सप्तरी । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाले प्रदेश नं. २ लाई चिकित्सा विज्ञानको केन्द्रका रुपमा स्थापित गराउन सहयोग पुग्ने बताए ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आज स्वास्थ्य सामग्री वितरण कार्यक्रममा उनले प्रदेशलाई स्तरीय स्वास्थ्य उपचारको केन्द्र बनाउन प्रतिष्ठानहरु स्थापना भएको बताए ।
रामराजा प्रतिष्ठानको जग्गा विवादको समस्या भर्खरै समाधान भई काम अगाडि बढेकामा खुशी व्यक्त गर्दै उनले डिपिआरपछि प्रतिष्ठान निर्माण कार्य शुरु हुने विश्वास व्यक्त गरे । अन्य शिक्षाभन्दा मेडिकल शिक्षाको माग बढेको बेला प्रतिष्ठान स्थापनाले आफ्नै ठाउँमा डाक्टर उत्पादन हुने तथा नेपाल र भारतका सेवाग्राहीको आगमनले व्यापार वृद्धि भई विकासको गति बढ्ने यादवले बताए ।
कोभिड–१९ को तेस्रो लहर बढी खतरनाक हुने भएकाले स्वास्थ्य उपकरणको जोहो गर्न जरुरी रहेको जनाउँदै उनले अभाव नहोस् भनेर स्वास्थ्य सामग्री प्रदान गरिएको जानकारी दिनुभयो । कार्यक्रममा अध्यक्ष यादवले अस्पताललाई ७० कार्टुन के ९५ मास्क र नौवटा अक्सिजन कन्सन्ट्रेटर प्रदान गरे ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झालाई सामग्री हस्तान्तरण गर्दै उहाँले जनशक्ति र साधनस्रोतको कमी रहेकाले स्वास्थ्य चेतनाको बढी जरुरी रहेको बताए । उनले विकासका लागि स्वास्थ्य, यातायात र सञ्चारलाई तराईदेखि पहाडसम्म जोड्ने आवश्यकतामा जोड दिए।
कार्यक्रममा प्रदेशका उपसभामुख उपमा देव, भूमि व्यवस्थापन, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह, सामाजिक विकासमन्त्री नवलकिशोर साह, पूर्वशिक्षामन्त्री रेणु यादव, राजविराज नगरप्रमुख शम्भुप्रसाद यादव लगायत जसपाका नेताको उपस्थिति रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १० गते, २०८२ - ०९:३१
काठमाडौं । करिब तीन दशकपछि सन् २०२५ मा पहिलो पटक विश्वका केन्द्रीय ब्याङ्कहरूसँग मौजुद सुनको कुल मूल्य अमेरिकी ट्रेजरी बन्डको लगानीभन्दा धेरै भएको छ। ...
माघ १० गते, २०८२ - ०९:२१
काठमाडौं । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक आज दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबा...
माघ १० गते, २०८२ - ०९:१४
काठमाडौं । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी पुरेर सवा...
माघ १० गते, २०८२ - ०९:१०
काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षार्थ भर्ना हुने निर्वाचन प्रहरीलाई २५ माघदेखि ‘फिल्ड’ मा खटाइने भएको छ । नेपाल प्रहरी ...
माघ १० गते, २०८२ - ०८:०२
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जा...
माघ १० गते, २०८२ - ०७:५८
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित गडविजुला ताल दुई स्थानीय तहबीचको खिचातानी र संरक्षणको अभावमा अस...
माघ १० गते, २०८२ - ०७:५४
काठमाडौँ । ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आजदेखि आफ्नो गौरवपूर्ण २५ वर्ष...
माघ १० गते, २०८२ - ०७:५१
काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । ...
माघ १० गते, २०८२ - ०७:४५
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा आज मौसममा बदली हुने पूर्वानुमान ग...
माघ १० गते, २०८२ - ०७:३३
भक्तपुर । भक्तपुरकाे मध्यपुरथिमि–२ स्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी भएको छ । बाल सुधारगृहका दुई समूहबिच भएको झडप आगजनी र तोडफोडमा परिण...




प्रतिकृया लेख्नुहोस्: