Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

केपी शर्मा ओली नमारे कांग्रेसले नजित्‍ने रहेछ : गोकुल बाँस्कोटा

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओली नमारे कांग्रेसले नजित्‍ने रहेछ भन्‍दै ट्वीट गरेका छन् ।

बागमती प्रदेश सभा बैठकमा कांग्रेस सांसद नरोत्तम वैद्यले ओलीविरुद्ध आफू नाथुराम गोड्से बन्‍न तयार रहेको अभिव्यक्ति दिएपछि बाँस्कोटाले यस्तो बताएका हुन् । ओलीमाथि कुनै भयानक षडयन्त्र हुँदै गरेको टिप्पणी गरेका छन् । 

'केपी ओली नमारे कांग्रेसले नजित्‍ने रहेछ, प्रधानमन्त्रीमाथि कुनै भयानक षडयन्त्र हुँदै रहेछु बाँस्‍कोटाले ट्‍वीट गरेका छन् 'नत्र प्रदेश सांसद त्यो पनि पशुपतिनाथ रहेको क्षेत्रबाट प्रतिनिधित्व गर्नेले यस्तो कसरी बोल्न सक्छ रु ओली विरोधी गठबन्धन नै यसमा सामेल त छैन रु कांग्रेसको आधिकारिक भनाई चाहिन्छ । एमालेहरू सचेत बन ।'

वैद्यले दिएको अभिव्‍यक्‍तिप्रति नेकपा एमाले आपत्‍ति जनाएको छ । शनिबार विज्ञप्‍तिमार्फत प्रधानमन्‍त्री ओलीको हत्या गर्ने बारे दिएको धम्कीलाई गम्‍भीर रूपमा लिएको जनाएको छ । प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि तयार रहेको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय भएको एमालेको ठहर छ ।

'बागमती प्रदेशसभाको हिजोको बैठकमा एकजना सदस्यले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीलाई नेकपा (एमाले) ले अत्यन्त गम्भीर रूपमा लिएको छ' प्रवक्‍ता प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्‍तिमा भनिएको छ,'प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ '

त्‍यस्तै नेपाली कांग्रेसले पनि विवादास्‍पद अभिव्‍यक्‍ति दिएका आफ्‍ना सांसद वैद्यलाई अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिएको छ । शनिबार विज्ञप्‍तिमार्फत प्रदेश संसदीय दलको नेतृत्वमार्फत शुक्रबार बेलुकी पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्‍नसमेत सचेत गराएको जनाएको छ ।

वैद्यले आज प्रदेशसभा बैठकमा माफि मागसिकेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेमा को–को भए निर्विरोध ?

काठमाडौँ । नेकपा एमालेको जारी महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै कतिपय उम्मेदवार निर्विरोध भएका छन् ।  लुम्बिनी प्रदेशबाट ...

पश्चिम वायुको आंशिक प्रभाव कायमै : कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौँ । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहा...

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending