भीमदत्त नगरपालिका शिक्षा शाखाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले बताए । “विद्यार्थीको आन्तरिक मूल्याङ्कनका विधि र प्रक्रियाहरु स्पष्ट छन । सोहीअनुसार विद्यालयलाई नतिजा सार्वजनिक गर्न भनिएको छ”, उनले भने, “नतिजा प्रकाशन पनि अनलाइनबाट हुन्छ ।” बाँकी सबै प्रक्रिया गत वर्ष जस्तै हुने उनले बताए ।
कक्षा १ देखि ७ र कक्षा ९ को नतिजा सम्बन्धित विद्यालयले प्रकाशित गर्ने छन् भने कक्षा ८ को नतिजा नगरपालिकाले प्रमाणित गरेपछि मात्र प्रकाशन हुनेछ । गत वर्षसमेत कोरोना महामारीकै कारण आन्तरिक मूल्याङ्कन गरी नतिजा प्रकाशित गरिएको थियो । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: