Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

पार्टी एकता नगरे माधव समूहको राजनीति जीवन समाप्त हुन सक्छ : लालबाबु पण्डित

‘नाई मलाई त्यही केटी चाहिन्छ’ भन्दैमा पाइन्छ र ?

खबरडबली संवाददाता

अदालतको फैसला आउने बेलासम्म पार्टी एक हुन्छ । यदि एक भएन भने ठूलो संकट आउँछ । पार्टी धरापमा पर्दैन तर केही व्यक्तिहरूको राजनीतिक जीवन समाप्त हुन सक्छ ।  

लामो समयको अन्तरविरोधपछि एमालेभित्रको विवाद समाधानउन्मुख भएको छ । दुवै पक्ष सम्मिलित कार्यदलले समस्या समाधानका लागि मध्यमार्गी उपायको खोजिमा जुटिरहेका छन् । यसै विषयमा पार्टी अध्यक्ष केपी ओली र माधव नेपालबीच बुधबार होटल मेरियटमा साढे दुई घण्टा भेटवार्ता भए पनि कुनै सहमति हुन सकेको छैन । 

तर, यस भेटले एमाले विवाद समाधानमा 'आइस ब्रेक' हुन सक्ने अनुमान गरिएको छ । धेरै कुरामा सहमति जुटे पनि  पछिल्लो समय संसद् विघटन, सर्वोच्चमा बुझाएको हस्ताक्षर र भागबण्डाको विषयमा कुरा नमिल्दा सयुक्त विज्ञप्ति जारी हुन सकेको छैन । यसै विषयमा खबरडबलीले नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितसँग कुराकनी गरिएको सम्पादिन अंश : 

पछिल्लो समय पार्टीभित्र दुई शीर्ष नेताहरूको भेटवार्तालाई तपाईंले कसरी लिनु भएको छ ? 
दुई शीर्ष नेताहरूबीच जुन भेटवार्ता भएको छ । यसलाई मैले सकारात्मक  रुपमा लिएको छु । पार्टीभित्र जुन किसिमको आन्तरिक मतभेद थियो, त्यो कम भएर गएको छ । त्यसपछि राष्ट्रिय संकट पनि विस्तारै समाधानको दिशातिर जान्छ भन्ने मलाई विश्वास छ । 

तपाईं लामो समय माधव समूहमा रहनु भयो । पछिल्लो समय उनीहरूको गतिविधिलाई कसरी लिनुभएको छ ?
नेपालमा सत्ता पक्ष र विपक्ष दुवैतिर एउटै पार्टी देखा पर्ने एउटा विचित्रको स्थिति देखा पर्यो । एउटै पार्टीमा सत्तापक्ष र विरोधी गठबन्धन बनाउनु उपयुक्त थिएन । यस्तो गठबन्धन संसारमा कतै हुँदैन । कि त पार्टी विभाजन भएपछि विरोधी पार्टीसहितको गठबन्धन हुन्छ । तर एउटै पार्टीमा रहेर दुवै पक्षमा गठबन्धन हुन सक्दैन । 

आफ्नो पार्टीको सरकार छोडेर प्रतिपक्षको नेतृत्वमा सरकार बनाउन जानुभएको छ । त्यसको म विरोधी हुँ । अहिलेको अवस्थामा गठबन्धन आवश्यक छैन । एमालेलाई कमजोर बनाउन गठबन्धन भएकोले यो गठबन्धनको औचित्य छैन । गठबन्धनमा सत्तापक्षको हुन सक्दैन । यदि हुन्छ भने त्यो पार्टीमा रहन सक्दैन । 

पछिल्लो समय प्रधानमन्त्री पार्टीभित्र र बाहिर निकै कमजोर हुँदै गएको टिप्पणी हुन थालेको छ, माधव समूहसँगको वार्ता पनि त्यसकै कडिको रुपमा हेरिएको छ, वास्तवमा उहाँ कमजोर हुँदै जानुभएको हो ? 
मैले त्यस्तो ठान्दिन । कुरा के हो भने मूल अविभावकले सबैको भावना बुझेर आफ्नो शक्तिलाई कमजोर हुन नदिने हो । कमिकमजोरी छ भने ती कमिकमजोरीलाई हटाएर अघि बढ्ने कुरा हुन्छ । हामी देखिराखेका छौं कि फलेको वृक्षमा झटारो लाग्छ । जसले जे पायो त्यसले हान्छ । हाने पनि त्यो फल प्राप्तिका निम्ति हो । तर त्यो झटारोले बोटै समाप्त हुँदैन । 

त्यसकारणले गर्दा फलेको बोट निहुरे जस्तै शक्ति वा नेतृत्वमा रहनुभएका व्यक्तिले समय र आवश्यकता अनुसार लचकता अपनाउनु पर्छ । जुन सरकार सञ्चालन, राष्ट्रिय संकट र पार्टी एकताका लागि प्रधानमन्त्रीले अहिलेको चाल्नु  भएको छ । यसलाई अन्यथारुपमा बुझ्नु हुँदैन । 

होटल मेरियटमा बुधबार भएको दुई शीर्ष नेताबीचको वार्तामा समेत संसद् विघटन र सर्वोच्चमा बुझएको हस्ताक्षर मुख्य तगारो बनेको छ, यसलाई कसरी हल गर्न सकिन्छ ? 
मेरो विचारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले असार १८ गतेको केन्द्रीय कमिटी बैठकमा स्पष्टरुपमा अदालतको फैसला अघि माधव समूह विपक्षी गठबन्धनबाट हट्नुपर्छ भन्नु भएको छ । होइन भने गठबन्धनमा पनि बसिराख्ने, पदमा पनि बस्ने एमालेका वरिष्ठ नेता पनि हुने भन्ने हुँदैन । आगो र पानी एकै ठाउँमा हुने स्थिति हुँदैन । 

माधव नेपालले त पार्टी भन्दा पनि लोकतन्त्र, संविधान र संसद जोगाउन हस्ताक्षर बुझाएको भनिरहनु भएको छ, उहाँहरू कसरी गलत हुनुभयो ? पार्टी भन्दा देश ठुलो होइन र ? 
यो विचारलाई मान्ने हो भने पार्टी प्रणाली त्यागेको हुनु पर्यो । पार्टी प्रति मेरो विश्वास छैन । म मात्र देशको निम्ति लागेको हुँ । त्यसकारण पार्टी र पार्टीको संसदीय प्रणालीलाई तिलाञ्जली दिएँ भनेर प्रष्टरुपमा भन्नु पर्यो । अबदेखि म स्वतन्त्र भएँ । अब पार्टीमा रहदिन । नयाँ पार्टी बनाउँदिन । कुनै पार्टीमा पनि जाँदिन । म मात्र देशको नागरिक हुँ र देशको हित मात्रै चाहन्छु भनेर उहाँहरूले भन्न सक्नु हुन्छ ? 

दुई पक्षीय सहमितका  लागि विन-विन सिचुएसन वा पावर शेयरिङको कुरा भइरहेको छ । यो कत्तिको  सम्भव छ ?
कतिपय अवस्थामा शक्ति सन्तुलन कायम गर्न समझदारीको विकास हुन्छ सक्छ । तर कुरो के हो भने हामीले द्वन्दवादलाई मान्ने, प्रतिस्पर्धालाई मान्ने, जित र हारलाई मान्ने हो भने सधैं कोही जितेको र कोही हारेको बराबर हुन्छ र ? बरावर त हुँदैन नि ? त्यसकारणले हाम्रो संवैधानिक व्यवस्था, कानूनी व्यवस्था, अन्तर्राष्ट्रिय अभ्यास पनि जसले जितेको हुन्छ उसले नेतृत्व गर्ने, जसले हारेको हुन्छ उसको मतको सम्मान गर्ने हो । त्यो मत यदि कुनै दिन बहुमतमा आयो भने त्यो मतले नेतृत्व गर्छ । 

अल्पमतमा रहुन् जेल त्यो मतको सम्मान हुन्छ । सम्मान हुने भनेको निर्णय हुने भनेको  होइन । कतिपय अवस्थामा निर्णय हुन पनि सक्छ । त्यस कारण बहुमत जसको छ, त्यासको निर्णय मान्नु पर्छ । अल्पमतमा रहेर बहुमतको निर्णय म मान्दिन भन्न पाउँदैन । मेरै निर्णय मान्नु पर्छ भन्ने कुरामा जाने हो भने प्रतिस्पर्धा र बहुमतको अवस्था समाप्त हुन्छ । यसकारण जित र हारको अवस्थै रहदैन । 

यदि सर्वोच्चले संसद पुर्नस्थापना गरेको अवस्थामा माधव समूहले हस्ताक्षर फिर्ता लिएनन् भने त्यसबेला ओली नै प्रधानमन्त्री हुनुहुन्छ कि पार्टी एकतालाई जोगाउन माधव नेपाललाई प्रस्ताव गर्नुहुन्छ ? 
राजनीति सम्भावनाहरूको खेल नै हो । त्यसकारण सम्भावनाहरू रहन्छन् । तर ती सम्भावनाहरू निष्कर्षमा नपुगुन्जेल सम्मावानामा मात्रै सीमित रहन्छ । यसबारेमा दुवै पक्षका कार्यदलका सदस्यहरूले छफल चलाईरहनु भएको छ । शीर्ष नेताहरूबीचमा पनि केही सहमति हुन्छ भने त्यो पार्टीमा आउँछ र पार्टीले निर्णय गर्छ । 

पार्टी एक हुन्छ भने माधव  नेपाललाई प्रधानमन्त्री बनाउन किन आपत्ति ? 
हाम्रोमा एउटा भनाइ छ कि माग्दैमा सबै कुरा पाइन्छ र ? त्यो एउटा गित थियो नि ?  ‘नाई मलाई त्यही केटी चाहिन्छ’ भन्दैमा पाइन्छ र ? ‘वान साइड लभ’ले जीवन चल्छ ? चल्दैन नि । त्यसैकारणले दुई तर्फी भयो भने सबै कुरा हुन्छ । एक साइट भयो भने एकोरोमात्र हुन्छ । पार्टीमा जतिपनि समस्या आएको छ, त्यसको केन्द्रविन्दु पद हो नि । यी सबै पद प्राप्तिकै निम्ति नै हो । एउटा वैधानिकबाट प्राप्त भएकालाई रक्षा गर्ने कुरा हो । अर्को वैधानिकरुपमा प्राप्त गर्न सकिदैन भने विद्रोह गरेर भए पनि म प्राप्त गर्छु  भन्ने हो । 


पद प्राप्तिकै लागि एकले अर्कालाई तल्लो स्तरको गालिगलौज गर्ने, एक अर्काको विरुद्ध सडकमा उत्रिने जस्ता विचित्रको खेल कम्युनिष्टमा मात्रै हुँदो रहेछ है ?
एउटा कुरा साधारण प्राकृतिकरुपमा बुझ्न जरुरी छ । बसन्त ऋतु आएपछि पालुवा पलाउँछ । त्यस अघि बुढा पात सबै झर्छन् । पालुवा पलाए जति सबै पात अडिएको हुन्छ र ? पालुवा पात पनि झरेका हुन्छन् नि ? फूल फूलेपछि सबै फूलहरू झरेका हुन्छन् । त्यस पछि चिचिला लाग्छ । ती सबै चिचिला बस्ने हो भने त्यो बोट मर्छ । त्यसले थेक्न सक्दैन ।

त्यसकारणले कम्युनिष्ट पार्टी, कम्युनिष्ट विचार वा कुनै विचारमा आउने जाने क्रम रहिरहन्छ । यसको अर्थ संख्यात्मकरुपमा वा गुणात्मकरुपमा प्रतिफल दिने गरी बढी भयो भने त्यो बढ्दै गएको हुन्छ । तर त्यहाँ कमि देखिन थाल्यो वा प्रतिफल कम आउन थाल्यो भने त्यो कमजोर हुँदै जान्छ । त्यसैले गर्दा सत्ताधारी पार्टी सँधै सत्ताधारी हुँदैन । प्रतिपक्षमा पनि जान्छन् । 

त्यसैले देशको संविधान पनि राजनीतिक शक्ति सन्तुलनको दस्तावेज हो भने शत्ता पनि शक्ति सन्तुलनको स्रोत हो । शक्तिमा जसरी सन्तुलन आउँछ त्यसैको प्रतिविम्भ सत्ता हो । सत्ता र शक्तिका लागि विभिन्न संघर्ष जारी रहन्छ । यो कम्युनिष्टमा मात्र होइन अन्य पार्टीमा पनि हुन्छ । 

तपाईंको विचारमा अहिलेको अवस्था सिर्जना हुनेमा सबैभन्दा दोषि को हो ? 
नेपालको बिडम्बना के छ भने जहिले जहिले जनताले बहुमत दिन्छन् । त्यसबेला नेताहरू आपसमा लड्छन् ।  विचारका लागि लड्दैन् । पद र प्रतिष्ठाका निम्ति लड्छन् । त्यसबाट अरुलाई फाइदा पुर्याउँछन् र देशलाई घाटा बनाउँछन् ।

चाहे सत्र सालको काण्ड हेर्नोस चाहे ०४६ साल पछिको अवस्था हेर्नोस । सामूहिक प्राप्तिका निम्ति एक हुन्छन् । जब सत्तामा पुग्छन् अनि फुट्छन् । राणा काल यताको अवस्था हेर्ने हो भने कुनै पनि शासकले पुरा अवधि काम गर्न पाएका छैनन् । 

अहिले पनि हामी पाँच वर्ष पुर्यान पर्छ भनेर लागिरहेका छौं तर पार्टी भित्रकै नेताहरू, बाह्य शक्तिको दवाव र प्रभावले गर्दा पुरा अवधि सत्ता सञ्चालन भएको छैन । राजनीति स्थायीत्व नभए सम्म विकास र समृद्धि सम्भव छैन । बाह्य  शक्ति, विपक्षी र सत्ताभित्रै शक्ति संघर्षले अहिलेको अवस्था सिर्जना भएको हो । 

पार्टीभित्र मूख्य दोषि को हो त ? 
झगडा हुँदा दुवै तिर दोष हुन्छ । एक तिर मात्र दोषि हुँदैन । मात्रा फरक होला । हाम्रो सामान्य मान्यता के हुन्छ भने मोटर साइकल र साइकल वा गाडी र मोटर साइकल ठोकियो भने बढी दोष कसको हुन्छ ? दोष कम भए पनि दोषि तिनै व्यक्ति देखिने हो, जसले नेतृत्व गरेको हुन्छ । यसकारण सबैभन्दा बढी नेतृत्वले नै दोषिको भागिदार हुनु पर्छ । पछिल्लो समय प्रतिपक्षसंग गठबन्धन जानु माधव नेपालको ठुलो कमजोरी रहेको छ । त्यो आत्मघाति र ऐतिहासिक भुल हो । 

जहाँ समस्या हुन्छ, त्यहाँ समाधन पनि हुन्छ । तपाईंको विचारमा पार्टी एकताका  लागि मिलन विन्दु के हुन सक्छ ?
विधि र प्रकृया सबै कुरा त्यागेर सबै भन्दा योग्य देख्ने जुन प्रवृत्ति नेतृत्वमा देखा परेको छ । यो नै सहमतिको बाधक हो । यसमा जबसम्म सामूहिकता आउँदैन तब सम्म प्रश्न उठिराख्ने र मनमुटाव भइराख्ने स्थिति हुन्छ । हामी अहिले के देख्छौं भने नेतृत्वमा म,मेरा र हाम्रा मात्र योग्छ छन् भन्ने दम्भ रहेको छ । जसले पार्टी र देशका लागि रगत, पसिना बगाए, जो पार्टी र देशका निम्ति योग्य, सक्षम, क्षमतावान छन् र पीडामा पनि छन् । उनीहरूलाई विर्सिएर आत्मकेन्द्रित स्वार्थकेन्द्रित, परिवार केन्द्रित, नातावाद, क्रिपावाद केन्द्रित नै अहिलेका मूख्य रोग हो । त्यासकारण सामूहिकतामा न्यायिक कार्य विभाजन पनि हुनु पर्छ । आवश्यक अनुसार शक्ति हस्तान्तरणमा पनि जानु पर्छ । 

पावर शेयरीङ त एउटा विषय होला यस बाहेक पछिल्लो समय शीर्ष तहबाट एकले अर्काको आत्मसम्मानमा ठेस पुर्याउने गरी निम्नस्तरका गालीगलौजमा उत्रिएका छन्, यसमा ध्यान दिनु पर्दैन ? 
दुईटा मोर्चा बनाएर एक अर्कालाई सिध्याउने, एक अर्काले जित्ने र एउटै व्यक्ति दुईवटा मोर्चामा समेत रहने जुन स्थिति विकास भएको छ, त्यो गलत हो । अर्को कुरा नेपालका नेताहरूमा मन मिलेपछि आन्द्रादेखि नै जुम्लिया जन्मेको जसरी मिल्ने  अनि मन नमिले पछि सात पुस्ता देखिको निकालेर यो सबै यसैको कारणले भएको भन्ने गलत संस्कार छ । 

शब्दकोषमा समेत नभएका नयाँ-नयाँ गाली गलौज गर्ने शैली छ, त्यो निन्दनीय छ ।  कहाँ बोल्न हुन्छ, कहाँ बोल्न हुँदैन, के बोल्न हुन्छ, के बोल्न हुँदैन भन्ने हेक्का समेत नराखी ब्यालेष्टिक क्षेप्यास्त्र प्रहार गर्ने कुरा गलत छ । 

अदालतको फैसला अगावै पार्टी एक हुने सम्भावना कत्तिको देख्नु हुन्छ ? 
अदालतको फैसला आउने बेला सम्म पार्टी  एक हुन्छ । यदि एक भएन भने ठुलो संकट आउँछ । पार्टी धरापमा पर्दैन तर केही व्यक्तिहरूको राजनीतिक जीवन समाप्त हुन सक्छ ।  

अन्त्यमा, तत्काल माओवादीसंग पार्टी एकता सम्भव छ कि छैन ? 
राजनीतिमा सधैको निम्ति शत्रु र मित्र हुँदैन । पार्टी फुटेका पनि छन् । फेरी जुटेका पनि छन् । हाम्रो कमजोर होइन बलियो कम्युनिष्ट पार्टी बनाउन चाहन्छौं । त्यो सम्भावना छन् तर तत्कालै माओवादीसंग पार्टी एकताको सम्भावना अलि पर धकेलिएको छ । भविष्यको व्यवहारले कति नजिक र कति टाढा भन्ने छुट्टयाउँछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलन स्वतन्त्र तिब्बत पक्षधरले हाईज्याक गरेकाे मोहनविक्रम सिंहको दाबी

काठमाडौं । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले भदौमा भएको जेनजी आन्दोलन स्वतन्त्र तिब्बत पक्षधर र अमेरिकाद्वारा परिचालित तत्त्वबाट ‘हाईज्याक’ भ...

अहिलेको सरकार अमेरिकाको कठपुतली हो : मोहनविक्रम सिंह

काठमाडौं । नेकपा मसालकानेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले वर्तमान सरकारलाई अमेरिकाको प्रभावमा सञ्चालन भएको ‘कठपुतली सरकार’को संज्ञा दिएका छन्। ...

'एक महिने जरा अभियान' सञ्चालन गर्दै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले आगामी वैशाखदेखि 'एक महिने जरा अभियान' सञ्चालन गर्ने भएकाे छ । कांग्रेसले संगठनलाई सुदृढ, सशक्त र प्रभावकारी बनाउन...

पोखरामा चिनियाँ नागरिक लुट्ने चार जना पक्राउ

पोखरा । पोखराको जोगीमणीमा दुई जना चिनियाँ नागरिकलाई कुटपिट गरी लुटपाट गर्ने गिरोहलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ।  २०८२ चैत १९ गते दिउँसो स...

चितवनमा तीन सवारीसाधन ठोक्किँदा १५ जना घाइते, अवस्था सामान्य

चितवन ।  भरतपुर महानगरपालिका–१ आँपटारीचोकमा तीनवटा सवारीसाधन एक आपसमा ठक्कर खाँदा १५ जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपर...

वडाअध्यक्षले गराए अनिश्चितकालीन बजार बन्द

महोत्तरी । गौशाला नगरपालिका–५ का वडाअध्यक्ष ओमप्रकाश गुप्ताले गौशाला बजार अनिश्चितकालीन बन्द गर्ने घोषणा गरेका छन्। बजार क्षेत्रको अतिक्रमित संरचना हट...

फोहरबाट मोहरः व्यासले कमायो १७ लाख

तनहुँ । व्यास नगरपालिकाले फोहर बिक्रीबाट आठ महिनाको अवधिमा रु १७ लाख १३ हजार आम्दानी गरेको छ । चालु आर्थिक वर्ष २०८३/८३ को साउनदेखि फागुनसम्मको अवधिमा...

इरानलाई ट्रम्पको चेतावनी : ४८ घण्टाभित्र सम्झौता गर, नत्र...

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौता गर्न वा स्ट्रेट अफ होर्मुज खोल्न ४८ घण्टाको अल्टिमेटम दिएका छन्। तोकिएको समयभित्र ...

ब्याज मिनाहा गर्न मुख्यमन्त्री बानियाँद्वारा माग

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडामा सडक विस्तारका क्रममा संरचना भत्काउँदा पीडित भएका व्यवसायीलाई सुविधा दिन आग्रह ...

नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि

काठमाडौँ । आगामी वैशाख २ गतेदेखि प्रारम्भ हुने नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षा सामग्री केन्द्रबाट मुद्रित विद्यालय तहका पाठ्यपुस्तक देशका विभिन्न भ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending