Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

विपद्‌मा खटिन केन्द्रको आदेश पर्खनु पर्दैन : सेना

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली सेनाले सिन्धुपाल्चोक र मनाङमा बाढीपहिराका जोखिममा परेका नागरिकलाई उद्धार गरेको छ । मनाङको सदरमुकाम चामे र सिन्धुपाल्चोक मेलम्ची क्षेत्रमा मंगलबारको भीषण वर्षापछि आएको बाढीपहिराका कारण पूर्वाधारलगायत ठूलो परिमाणमा सम्पत्तिको क्षति भएको छ ।

मनाङमा करीब तीनदेखि चार सय बाढी प्रभावित मानिसलाई नजीक सुरक्षित स्थानमा पुर्याउन र अलपत्र परेकालाई त्यहाँ तैनाथ रणसुर गणले उद्धार र सहयोग गरेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

उनले भने, ‘सिन्धुपाल्चोकमा  बाढीपहिरोमा परी अलपत्र परेका चार जनाको सेनाको हेलिकोप्टरले उद्धार गरेको छ । बाढीबाट अप्ठेरोमा पर्न सक्ने मानिसलाई सुरक्षित स्थानमा लैजान र पुनर्वासका लागि अस्थायी सेल्टर निर्माणका लागि पनि सङ्गठनले सहयोग गरिरहेको छ ।’  भीषण र लगातारको वर्षापछि खसेको पहिराले मेलम्ची खोला थुनिएर गएको बाढीले खोला किनारको बस्ती, माछा फार्म र मेलम्ची बजार क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । त्यस क्षेत्रका कयाँै  घरगोठ, पशुचौपाया बगाएको तथा माटासहितको बाक्लो लेदोले मेलम्ची बजार क्षेत्रका बस्ती र खेतीयोग्य जमीन पुरेको छ ।

प्रभावित क्षेत्रका जनतालाई तत्काल खाना र राहत उपलब्ध गराउने तथा पाललगायत अत्यावश्यक सामग्री ढुवानीमा पनि सेना संलग्न छ । नागरिकको सहयोगका लागि सेनाले स्थानीय प्रशासन, अरु सुरक्षा फौज र सरोकार निकायको समन्वय र सहकार्यमा काम गरिरहेको प्रवक्ता पौडेलले जानकारी दिए ।

सैनिक मुख्यालयले प्राकृतिक विपत्तिको उच्च जोखिममा रहेको नेपालका ७७ वटै जिल्लामा रहेका आफ्ना एकाइलाई तत्तत् स्थानमा रहेको जनशक्तिको एक तिहाइ फौज विपद् व्यवस्थापन र प्रतिकार्यका लागि खटिने सिलसिलामा तैनाथ अवस्थामा रहन निर्देशन दिएको छ । विपद् व्यवस्थापनका सिलसिलामा कसैले पनि केन्द्रको आदेश पर्खनु नपर्ने तथा स्वतः परिचालन हुने गरी पूर्वनिर्देशन भइसकेको प्रवक्ता पौडेलले जानकारी दिए ।

यस वर्षको मनसुनको आगमनसँगै बाढीपहिरोलगायत प्राकृतिक प्रकोप र विपद्का घटना आउन सक्ने अनुमान गरी गृह मन्त्रालयसहितका सरोकार निकायसँगको समन्वय र सहकार्यमा जोखिम क्षेत्रको पहिचान गरिएको थियो । त्यसै आधारमा सेनालगायत सुरक्षा फौजले जनशक्ति परिचालनको व्यवस्थापन मिलाइसकेको छ ।

अघिल्लो वर्ष सेनाले विपद् व्यवस्थापन न्यूनीकरणका लागि प्रतिकार्यका विभिन्न अभ्यास गरेको थियो । विपद् प्रतिकार्यका लागि सञ्चालन गर्ने सन्दर्भमा सेनाका हवाई साधन पनि इटहरी, काठमाडौँ र सुर्खेतमा पूर्वतयारी अवस्थामा राखिएको जानकारी दिइएको छ । सेनाले उपलब्ध विभिन्न खाले २०० डुङ्गाको व्यवस्था गरेको छ । सेनाका चितवन र काठमाडौँ सुन्दरीजलमा विपद् व्यवस्थापन गण तैनाथ छन् । विभिन्न पृतनामा आवश्यक जनशक्ति त्यहाँबाट तत्काल खटिने व्यवस्था मिलाइएको सेनाले जनाएको छ । 

कोभिड–१९ को प्रकोपको विद्यमान अवस्थालाई दृष्टिगत गरी सेनाले स्वास्थ्यका सवै मापदण्ड पूरा गरेर काम गर्नुपर्ने भएकाले सम्भव भएसम्म पालनामा पनि ध्यान पुर्‍याउने छ । सेनाका जनशक्तिमध्ये ५० हजारले पहिलो र २७ हजारले दोस्रो मात्रका खोप लगाइसकेका छन् । जनशक्ति खटाउँदा भरसक खोप लगाएकालाई प्राथमिकता दिने बताइएको छ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न साझा प्रतिबद्धता जरूरी’ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी छिन् । सं...

भृकुटीमण्डपको सुरक्षा कडा, एमाले बन्दसत्र केही ढिलो हुने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...

बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’

बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...

धान उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...

एमालेको ११औँ महाधिवेशनको बन्दसत्र आजदेखि

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...

एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...

मुआब्जा विवाद चर्किँदा खोटाङको ३ मेगावाट हाइड्रो ठप्प

काठमाडौं । प्रवद्र्धक कम्पनीले लामो समयसम्म मुआब्जा नदिएको भन्दै खोटाङको केपिलासगढी गाउँपालिकाका स्थानीय जग्गाधनीले माथिल्लो रावाखोला साना जलविद्युत् ...

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बागलुङ नगरपालिकालाई

बागलुङ । १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बागलुङ नगरपालिकाले हात पारेको छ । शनिबार सम्पन्न प्रतियोगितामा बागलुङ नगरपालिकाले...

आज कस्तो रहला देशभरको मौसम ?

 काठमाडौँ । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending