Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

पानीको बहाव बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलियो

खबरडबली संवाददाता

कावासोती । लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । मङगलबार नारायणी नदीको देवघाट जल मापन केन्द्रमा नदीले चेतावनीको सतह पार गरेपछि यस क्षेत्रमा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै गण्डक ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको नवलपरासी पूर्व नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले जानकारी दिए ।

गण्डक ब्यारेजमा ढोका खोल्ने समयमा दुई लाख क्युसेक पानी मापन गरिएको थियो । सोमबारदेखि परेको लगातारको वर्षाको कारण नारायणी नदीमा पानीको बाहव बढ्दा यसले पुर्‍याउने क्षतिलाई ध्यानमा राख्दै भारतीय पक्षसँगको समन्वयमा सबै ढोका खोलिएको पंगेनीले बताए ।

गण्डक ब्यारेजमा दुई लाख पचास हजार क्युसेक पानीलाई चेतावनीको तह र तीन लाख क्युसेक पानीलाई खतराको तह मानिन्छ । पानीको सतहले चेतावनीको तह पार गर्नुपूर्व नै दुवै पक्षको सहमतिमा सबै ढोका खोलिएको उनले बताए ।

निमार्णको समयमा गण्डक ब्यारेजको क्षमता ७ लाख क्युसेक प्रतिसेकेन्ड भए पनि अहिले यसले ४ देखि ५ लाख क्युसेक प्रतिसेकेन्ड मात्र भार बहन गर्न सक्ने अनुमान छ । नदीमा पानीको सतह बढेपछि गण्डक कमाण्डका स्थानीयलाई सजगता अपनाउन जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वले आग्रह गरेको छ ।

अविरल वर्षाको कारण नवलपुर सहित देशभरको जनजीवन प्रभावित भएको छ । नवलपुरमा भने अहिलेसम्म केही अप्रिय घटना नभएको भएपनि नदी तटीय क्षेत्रका स्थानीयलाई सर्तक रहन प्रशासनले अनुरोध गरेको छ । नवलपुरको पहाडी क्षेत्रमा पहिरो र भित्री मधेशमा बाढी तथा तल्लो क्षेत्रमा डुवानको जोखिम रहने गर्छ ।

नवलपुरको गिरुवारी, अरुणखोला, विनयी, केरुङ्गे, लोकाहा, बौलाह, झरही, जय श्री लगायतका खोलाहरुमा बढ्दो पानीको सतहका कारण जोखिम रहेको छ । सो आसपासमा जमिन कटान सहित बाढी र डुवानको खतरा रहने हुँदा त्यसतर्फ सजग रहन प्रशासनले अनुरोध गरेको हो ।

जिल्लाको मध्यविन्दु नगरपालिकाको विभिन्न स्थान, कावासोती नगरपालिकाको केरुङ्ग क्षेत्र र नारायणी तटीय क्षेत्र, रजहर, पिप्रेहनी, गैंडाकोट, त्रिवेणी लगायतको क्षेत्रमा वर्षेनी बाढी तथा डुवानले ठूलो क्षति पुर्‍याउने गरेको छ । यस वर्ष मनसुनको आगमनसँगै यसको प्रभावको पूर्व आँकलन गर्ने र सो बाट हुन सक्ने क्षतिलाई सक्दो कम गर्ने गरी जिल्ला विपद व्यवस्थापन समितिले तयारी गरिरहेको प्रमुख जिल्ला अधिकारी पँगेनीले बताए । सोही योजना अन्र्तगत नारायणी नदीमा पानीको सतह बढ्न थाले पछि नै सबै ढोका खुल्ला गरिसकेको उनले बताए ।

गत वर्ष मध्यविन्दु नगरपालिका–३ रतनपुर क्षेत्रमा नारायणी नदीले बस्ती क्षेत्रमा नै कटान गरेको थियो । त्यस्तै सो कटान क्षेत्रबाट पानी पसेको खण्डमा मध्यविन्दु नगरपालिकाको नदी तटीय क्षेत्रमा ठूलो क्षति पुग्न सक्ने अनुमान समेत गरिएको थियो । विगतमा समयमा व्यवस्थापन गर्न ध्यान नपुग्दा भएको क्षति र जोखिम न्यूनिकरणमा विपद् व्यवस्थापन समितिलाई सजग गरेको पंगेनीले बताए । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा त्रासः फ्लाइटमा पेजर र वाकीटकी लैजान कतार एयरवेजले लगायो प्रतिबन्ध

काठमाडौ । कतार एयरवेजले लेबनान जाने उडानमा यात्रुहरुलाई पेजर र वाकीटकी बोक्न प्रतिबन्ध लगाएको छ। लेबनानका तीन क्षेत्रमा वाकीटकी, ह्यान्डहेल्ड रेडियो र...

तनहुँमा पनि स्ट्रबेरीखेती

तनहुँ ।  तनहुँको ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ। गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाल...

फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड

काठमाडौं । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड गरिएको छ । काठमाडौंको स्टुडियो डाइनामिकमा रेकर्ड ग...

ट्रंकलाइन बक्यौता तिर्न कात्तिक ८ को अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन बक्यौतो रकम तिर्न डेढ महिनाको अल्टिमेटमसहित उद्योगीलाई पुनः पत्र पठाएको छ । प्राधिकरणका ...

मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

रौतहट । रौतहटको कटहरियामा गएराती भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ । कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्ह...

लगातार घटेको सुनको मूल्य शुक्रबार बढ्यो

काठमाडौं। नेपाली बजारमा लगातार घटेको सुनको मूल्य शुक्रबार बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेको हो । बढेको मुल्य अनुसार आज सुन प्रतितोला १ ला...

बागलुङका स्वास्थ्य संस्थामा डेंगी परीक्षण किट अभाव

बागलुङ ।  धौलागिरि अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी...

संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा

हेटौंडा । विभिन्न आन्दोलन तथा संघर्षबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ। जनताबाट निर्वाचित प्रतिनिधिले ...

अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० खि काठमाडौंमा हुने

काठमाडौं। माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)  को २३ औं राष्ट्रिय सम्मेलन यही असोज १० देखि सुरु हुने भएको छ। असोज १० देखि १२ गते...

गायक यश कुमारले ल्याए मर्मस्पर्शी गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आज बिहीबार परेको संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy