काठमाडौं । एमालेको एकता प्रक्रिया पुन: धरापमा परेको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको इगो मुख्य समस्याका रूपमा देखिएको छ। यद्यपि, वरिष्ठ नेता नेपालनिकट उपाध्यक्ष भीम रावलले आइतबार बालुवाटार पुगेर प्रधानमन्त्री एवं अध्यक्ष ओलीसँग भेटवार्ता गरेका छन्। नेपालले आइतबार बिहान ओलीसँग भेट गर्न अस्वीकार गरेका थिए।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका २३ निवर्तमान सांसदले गरेको हस्ताक्षरबाहेक अन्य विषयमा सहमति भइसकेको दुवै तर्फका मध्यमार्गी नेताले बताइरहेका छन्। हस्ताक्षर फिर्ता हुने वा नहुने भन्ने विषयमा बीच बाटो अख्तियार गर्ने विषयमा छलफल केन्द्रित भएको ती नेता बताउँछन्। तर, इगोका कारण अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच टेलिफोन संवाद गराउन ठूलै कसरत गर्नुपर्यो। उनीहरू अध्यक्ष ओलीलाई २०७५ जेठ २ मा फर्काउन सफल भए। उनीहरूकै प्रयासमा दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग भयो। वरिष्ठ नेताद्वय नेपाल, झलनाथ खनालसहित ११ जनालाई गरिएको निष्कासनको कारबाही निष्प्रभावी भयो।
अध्यक्ष ओली लचिलो बने। वरिष्ठ नेपालले भने ओलीसँग भेट गर्न अस्वीकार गरिरहेका छन्। नेपालले बिहीबार राति अध्यक्ष ओलीले गरेको फोन अरू नेताको मन राखिदिन उठाएको बताउँदै आएका छन्। फोन वार्ता सौहार्दपूर्ण नभएको ओलीले बताइसकेका छन्। यी दुई शीर्ष नेताबीच शनिबार उपमहासचिव घनश्याम भुसालको फोनमा कुराकानी भयो। आफू त्यति लचिलो हुँदा पनि हस्ताक्षर फिर्ताको विषयमा नेपाल टसमस नभएपछि ओली रुष्ट भएका छन्। अन्नपूर्ण पोस्टबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १४ गते, २०८२ - १६:१८
काठमाडौँ । नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले जेनजी आन्दोलनपछिको सरकार गठन र प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालत मौन रहेकोमा आलोचना गरेका छन्।...
माघ १४ गते, २०८२ - १६:१०
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई स्थापित गर्न देशी तथा विदेशी शक...
माघ १४ गते, २०८२ - १५:५९
काठमाडौँ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४२.५८ अंकले घटेर २७२६.५१ विन्दुमा ओर्लिएको छ। बजार ओरालो लाग्दा पनि दिनभरि ३३३ कम्पनीका से...
माघ १४ गते, २०८२ - १५:४१
मङ्गोलिया। मङ्गोलियामा सन् २०२६ को जनवरी मा मात्र अत्यधिक चिसो (हाइपोथर्मिया) को कारण १३ जनाको मृत्यु भएको रेकर्ड गरेको देशको राष्ट्रिय प्रहरी एजेन्सी...
माघ १४ गते, २०८२ - १५:३१
काठमाडौँ । चीनको युनान यूथ महिला टोलीसँग मैत्रीपूर्ण खेलका लागि नेपाली महिला यू–२० टोलीको २३ सदस्यीय अन्तिम टोली घोषणा गरिएको छ। खेल माघ १७ गते दशरथ र...
माघ १४ गते, २०८२ - १५:१०
नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ७८ जना बालबन्दीमध्ये ३५ जना अझै बेपत्ता छन् । भागे...
माघ १४ गते, २०८२ - १५:०४
नेपालगन्ज। भारतसँग ६५ किलोमिटरको खुला सिमाना गाँसिएको बाँके जिल्लामा प्रतिनिधिसभाको निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिंदैछ । जिल्लाका आठवट...
माघ १४ गते, २०८२ - १४:३३
सर्लाही। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान अवस्थामा देशलाई सम्हाल्ने शक्ति आश्वयक रहेको बताएको छन्। मङ्गलबार बिहान सर्लाहीको बलरा न...
माघ १४ गते, २०८२ - १४:२३
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। ...
माघ १४ गते, २०८२ - १४:०७
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्...




प्रतिकृया लेख्नुहोस्: