Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

फेरि बढ्न थाल्यो कोरोना सङ्क्रमण

रासस

चितवन । जिल्लामा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा एक हजार १४ मा झरेको सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएर एक हजार २७१ पुगेको हो ।

स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार पछिल्ला केही दिनमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । त्यसो त वैशाख र जेठमा यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या निकै बढी थियो । कार्यालयका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार जेठको दोस्रो साता सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ७०० नाघेको थियो । जेठ १० गते चार हजार ७१३ पुगेको थियो ।
 
असार लागेसँगै घट्दै गएको सङ्क्रमितको सङ्ख्या पुन: बढ्न थालेको छ । असार १ गते एक हजार ५४८ रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएर असार १३ गते एक हजार १४ मा झरेको थियो । जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार असार १४ गते एक हजार ८७, १६ गते एक हजार १९८ र १८ गते एक हजार २२० हुँदै यो सङ्ख्या एक हजार २७१ पुगेको छ । सक्रिय सङ्क्रमितको प्रतिशत पनि बढ्दै गएको छ । असार ५ गते यस वर्षकै कम दुई दशमलव एक प्रतिशत सङ्क्रमित भएकामा असार १५ गते १७ दशमलव ९६ प्रतिशत, १८ गते २३ दशमलव २४ प्रतिशत, १९ गते २७ दशलमव २४ प्रतिशत, २० गते २७ दशमलव २४ प्रतिशत, २१ गते १९ दशमलव ६९ प्रतिशत र २२ गते १८ दशमलव४३ प्रतिशत रहेको छ ।
 
कार्यालय प्रमुख तिवारी निषेधाज्ञा खुकुलो हुँदै जाँदा सङ्क्रमित बढ्दै गएको बताउनुहुन्छ । उनले भने “राम्रोसँग सङ्क्रमितको सङ्ख्या घट्न नपाउँदै पुन: बढ्न थालेपछि खतरा बढेको छ ।” मानिसलाई खुकुलोपना बढी चाहिएका कारण पुन: सङ्क्रमण थपिएर जाने हो कि भन्ने चिन्ता बढेको उहाँको भनाइ छ । उनले भने, “निषेधाज्ञा खुकुलो भए पनि उच्च सावधानी अपनाउनुपर्‍यो ।”

भरतपुर अस्पताल विकास समितिका अध्यक्षसमेत रहनुभएका फिजिसियन डा भोजराज अधिकारी गम्भीर प्रकृतिका सङ्क्रमित नभएर मध्यम र सामान्य प्रकृतिका सङ्क्रमित बढेको बताउछन् । निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमणको आशङ्का हुँदा पनि घरमा बसेकाहरु परीक्षण गर्न आएर पनि सङ्ख्या बढेको हुनसक्ने उनको अनुमान छ । बर्सातको समयमा पानीमा भिजेर, खेतीपातीको कामले थाकेर भन्दै सामान्य लक्षण देखिएका पनि घरमै रहेको भन्दै उहाँले भन्नुभयो, “यस्ता कारणले गाउँघरमा सङ्क्रमितको सङ्ख्या झन् बढ्न सक्छ ।”  कोरोनाको मिल्दोजुल्दो लक्षण देखिँदासाथ परीक्षण गर्न पनि उहाँले सुझाव दिनुभयो ।
 
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले देशव्यापीरूपमा भन्दा जिल्लामा केही कमी भए पनि बढ्दै गएकामा चिन्ता व्यक्त गरे । उनले भे, “हामी सबै सजग भएनौँ भने सङ्क्रमण झन् बढ्न सक्छ । सबैले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्‍यो ।” निषेधाज्ञा खुकुलो भए पनि सङ्क्रमण छ भन्ने सोचेर आफ्ना दैनिक क्रियाकलाप गर्न उहाँले सुझाव दिए।
 
जिल्लाका अस्पतालमा २१९ सङ्क्रमितको उपचार भइरहेको छ । तीमध्ये ६६ सघन उपचारकक्षमा, १७ भेन्टिलेटरमा, ४३ एचडीयुमा र ११० जना सामान्य शय्यामा उपचाररत छन् । जिल्लामा हालसम्म २८७ जनाको मृत्यु भएको छ । कूल सङ्क्रमितको सङ्ख्या १६ हजार ८६३ पुगेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौं ६ मा उठेका चिरञ्जीवी ढकालसहित विप्लव माओवादीका आठ नेता नेकपा प्रवेश

काठमाडौँ । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा ९माओवादी०का केन्द्रीय सदस्य चिरञ्जीवी ढकाल नेपाली कांग्रेस–संगठित नेकपा ९प्रचण्ड०मा प्रवेश गरेका ...

निर्वाचन सुरक्षाका लागि ६१ जिल्लामा निर्वाचन प्रहरी छनोट

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि ६१ जिल्लामा निर्वाचन प्रहरी छनोट भएका छन् । यसपटक निर्वाचन प्रहरीमा भर्ना हुन २ ला...

हिमपात र वर्षा भएपछि लमजुङका किसान खुसी

लमजुङ। हिमाली जिल्ला मनाङमा भारी हिमपात भएको छ । स्थानीयका अनुसार बुधबार बिहानैदेखि हिउँ परेको हो । माथिल्लो मनाङको खाङसार, मनाङ गाउँ, टङ्की मनाङ गाउँ...

शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्की बिहान साढे १० बजे शीतलनिवास पुगेर रा...

हिउँले छपक्क छोपेको मुक्तिनाथ मन्दिर

मुस्ताङ। हिन्दू तथा बौद्धमार्गीहरूको महत्त्वपूर्ण तिर्थस्थल वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा पर्ने मुक्तिनाथ मन्दिरमा करिब डेढ फिट हिमपात भएको छ ...

निर्वाचनका लागि थोरैमा १२ समिति गठन गर्न काँग्रेसको निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनलाई व्यवस्थित बनाउन मातहतका पार्टी निकायलाई कम्तीमा १२ वटा समिति गठन गर्न निर्देशन दिएको छ । नि...

डडेल्धुरामा सातामा दुई पटक हिमपात, बालीलाई निकै लाभ

डडेल्धुरा। पहिलो हिउँदे वर्षा भएसँगै पछिल्लो साता डडेल्धुरामा दुई पटक हिमपात भएको छ । गएको असोज २१ गते पछि गत शुक्रबार साँझ मात्रै यस वर्षको हिउँदे वर...

जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ निर्वाचनमा कांग्रेसको नीति

काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ भन्ने नीति अपनाएको छ। उपसभापति व...

सुनको मूल्य तीन लाख १८ हजार आठ सय पुग्यो

काठमाडौँ। स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्...

महोत्तरीमा जेनजीको राजनीतिक प्रवेश, आठ युवा उम्मेदवार

महोत्तरी। महोत्तरीको राजनीतिक परिदृश्य यसपटक केही फरक देखिएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका उम्मेदवारहरूको सूचीले पछिल्लो समय देशभर उठेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending